Saturday, July 6, 2013

‘स्वास्थ्यकर्मीको ब्यवहार विरामीमैत्री भएन’

जिल्ला सामुदायिक अस्पताल तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले विरामीसँग राम्रो व्यवहार नगर्नुका साथै उपचारमा समेत हेलचक्र्याँइ गर्ने गरेको उनीहरुले बताए ।
बुधबार स्थानिय सामुदायिक रेडियो मस्र्याङदीले आयोजना गरेको सुरक्षित मातृत्व र शिशु स्याहार विषयक मिडिया बहसमा बेसीशहरकी कमला गुरुङले भनिन् “विरामी सिकिस्त भएर आत्तिरहेको हुन्छ, नर्सहरु गफमा झुमिरहेका हुन्छन्, हारगुहार गरौं भने उल्टै झर्किन्छन् ।”
उनी जस्तै अधिकांश महिलाहरुले नर्सहरुबाट राम्रो व्यवहार नभएको गुनासो गरे । नर्सको व्यवहारले विरामीको आधाभन्दा बढी रोग निको हुने भएकाले नर्सको छनोट कागजी ज्ञानको आधारमा नभएर व्यवहारिक पक्षलाई जोड दिनुपर्ने उनीहरुको भनाई थियो ।
सरकारले आमा सुरक्षा कार्यक्रम अन्र्तगत शल्यक्रिया लगायतका सबै उपचार निशुल्क गर्नुका साथै यातायात खर्च वापत १ हजार र नियमित गर्भ परीक्षण गराएवापत ४ सय रुपैया प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ । सुत्केरीपछि पनि रगत वगिरहने र अन्य समस्या भए निशुल्क उपचार हुनुपर्ने व्यवस्था छ ।
तर अस्पतालले सुत्केरी हुँदा धरौटी राख्नुपर्ने र विभिन्न बाहनामा सुत्केरीबाट पैसा लिने गरेको उनीहरुले गुनासो गरे । जिल्ला अस्पतालमा नियमित डाक्टर नहुदा शल्यक्रिया गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरा जानुपर्ने र ब्लड बैंक चालु अवस्थामा नहुँदा रगतकै अभावमा ज्यान गुमाउनुपरेको महिलाहरुले गुनासो गरे ।
जिल्ला सामुदायिक अस्पतालका निर्देशक युवराज आर्चायले सुत्केरीहरुलाई थप कुनै पनि शुल्क नलिएको भन्दै नर्सहरुको व्यवहारमा सुधारको खाँचो रहेको स्वीकार गरे । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञवालीले जिल्लामा ३१ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी खाली भएकाले पूर्ण सेवा प्रदान गर्न नसकेको बताए ।
himal khabar.com bata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment