Wednesday, July 3, 2013

पाल्पाका महिला बन्दीहरू कारागारभित्रै असुरक्षित

१९ असार, पाल्पा । पाल्पा कारागारमा महिला बन्दीका लागि बनेका नयाँ भवनमा बन्दीलाई नसार्दा जीर्ण पुरानो भवनमा बस्दा उनीहरू असुरक्षित बनेका छन् । नयाँ भवन निर्माण पूरा हुँदासमेत बन्दीलाई पुरानो बन्दीगृहमा राखिएका कारण उनीहरू असुरक्षित भएको महसुस गरेका छन् ।

पाल्पा कारागारमा महिलाका लागि बनेको नयाँ भवन प्रयोगमा ल्याउन नसक्दा अहिले सो भवन अलपत्र बनेको छ । बन्दीलाई असार मसान्तभित्र स्थानान्तरण गर्न स्थानीय राजनीतिक दलहरू सुझाव दिए पनि बन्दीहरू नयाँ भवनमा स्थानान्तरण हुन सकेका छैनन् । जीर्ण भवनबाट उनीहरूलाई छिटो सार्दा मानवीय जोखिम नहुने सरोकारवाला पक्षको दाबी छ ।
स्थानीय शान्ति समिति पाल्पाको अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज जोशीलाई नयाँ भवनमा बन्दीलाई असार मसान्तभित्र स्थानान्तरण गर्न आग्रह गरेका हुन् । नयाँ भवन बने पनि बन्दीहरू विसं १९९३ मा बनेको जीर्ण भवनमा बस्न बाध्य बनेका हुन् । नयाँ भवनमा बन्दीलाई स्थानान्तरण नगर्दा बन्दीहरू पुरानो बन्दीगृहमा बस्न बाध्य बनेको स्थानीय शान्ति समिति पाल्पाका संयोजक केहरसिंह रानाले बताउनुभयो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment