Tuesday, July 9, 2013

७ जनालाई लस्करै कुर्सीमा राखेर हत्या गर्ने किशोर पक्राउ.

एजेन्सी । मेक्सिकोको मोरेलियामा सात जनाको शव एकै ठाऊँमा भेटिएको छ । मोरेलियाको एक सडकमा सात जनाको शव कुर्सीमा रहेको अवस्थामा भेटिएको हो । ती सबै सातको जनालाई गोली लागेको मेक्सिकोका अधिकारीले जनाएका छन् । ती सबैलाई कुर्सीमा बसाएर गोली हानी हत्या गरिएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । अधिकारीहरूले यसरी हत्या गर्नुको कारण बारे भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको बताएका छन् । उक्त घटनामा दोषी रहेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षिय ती किशोरलाई प्रहरीले उरूपान क्षेत्रबाट पक्राउ गरेको हो । यस्तै, त्यहाँ नजिकै अन्य ७ जनाको पनि शव भेटिएको बताइएको छ ।

nepal darpan

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment