Wednesday, July 24, 2013

लिंग बदलेर लोभलाग्दो पिरती (फोटोफिचर सहित)

प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् । सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल । दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।


वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स





भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment