Sunday, July 7, 2013

बायाँ खुट्टाको पाइताला छुँदा यौन उत्तेजना आउने महिला

यौन उत्तेजना भन्ने कुरा त यौनांग सँग सम्बन्धित विषय हो । तर नेदरल्याण्डकी एक महिलालाई भने बायाँ खुट्टाको पाइतालामा घश्रण हुँदा नै यौन उत्तेजना हुन्छ । नाम नखुलाइएकी ती ५५ वर्षकी महिला हिँड्दा तथा नचलीकन उभिँदा समेत यौन आनन्दको चरमोत्कर्षमा पुग्छिन् ।





विज्ञहरुका अनुसार फुट अर्गाज्म सिन्ड्रोम भनिने यस्तो समस्याको सामान्य रुप धेरैमा हुन्छ तर निकै कममात्र मानिसमा यसले अनुभव गर्नेगरी लक्षण देखाउँछ ।



बेलायती अनलाइन द सन डट को डट युकेमा छापिएको खबर अनुसार पित्तथैलीको शल्यक्रिया गरेको १८ महिनापछि ती महिलामा यस्तो लक्षण देखिन थालेको हो । सुरुमा उनले आफ्नो खुट्टाको पाइतालामा केही वस्तुले छुँदा यौन उत्तेजनाको अनुभुति गर्न थालेकी थिइन् ।

ती महिलाको नेदरल्याण्डस्थित अचेन्ट र लेडेन विश्वविद्यालयका चिकित्सकहरुबाट परीक्षण गर्दा उनको पाइतालामा केही वस्तुले थिचेको ३ सेकेण्डमै यौन उत्तेजनाको चरमउत्कर्षमा पुगेको पाइयो ।

डाक्टरहरुका अनुसार पाइतालामा स्पर्श गर्दा उनमा यौन आनन्द प्राप्त भएको कुरा उनका आँखाको घुमाइ, स्वासप्रस्वास तथा हिप र तिघ्राका मांशपेसीको चालबाट पत्ता लगाउन सकिन्छ । यसरी चरम आनन्द प्राप्त गरेपछि ती महिला केहीबेरका लागि निकै थकित हुने र ३ मिनेट आराम गरेपछि मात्र अरु काम गर्नसक्ने अवस्थामा हुने बताइएको छ । डाक्टरहरुका अनुसार सुरुमा उनको खुट्टाबाट मस्तिष्क सम्म संवेदना पूराउने नशा क्षतिग्रस्त भयो तर योनीबाट मस्तिष्कमा संवेदना पूराउने नशा भने यथावत रह्यो ।

तर पछि जब उनको खुट्टाको त्यो नशाको उपचार गरेर निको गराइयो तब खुट्टाबाट मस्तिष्क सम्म संवेदना पूराउने नशाले लगेका संवेदनायुक्त सिंग्नल मस्तिष्कले योनीबाटै आएको जस्तो गरी विश्लेषण गर्नथाल्यो । जसका कारण पाइतालामा स्पर्श गर्दा स्नायुहरुले लग्ने संवेदनालाई योनीको स्पष्टबाट आउने संवेदनाको रुपमा मस्तिष्कले ग्रहण गर्दा ती महिलाको खुट्टामा स्पर्श हुँदा पनि उनलाई यौन उत्तेजना प्राप्त हुने गरेको डाक्टरहरुको भनाइ छ ।

चिकित्सकहरुले खुट्टाबाट मस्तिष्कसम्म संवेदना प्रसार गर्ने उक्त नशालाई ब्लक गरेर ती महिलाको समस्याको समाधान गर्ने कोसिस गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment