Tuesday, July 2, 2013

तनावबाट छुटकारा पाउने ५ तरिकाहरु

१. बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।
२. खानपान बदल्नुहोस् स् तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ ।
तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।
३. नङलाई बनाउनुस् कलात्मक स् अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।
४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

५. पूराना कपडाको रिडिजाइन । के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ रु यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ । यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र रु भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment