Wednesday, July 31, 2013

हेर्नुस् यसरी दिमागबाट निकालियो १५ सेमी लामो किरा

कसैको घाउमा किरा प¥यो भन्दा हाम्रो आङ नै सिर्रिङ हुने गर्छ । झन् कसैको दिमागबाट कुनै सानोतिनो किरा नभई १५ सेमी लामो किरा निकालियो भन्दा कस्तो लाग्ला ? ईचाइनासिटीज डट कम खबर अनुसार ६० वर्षीय वांग मिंगलाई ६ महिनादेखि टाउको दुख्ने समस्या थियो ।

वांग हिड्दा हिड्दै र उभिदा पनि बेहोश हुने गर्थे । समस्या निकै जटिल भएका कारण वांगले स्क्यान गर्दा उनको दिमागमा १५ सेमी लामो किरा रहेको थाहा पाएका थिए । यसपछि वांगलाई तुरुन्त फस्र्ट पीपुल्स अस्पतालमा भर्ती गरिएको थियो ।
डाक्टरलाई पनि त्यस किरालाई निकाल्न करीब तीन घण्टा समय लागेको थियो । अपरेशनपछि निकालिएको किरा जिवीतै रहेको डाक्टरहरुले बताएका छन् । सो किरा वांगको मलद्धारबाट शरीर भित्र पसेको हुन नसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment