Tuesday, July 9, 2013

एक रातमा तीनपटक सेक्स गर्छन यी १०२ बर्षका बृद्ध

एजेन्सी समाचार ।
भारत हरियाणाका एक बृद्धले १०२ बर्षको उमेरमा पनि एक रातमा ३ पटक सेक्स गर्ने खुलासा गरेका छन । उनकी श्रीमतीले पनि आफ्नो श्रीमान २५ बर्षे युवा जस्तै लाग्ने बताएकी छिन् ।

हरियाणाको सोनपत जिल्लाको एक गाउँका बस्दै आएका रामजित राघवले १०२ बर्षको उमेरमा बाबु समेत बनेका छन । उनकी ५२ बर्षिया श्रीमतीले दोश्रो बच्चा जन्माएकी हुन । उनले सोनीपतजिल्लाको खरखौदा सामुदायिक अस्पतालमा हालै बच्चा जन्माएकी हुन । रामजीतले आफु १०२ बर्षको उमेरपुग्दा पाएको बच्चाको नाम रणजीत राखेका छन ।

उनको खास जन्म उत्तरप्रदेशको आजमघढ जिल्लामा भएको थियो । उनको परिवारमा भएको विवादका कारण उनले आजमगढ छोडेर ५० बर्ष पहिलेदेखि हरियाणामा बस्दै आएका हुन ।

रामजीतले हरियाणा सरकारबाट बृदभत्ता पनि लिदै आएका छन । १२ बर्ष पहिला बृद्धभत्ताको लागि बनाएको उनको कार्डमा उनको उमेर ९० बर्ष जनाईएको छ ।

रामजितले हरियाणा सरकारबाट प्रत्येक महिना बृद्धभत्तास्वरुप ७ सय पाउछन । अचम्भको कुरा त यो छ कि उनको दुईबर्षे जेठो छोरा पनि छन । उनले जेठो छोराको नाम विक्रमजीत राखेका छन भने हरेक दिन रातमा तीनपटक यौनसम्पर्क गर्ने गरेको आफैले स्विकारका छन ।

उनी १०२ बर्षको उमेरमापनि आफु स्वस्थ एवं तन्दुरुस्त रहेको बताउछन । साथै उनले १०२ बर्षको उमेरमा सेक्सको लागि यतिधेरै उर्जा कसरी आउछ भन्ने कुरा पनि खुलासा गरेका छन । उनी दिनको तीन लीटर गाईको दु, आधाकिलो घिउ र दिनहुँ हरियो तरकारीको सेवन गर्छन । उनी बिहानै छिट्टै उठ्छन, खेतमा गएर प्रसस्त पसिना बगाउने उनी भन्छन “ यिनै कुराले म स्वस्थ्य र तन्दुरुस्त रहेको हुन्छु सधै ”खरखौदा स्वास्थ्यकेन्द्रका डाक्टरहरु भन्छन “ मेडिकल साइंसमा यस्ता धेरै कम घटनाहरु हुन्छन, जो यति धेरै उमेरमा पनि बाबु बन्न सक्छन ।

उनी विभिन्न संचारमाध्यमलाई आफ्नो बारेमा बताउदै भन्छन “सेक्सको इच्छा कहिल्यै पनि दवाउनु हुँदैन, जहिले मन लाग्छ त्यतिबेला सेक्स गर्ने गर्नुहोस ।” सेक्स पावर बढाउन कहिलेकाँही ट्याबलट पनि लिने गरेको पनि उनी बताउछन ।

mero jilla.com bata savar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment