Friday, July 26, 2013

चिनियाँ सैनिकले मागे भारतीय सैनिकसँग खाना…

११ साउन, एजेन्सी । चिनियाँ सैनिक पुनः एकपटक भारतीय सिमाबाट भित्र छिरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । जुलाई २० मा भारत र चीनको सिमानाको चुमारबाट चिनियाँ सेना भित्र छिरेको बताइएको छ ।
चिनियाँ भारतभुमिभित्र ५ किलोमिटर भित्र छिरेका थिए । चिनियाँ सैनिकहरूले आफूलाई पिएलएको हेडक्वाटरले पठाएको भन्दै फोटो खिच्न आएको बताएका थिए । तर, भारतीय सैनिक कडा रूपमा प्रस्तुत भएपछि चिनियाँ सैनिकहरूले आफूहरूको खानेकुरा सकिएको भन्दै भन्दै भोजन मागेको भारतको सरकारी समाचार संस्था पिटिआईले लेखेको छ । china_india_boarder

उक्त समयमा भारतीय सेनासँग खाना नभएकाले जुस खुवाएर चिनियाँ सेनालाई सिमाना कटाइएको स्रोतलाई हवाला दिँदै पिटिआईले लेखेको छ । लेहबाट करिब ३०० किलोमिटर पर रहेको चुमार क्षेत्रलाई चिनियाँ सैनिकले आफ्नो भएको बताएका थिए । चिनियाँ सैनिकहरू टिबल क्षेत्रमा फोटो खिच्न चाहन्थे जो भारतसँगको सिमाबाट ५ किलोमिटर भित्र पर्ने जनाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment