Sunday, July 7, 2013

ओडारमा १० बर्ष देखी किरा फटेङ्ग्रा खाएर बस्दै आएको चेपाङ्ग बस्ति भित्र लुकेको रहस्य।(VIDEO SAHIT)

सदा झैं म आफ्नो काममा व्यस्त थिंए । त्यो दिन हाम्रो होटलको त्रिवेणी हलमा एउटा शुभ कार्य (विवहाको ईन्गेजमेन्ट) भईरहेको थियो । मलाई फोटो खिच्ने जिम्मा दिएको हुनाले सके सम्म प्रोफेशनल बन्ने कोशिस गरिरहेको थिएं । त्यतिकैमा पवित्र सेवा समाजकी अध्यक्ष दिक्षा चापागाई जी त्यहाँ आईपुगिन र कान्तिपुरको फन्ट पेजमा अघिल्लो दिनमा छापिएको फोटो र क्याप्शन लेखिएको थियो १० बर्ष दखि ओडारमा बास ,किरा, फटेङ्गा र घाँसको भर । पहिले देखि नै समाजसेवा प्रति अलि बढी रुचि राख्ने भएकोले दिक्षाजी ले पनि एक चोटी वास्तविकता के हो? त्यहीं गएर बुझौंन भनेर अनुरोध गर्नु भयो । कुनै तयारी ओडारमा १० बर्ष देखी किरा फटेङ्ग्रा खाएर बस्दै आएको चेपाङ्ग विना हामी (दिक्षा, उद्धव र म) चितवन जिल्लाको त्यो अति दुर्गम ओडारमा जाने तरखरमा लाग्यौं । यता उता फोन घुमाउन तिर लाग्यौं ।
सिमसिम पानि परिरहेको थियो लाग्यो यो शुभ साईतको संकेत हो । बेलुका भैसकेको हुनाले हामी हतार हतार आफ्नो गन्तव्य तिर प्रस्थान ग¥यौं । उद्धवजि र म कलंकीमा गएर दिक्षाजीलाई पर्खि बस्यौं । धेरै बेरको प्रतिक्षा पछि करिव ८ बजे तिर वहाँ आई पुग्नु भयो । गाडी खोज्दा खोज्दै ९ बजी हाल्यो । वल्ल वल्ल एउटा माईक्रोबसमा हाम्रो यात्रा हुने लगभग टुङ्गो लाग्यो । हाम्रो गाडी आफ्नै रफ्तरमा अगाडी बढीरहेको थियो खै म के–के सोच्दै थिए कतिबेला निदाएछु थाहै भएन ।
व्युझिदा त मुग्लिनमा पुगेका रहेछौं । मन नलागी नलागी पनि त्यहाँ अलिकति खाना खायौं र अगाडी बढ्यौं । रातको करिब १ः३० बजे तिर हामीलाई चितवनको पुलचोक भन्ने ठांउमा झारि दियो । रातको विचमा कहाँ बस्ने के खाने अप्ठेरो परिस्थिति त थियो नै तर पनि हामीले हाम्रो यात्राको दौरानमै एक उच्च प्रहरी अधिकृतलाई हामी यस्तो ठाँउमा जांदै छौं भनेर जानकारीको साथमा आवश्यक सहयोगको लागी अनुरोध गरिसकेका थियौं । वहाँकै सहयोगमा एकजना स्थानिय सुरक्षाकर्मी भाई बसपार्कमा पर्खि रहेको रहेछ । हामी पुग्ने वितिकै वहाँले त्यही नजिकै रहेको होटल जुनमा बस्ने ब्यवस्था मिलाउनु भएको रहेछ हामी त्यहिं गएर हाम्रो त्यस दिनको यात्रालाई विर्सजन ग¥यौं ।
अति थकित पनि थियौं, त्यसैले आराम गर्नतिर लाग्यौ । भोलिपल्ट विहानै ब्युझिदा त झमझम पानी परिरहेको थियो । समाचार सुनौ भनेर टि. भि. खोल्यौ । बाढी पहिरोले र्दाचुलामा विनास बनाएको दृश्यहरु देखाई रहेको थियो । काठमाडौमा सम्र्पक गर्दा घर परिवारबाट पनि काठमाडौ फर्कन आग्रह र त्यस्तो ठाँउमा नजान अनुरोध गरिरहेको थियो । हामी दोधारमा पर्यौ के गर्ने के? सोध खोज गर्दा सबैले नजानको लागी नै अनुरोध गर्नभयो, तर पनि यहाँ सम्म आईपुगेपछि चितवन स्थित कान्तिपुर पब्लिकेशनको अफिस सम्म पुगौनत भनी त्यसतर्फ लागियो । उक्त अफिसमा पुगेर विमलजीलाई भेटियो र कुराकानी गर्दा उहाँले पनि पानी परिरहेको छ ,खोला बढेको छ नजानुस भन्ने नै सल्लाह दिनुभयो ।
त्यो ठाँउमा पुग्नलाई एउटै खोला १५–२० पटक वार पार गर्नु पर्दाे रहेछ । हामी अझै पनि दोधारमै थियौ ,जाने कि नजाने किन कि त्यो ठाँउ अति विकट, अप्ठेरो, दुर्गम रहैकै कारण कोहि पनि हामीसँग जान मान्नु भएन । अन्तमा हामी शक्तिखोर नजिकै गाउँ बेसी चेपाङ्ग संग्राहलय सम्म पुगेर केही जानकारी लिने अनि साझा भिजन कार्यक्रमको सुटिङ्ग लिएर फर्कने क्रममा त्यस तर्फ लाग्यौ । त्यो संग्राहलय तथा आश्रय स्थलमा पुगेर उक्त संग्राहलयकोसंस्थापक के. पि . किरण शर्मासँग साझा भिजनको लागी अन्तरर्वाता लियौं । हामीले हाम्रो कुरा राख्यौं हामी जसरी पनि त्यो चेपाङ्ग बस्तीमा पुग्नुपर्छ , सहयोग गर्नका लागी अनुरोध गर्यौ । वहाँले हाम्रो अनुरोधलाई स्वीर्कानु भयो ।
एउटा बलेरो गाडी रिर्जभ गरेर आफनो गन्तव्य तर्फ लाग्यौ । केहि कि. मि. अगाडी बढ्दै गर्दा हाम्रो गाडी विग्रियो । केही समय त्यो गाडीलाई बनाएपछि हामी अगाडी बढौं करिब १ घण्टाकोे यात्रा पछि हामी टाँडी बजार हुँदै शक्तिखोरको अम्तिम नाकासम्म पुग्यौ ।
त्यहाँ हामीले विहानको खाना चाउचाउ बनाएर खादैं थियौ खोलामा बाढी आएकोले गाढी त्यहाँबाट अगाडि जान नसक्ने जानकारी दिनुभयो । गुरुजीले हामी त झन अप्ठेरोमा पर्यौ अगाडी जानु कि फर्कनु भयो । केहि समयको सर सल्लाह पछि गाडीलाई फर्काई दियौ र हामी पैदल यात्रा अगाडि बढ्यौ । दर्जनौ जगांरहरु तदै डाँडा, पाखा, भिर, पहिरो खोला नाला सँग रम्दै फोटो खिच्दै अगाडि बढ्यौ, तिन दोभानबाट पाईमाराङ्ग सम्म पुग्नलाई हामीलाई करिब १० घण्टा जति लाग्यो बेलुकी करिब ६ः३० बजेतिर हामी चितवन जिल्लाको सिद्धी गा. वि. स.का वडा नं ८ मा पर्ने पाईमाराङ्गको ओडारमा पुग्दा हामीले आफूलाई छुटै संसारमा पुगेको अनुभव गर्यौ ।
त्यो ओडारमा हामी बल्ल बल्ल पुग्यौ । ७२ वर्षिय हस्त बहादुर चेपाङ्गको हालत देख्दा हामीले मन थाम्न सकेनौ । छोरा मान्छे हो हामीले त मनलाई यस्तै हो संसार भनेर बुझायौ तर दिक्षाजीले टाउकोमा हात राखेर जीबन मानब सभ्यता बिकाशलाइ थाति राखेर धुरुधुरु रुनु भो ।
उनी रोएको देखेर त्यो वृद चेपाङ्गले नरोउ छोरी मेरो कर्म यस्तै रहेछ भनेर सम्झाए पछि हामी नजिकै रहेको गाँउको बस्ती तर्फ लाग्यौ । उक्त घर (खरको झुपडी) त्यहाँको अवलोकन गर्दा जो कसैलाई मन थाम्न गार्हो हुछ नै वर्षैं बर्ष देखि एकसरो कपडामा अनि ओड्ने ओछ्यान केही छैन । चोटा कोठा यता उता हेरियो खानेकुरा केही छैन । खै कसरी तिनिहरु बाँचिरहेका छन एक छिन त म सोच मग्नै भए । एकै चोटि धेरै प्रश्नहरु ओकले जवाफ केही थिएन । सबै आफनो अगाडि छर्लङ्ग थियो । बास हामी त्यहाँ किन गएका थियौ त्यो काम तर्फ लाग्यौ । दिक्षाजीले ७२ वर्षिय हस्त बहादुर चेपाङ्गलाई नुहाई धुवाई नयाँ कपडा लगाई दियो । लगिएको चामल, दाल, आलु आदी तरकारी हस्तान्तरण गरियो र उक्त चेपाङ्गलाई काठमाण्डौ जान अनुरोध गरियो । डाँडा काँडा अँधेरो भैसकेको थियो । हामीलाई अर्को चिन्ता थपियो ।
के खाने अनि कहाँ सुत्ने? हावा एकदमै चलिरहेको थियो । जाडो भएको हुनाले केहि समय आगो पनि ताप्यौ । मकै पोलेर खायौ । सबै भन्दा ठूलो समस्या त्यहाँ सुत्नकै देखियो । हामीले भोर्लाको पातले बुनेको घुम ओडेर त्यो रात कटायौ । जिन्दगीको यो एउटा नौलो अनुभव बटुल्यौ । राती के को निन्द्रा लाग्थ्यो, एकातिर उपिँया जुम्राले टोकेको छ अर्कोतिर ओड्ने छैन । धन्न गर्मी महिना भएको हुनाले जाडोबाट चै बचियो । भोलिपल्ट विहानै उठेर त्यो ठाँउको अवलोकन गर्दा विकासको किरण पुगेको जस्तो पनि देखिन्थ्यो ।
तर त्यो सेवा खोक्रो थियो । कुनै कुनै NGO-INGO हरुको मागी खाने भाँडो रहेछ । त्यहाँ विजुली सोलारबाट प्रत्येक घरमा बलेको छ । बारीको पाटामा एउटा रुखमा स्पीकर राखेर रेडियो बजाएको छ । रमाईलो जस्तो लाग्छ । तर गहिरिएर हेर्ने हो भने त्यहाँ केहि पनि छैन खोक्रो छ । कति दिनमा चुल्होमा आगो बल्छ ।
वर्षौ वर्षमा एक पटक मागेर लुगा लगाँउछ हामी आफै कल्पना गर्न सक्छौं त्यहाको बसाई कस्तो होला ? ति गरिब चेपाङ्गहरुको हक अधिकार र विकासको लागी के. पि. किरण शर्मा भन्ने एक जना व्यक्तिले दिलो ज्यान लगाएर काम गरिरहेको भेटियो । सरकारको न त राहत पुगेको छ न त कोहि व्यत्ति नै, त्यसैले त्यहाँको चेपाङ्गहरु के. पि. किरण शर्मालाई नै सरकार, मन्त्री, बुबा भन्दा रहेछन । हुन पनि उहाँले चेपाङ्गहरुको लागी ठूलो योगदान दिनु भएको रहेछ । ४७ जना चेपाङ्गहरुका बच्चाहरुलाई आश्रय दिएर पढाई रहेको रहेछ ।
जुन सरकारले गर्न नसक्ने काम उहाँले गरिरहनु भएकोले होला चेपाङ्गहरु उहाँलाई देवता, प्रधानमन्त्री, बुबा भनेर सम्बोधन गर्दा रहेछन् । यसै क्रममा बाटोमा आउँदै गर्दा चेपाङ्गहरुको बारेमा धरै कुरा जान्न मन लाग्यो तर हामीसँग प्रशस्त समय थिएन । मैले सुक्ष्म निरिक्षण गर्दा चेपाङ्गहरुलाई गोटी बनाएर खेल्नेहरु पनि धरै रहेछन् । खान दिने लाउन दिने वाहनामा सोझा चेपाङ्गहरुलाई धर्म परिर्वतन गराएको पनि पाईयो ।
प्रत्येक जसो चेपाङ्गहरुलाई ऋण बोकाईएको पनि पाईयो । चेपाङ्गहरुलाई यस्तो पढाईकोछ उनिहरु सधै गरिबी नै रहिरहोस् । लुगा भएर पनि थोत्रो लगाईयोस् । चप्पल भएर पनि खाली खुटा हिडोस । यसै सिलसिलमा हामीले खाली खुटा हिडिरहेको एक जना चेपाङ्गलाई सोध्यौ तिम्रो चप्पल छैन हेर खुटामा रगत बगिरहेको छ भन्दा छैन भन्यो । झोलामा के छ भनेर हर्दा चप्पल भेटियो । वास्तविकता बुझदा त्यो उनीहरुको रहर भन्दा पनि बाद्यता रहेछ । बाटोमा फर्कदै गर्दा एक जना बी. ए. 3rd Year मा वढ्दै गरेको र चेपाङ्ग जातीमा बढी पढेको चेपाङ्ग भेटियो । वहाँले चेपाङ्गहरुको परिवर्तनको लागी लडिरहेको कथा सुनाउदा परिवर्तन अब धेरै टाढा छैन जस्तो लाग्यो तर खै त्यो चै हेर्नु छ । फेरि भावी दिनमा त्यहाँ पुगियो भने के के परिवर्तन भएछ लेखौला ।
गाउँ बेसी आश्रय स्थलमा अध्ययन गर्दै गरेकी जमुना चेपाङ्गले दिएको जानकारी अनुसार चेपाङ्गहरु पुराना , थोत्रा कपडा लगाँउछन तर चेपाङ्गको भेष भुषा चै फरिया, चौबन्धी चोलो पटुका हो रे । चेपाङ्गरु गिठा भ्याकुर खान्छन् कहिले काही ढिडो पनि खान्छन ।
प्रायजसो बनको कन्दमुल खाएर बाँचेका हुन्छन् । चेपाङ्गहरु धेरै नै अशिक्षित हुन्छन् । यो जाती अति पिछडिएको जातिमा पर्दछ । अशिक्षित भएकै कारणले गर्दा यिनिहरुले सानै उमेरमा विबाहा गर्छन ।
अर्को यात्रा संस्मरणमा भेट्ने वाचा गर्दै अहिलेलाई विदा पाँउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment