Wednesday, July 3, 2013

यौनसम्पर्क गरिसकेपछि दिदीको मुन्टो बटारेर हत्या

हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् । आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
simple khabar bata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment