Tuesday, July 2, 2013

सेक्सी बनाउन ओठमा सय सुइ हान्ने युवती गिनिज बुकमा…

पहिले पहिले त कुनैपनि शारीरिक समस्या वा रोगको उपचारका लागि सर्जरी गरिन्थ्यो । तर अब यो सर्जरी भन्ने कुरा फेसन जस्तै बनेको छ । अझ पश्चिमा समाजमा युवतीहरुबीच यो सर्जरी भन्ने चिजको होडबाजी नै चल्ने गरेको छ ।

कसैले आफ्ना स्तनको आकार बढाउन त कसैले नितम्बको आकार बढाउन समेत सर्जरी गराउने गरेका छन् । सुन्दर देखिनका लागि यस्ता सर्जरी गर्ने सेलिब्रेटीहरु बग्रेल्ती छन् । तर यो दुनियामा यस्ता मान्छे पनि छन् जसले कार्टुनको एक पात्रबाट प्रभावित भएर आफ्नो ओँठलाई कामुक बनाउने भन्दै ओठमा एक सय वटा सुइ लगाउँछन् ।

कार्टुनको एक महिला पात्रको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि त्यस्तै बनाउने नशा चढेपछि ओठ सेक्सी बनाउन सुइ घोच्ने क्रिस्टिना री २३ वर्षकी भइन् । सेक्सी ओठ बनाउने भुतलाई शान्त पार्दा उनको ओठ निकै कुरुप बनेको छ तापनि उनले विश्वको सबैभन्दा ठूलो ओठ भएको व्यक्तिको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छिन् ।

रुसकको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना आफैमा नङको सौन्दर्य विज्ञ हुन् । उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने चाहना यति धेरै भयो की उनले ६,२०० डलर तिरेर आफ्नो ओठमा झण्डै १०० पटक सिलिकन इन्जेक्सन लगाइन् ।
आफुलाई आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफुले ओठमा सुइ लगाएको उनी बताउँछिन् । उनले १७ वर्षकी हुँदा पहिलोपटक ओठमा सुइ हानेकी थिइन् र त्यो सिलसिला वर्षैपिच्छे बढ्दै गयो । हरे भगवान मान्छेका इच्छा पनि कस्ता कस्ता ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment