Wednesday, July 3, 2013

प्रमिलाको पावरफुल बैंशसँग खेल्दै आर्यन (भिडियो सहित)


यहि असार २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'दबाब'मा आर्यन सिग्देल आईटम गीतमा प्रमिला खनालसँग दिल खोलेर नाचेका छन् । 'मेरो पावरफुल बैंशको झट्काले' बोलको गीतमा आर्यन र प्रमिलालाई गम्भिर बिष्टले बिभिन्न स्टेपमा नचाएका छन् । दीपक शर्माको संगीत तथा राज सरगमको शब्द रहेको प्रस्तुत डान्सिङ नम्बरमा शिवानी मोक्तान र कृष्ण काफ्लेले स्वर दिएका छन् । दयाराम दाहाल निर्देशित 'दबाब'मा आर्यन सिग्देल र निता ढुङ्गाना मुख्य भुमिकामा छन् । लभ स्टोरीमा आधारित 'दबाब'मा अनिता महर्जन निर्माताको रुपमा छिन् भने प्रस्तुतकर्ता भानु महर्जन हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment