Friday, July 26, 2013

बाबुराम-कमल थापाको फेसबुक युद्ध

काठमाडौं, श्रावण ११ - पूर्वराजा ज्ञानेन्द्रलाई 'आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे' भन्ने एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्ति अझै सेलाएको छैन ।

भट्टराईको अभिव्यक्तिलाई काउन्टर दिंदै उनकै सहपाठीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो प्रकरण झन् चर्चामा छ । सामाजिक सञ्जालमा भट्टराईको अभिव्यक्तिलाई खोइरो खनिएको छ ।

आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण राखे । (के भने बाबुरामले हेर्न यहाँ क्लिक गर्नुहोस्) लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरेका छन् (के भने थापाले हेर्न यहाँ क्लिक गर्नुहोस्) ।
भट्टराईले मुलुकलाई रक्तपातबाट बचाउन तत्कालिन राजा ज्ञानेन्द्रले 'त्याग' गर्न तयार भएर आफूले राष्ट्रपति स्वीकार्न सकिन्छ भनेको उल्लेख गरे । 'देशलाई रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिकोरुपमा स्वीकार्न पनि सकिन्न भन्ने थियो,' भट्टराईको फेसबुक स्टाटसमा लेखिएको छ ।
भट्टराईले नेपालमा गणतन्त्र उदय भइसकेको मान्यता राख्ने आफूहले बेबी किङ वा सांस्कृतिक वा अन्य कुनै विशेषणयुद्ध राजतन्त्रलाई सपनामा पनि मान्न नसकिने बताएका छन् ।
राजतन्त्रको वकालतमा अनवरत राजनीति गर्दै आएका थापाले भने भट्टराईले राजतन्त्र स्वीकार्नेबारे दिएको अभिव्यक्तिको साक्षी प्रकाशचन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधार, कृष्णबहादुर महरा रहेको बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment