Tuesday, July 2, 2013

एउटी बच्चीका तिनवटी आमा

सुन्दै अचम्म लाग्ने, तर आखिर मानवीयता र विज्ञानको मिश्रण भएपछि जे पनि सम्भव हुँदो रहेछ । बेलायतमा यस्तै भएको छ । बेलायतमा एकजना बालिकाका तिनवटी आमा छन् । उनीहरु कुनै सुसारे होइनन्, सबै साँच्चीकै आमा हुन् ।
घटना बेलायतको एसेक्स क्षेत्रको हो । त्यहाँ एउटी बालिकाका तिनजना आमाहरु छन् । ती आमाहरु पनि टाढाका आइमाइ नभएर सहोदर दिदी बहिनी नै हुन् ।
समाचार अनुसार वंशाणुगत समस्याका कारण सन्तान नहुने समस्या रहेकी कटी नामकी एक महिला आफ्ना दुइ जना दिदी बहिनीको सहयोगमा आमा बन्न सफल भएकी छिन् । आफ्नोे श्रीमानको शुक्रकिट र बहिनीको डिम्बको निषेचनबाट तयार भएको भ्रुणलाई कटीकी दिदीले आफ्नो पाठेघरमा राखेर हुर्काइदिएर जन्माइदिएपछि कटी आमा बनेकी हुन् ।

सन्तान नहुने भएपछि कटी र उनका श्रीमान डेभिड चिन्तित थिए । तर त्यो चिन्ता धेरै बेर समय रहन पाएन । कटीकी कान्छी बहिनीले आफू डिम्बदान गर्न तयार रहेको उद्घोष गरिन् ।
दिदीलाई सन्तानसुख प्राप्त हुन्छ भनेर आफ्नो हरेक महिना खेर जाने डिम्ब एकपटक दान गर्नु पुण्य नै हुने ठानेर उनले डिम्ब दिन राजी भइन् । बहिनीको डिम्ब पाएपछि त्यो डिम्ब लोग्नेको शुक्रकिटसँग मिलाएर टेष्ट ट्यूबमार्फत भ्रुण उत्पादन गर्न सम्भव त भयो ।
तर, सालिभेनाको त्यो संयुक्त भ्रुण कसले पाठेघरमा राख्ने र बच्चा पाइदिने ? भन्ने समस्या उत्पन्न भयो । आखिर मन त आफ्नैको खान्छ । बहिनीको सन्तान सुखका लागि कटीकी दिदी आफ्नो पाठेघर उपलब्ध गराउन तयार भइन् ।
उनी भाडाकी आमा अर्थात् सरोगेट मदर बनिन् र कृत्रिम गर्भाधान गराइएको ज्वाइँ र कान्छी बहिनीको भ्रुणको गर्भ बोकिन् । उनले सकुसल रुपमा बच्चीलाई जन्म पनि दिइन् । आफ्नो लागि दिदी र बहिनीले बच्चा तयार गरिदिएकोमा कटी निकै खुसी छिन् ।
उनी भन्छिन्-मेरो लागि दिदी बहिनीले दिएको यो भन्दा ठूलो उपहार केही हुन सक्दैन ।’ आफुले लालनपालन गर्दै आएपनि ती छोरीका तिनवटी आमा भएको र दिदी बहिनीको पनि उत्तिकै हक लाग्ने उनी बताउँछिन् । अहिले कटी र डेभिड दम्पत्ती खुसीसाथ छोरी हुर्काइरहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment