Sunday, July 7, 2013

पूर्व स्ववियु उपभापति मिर्गौला तस्करीमा संलग्न(मृगौला चोर्ने गिरोह सार्वजनिक)

मिर्गौलाको अवैध बेचबिखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । उनीहरूलाई एक महिनाको अवधिमा प्रहरीले जिल्लास्तरमा गठन गरेको विशेष प्रहरी टोलीले काठमाडौँ, नुवाकोट र काभ्रेको विभिन्न स्थानबाट पक्राउ गरी आज धुलिखेलमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल–६ का राजन दर्जी रहेको काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये सचिन मर्हजन पाटन क्याम्पसका पूर्व स्ववियुउपभापति रहेको बुझिएको छ । पीडितहरूले दिएको जाहेरी दरखास्तको आधारमा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सकेको उल्लेख गर्दै प्रहरी उपरीक्षक घर्तीले तर यो प्रकरणका मुख्य दोषी भने अझ फरार रहेको बताउनुभयो । काभ्रेको होक्सेमा एकै परिवारका तीनदेखि पाँचजनाले मिर्गौलाको बेचबिखन गरेका छन् । होक्सेमा अहिलेसम्म झन्डै एक सय ५० जनाको हाराहारीमा मिर्गौला बेचबिखन भएको प्रहरीले जनाएको छ । सो बेचबिखनबाट अहिलेसम्म पाँचजनाको मृत्युसमेत भएको जनाइएको छ । मिर्गौलाका दलालहरूले मिर्गौला रु. सात लाखदेखि १० लाखसम्म बेच्ने गरेको र पीडितलाई रु.५० हजारदेखि एक लाखसम्ममात्र दिने गरेको प्रहरी उपरीक्षक घर्तीले जानकारी दिनुभयो । उनीहरूलाई मानव बेचबिखन ऐन, ०६४ अनुसार मुद्दा चलाइने र दोषी ठहरिए १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

khabarserofero bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment