Tuesday, July 9, 2013

चरी माथि प्रतिशोधमा आक्रमण

काठमाडौ, असार २५ – गुन्डागर्दी गरी फिरौती असुल गर्ने चरी भन्ने दिनेश अधिकारीलाई प्रतिशोध साँध्न गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीमाथि गोली प्रहारको आरोपमा पक्राउ परेका धादिङकै राधे भनिने राधाकृष्ण भण्डारीले राजनीतिक प्रतिशोधमा आक्रमण गरेको बयान प्रहरीलाई दिएका हुन् ।
भण्डारी कांग्रेस निकटस्थ हुन् । गत चैतमा एमाले जिल्ला अधिवेशनका बेला धादिङ सदरमुकाममा आफ्नो भाइ श्रीकृष्ण भण्डारीको हात काटिदिएका कारण चरीमाथि गोली प्रहार गरेको उनले प्रहरीलाई बताएका छन् । धादिङ प्रहरी प्रमुख डीएसपी अशोक सिंहले गत चैतमा चरी समूहका हाक्पा भन्ने सूर्यबहादुर गुरुङसहितको समूहले श्रीकृष्णमाथि आक्रमण गरेको बताए । उनका अनुसार हाक्पा अहिले पुर्पक्षका लागि थुनामा छन् । घटनालगत्तै फरार हाक्पालाई १ महिनाअघि काठमाडौंबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो । त्यस घटनामा चरीको प्रत्यक्ष संलग्नता नरहेको प्रहरीको भनाइ छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment