Monday, July 8, 2013

पहिला रिचार्ज गर्देउ अनि हनिमुन जाने भन्दै डान्स गरिन रेखा थापा (भिडियो सहित )

भारतमा मात्र होइन विश्व बजारमै भोजपुरी चलचित्रको माग दिनानुदिन बढिरहेको छ । भोजपुरी सिनेमाको बजार नेपाली चलचित्रको भन्दा निक्कै ठूलो छ । यसैले पनि नेपालका चर्चित कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् ।

नेपाली सिनेमाका याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।
यस्तै आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी छिन् । असार २५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । बी.एन.बी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा रेखाका अलवा निरजराज पौडेल, शिव आचार्य लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन विरगञ्ज, सितामणी, वुटवल लगायतका क्षेत्रमा गरिनेछ । रेखासँगै अभिनय गर्न लागेका निरजराज भोजपुरी सिनेमाका चर्चित संगीतकार तथा कलाकार हुन् । उनले केही भोजपुरी सिनेममा काम गरिसकेका छन् ।
यसैबिच रेखाले आफै निर्माण गरेको चलचित्र काली पनि भोजपुरी भाषामा डबिङ गर्ने सोच उनको थियो । तर भोजपुरी भाषामा डब गर्दा गीत पुन रेकडिङ गर्नुपर्ने भएपछि रेखा पछि हटेको वुझिएको छ । गीतकै लागि ५ लाख बढिको बजेट खर्च गर्नु पर्ने भएपछि रेखा झस्किएको वुझिएको छ । निरजले अभिनय गरेको चलचित्र बबालको गीत यस्तो छ :

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment