Friday, July 5, 2013

पुरुषमा यौन क्षमता बढाउने केही टिप्स

धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ ।

यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ ।
पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्:





हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् ।
घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ ।
हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् ।
बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।
रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
अश्वगंधारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
नियमित व्यायाम तथा तनावबाट मुक्ति पनि यौन जिवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन

    ReplyDelete