Thursday, August 1, 2013

नाई भन्दाभन्दै लेखापालले..सुरुवाल तानिदिए

जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ । संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो । ‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ । रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् । ‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’ ‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ । लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ । लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए । संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने । लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।
disha nirdesh bata savar

आमा नभएको बेलामा बाबुले गरे आफ्नै छोरीको बलात्कार

रोल्पा, साउन । रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसका एक व्यक्तिले छोरीलाई बलात्कार गरी फरार भएका छन् । ह्वामा गाविस–७ का रोका थरका एक व्यक्तिले १२ वर्षीया आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलासा प्रहरीमा उजुरी परेपछि भएको हो । पछिल्लोपटक यही साउन ९ गते छोरीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएर रोकाकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि पीडक साउन १० गते बिहानैदेखि बेपत्ता छन् । अभियुक्त रोकाको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक जीतबहादुर खड्काले बताउनुभयो । बालिकाका अनुसार बाबुले आमा नभएको बेला धम्क्याउँदै जबरजस्ती गर्दै आएका थिए । रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी दुईवटा मुद्दा लाग्ने प्रहरीको भनाइ छ ।
mero nepali video bata savar

एक लाखको माछा

काठमाडौ, श्रावण १६ – सायद काठमाडौंमा एक लाख र दुई लाख पर्ने रक्सीको चर्चा सेलाएको थिएन । एक बिहान श्रीलंकाको दक्षिणको पुछारमा रहेको मातराको डोन्ड्रा हार्बरमा पुग्दा भने गज्जबको दृश्य देखियो । माछा मार्ने डुंगाहरूको घुइँचो । जताततै माछाको रास । चर्को मोलमोलाई । कोही डुंगाबाट माछा निकाल्न हतारमा थिए त कोही काँटछाँट गर्न । त्यही मेसोमा एउटा दृश्यमा गएर अडिएँ । एउटा डुंगाबाट धमाधम माछा निकाल्ने क्रम जारी थियो । त्यो पनि टुना माछा ।
४०-५० केजी तौलको टुना माछा देख्दा नै चकित परियो । किनकि काठमाडौंका डिपार्टमेन्ट स्टोरहरूमा पाइने टुना माछाको क्यानलाई हेर्दा यो माछा यति ठूलो होला भन्ने चिताएको पनि थिइनँ । ४०-५० केजीको माछालाई डुंगाबाट निकाल्दै, तौलँदै र एउटा गाडीमा लोड गरिरहेको दृश्य निकै अनौठो लागिरहेको थियो । तर, अचानक पाँचजना कामदार डुंगामा चढे । त्यसअघिसम्म तीनजनाले नै काम गरिरहेका थिए । जोख्ने मेसिन पनि छुट्टै ल्याइयो । वरिपरि रहेकाहरू स्थानीय भाषामा चर्कोचर्कोसँग बोलिरहेका थिए । उनीहरूको हाउभाउले पक्कै केही नयाँ हुँदै छ भन्ने आभास मिल्थ्यो ।
त्यत्तिकैमा डुंगामा चढेकाहरूले डोरी लगाएर एउटा अजंगको माछालाई बाहिर थुते । जीवनकालमै त्यत्रो ठूलो माछा देखिएको थिएन । झन् टुना माछा त देख्ने कुरै भएन । सकिनसकि माछालाई बाहिर ल्याइयो । भुईँमा सुताउँदा काठमाडौंका भित्री गल्लीमा रहेका मासु पसलमा लडेका पाडाहरूको दृश्य अगाडि आयो । सबै मिलेर तौलने मेसिनमा राखे । तौल करिब १२५ केजी । जसोतसो गाडीभित्र हुले । पत्याउनै गाह्रो भयो । माछा लोड र अनलोडको व्यवस्थापन सम्हालेका एक मनुवासँग तौल रुजु गरियो । अघि भनिएकै सही रहेछ । बंगुर र राँगाको तौल त्यही हाराहारीमा सुनिरहेकोमा एउटै माछाको तौल त्यति सुन्दा सुरुमा त पत्याउनै गाह्रो भयो । यो जुनीमा अर्कोपटक यति ठूलो माछा देख्न पाइने हो कि होइन । त्यो मौका गुमाउन चाहन्नथें । त्यस दृश्यलाई धमाधम क्यामरामा उतार्न लागेँ ।
अब मोलको कुरा । मोल भएपछि न त्यो तौलको अर्थ रहला । कति त त आज यो माछा बजार भाउ ? मैले अघिकै व्यक्तिलाई प्रश्न तेस्र्याएँ । एक केजीको ७६७ श्रीलंकन रुपिज -नेरु १०० को श्रीलंकन रुपिज १२८-३० चलिरहेको छ) । हिसाब लगाउँदा त एउटै माछाको करिब ९६ हजार रुपिज पर्ने रहेछ । त्यो नै सबैभन्दा ठूलो माछा भने रहेनछ ? त्यही हार्बरमा यसअघि २ सय केजीभन्दा बढीका माछासमेत ल्याइसकेको रहेछ । करिब २० दिन समुद्रमा बिताएर आएका रहेछन् ती मछुवाराहरू ।
आफूलाई चाहिने रसदपानीको जोहो गरेर पानीमा महिनौं बिताउनु तिनीहरूको जीवनचर्या नै बनिसकेको छ । तर, पछिल्ला वर्षहरूमा युरोपियन मुलुकहरूले बढीमा २० दिन पुराना माछा मात्र आयात गर्न दिने व्यवस्था गरेपछि भने ती मुलुकहरूमा माछा पठाउने व्यवसायीहरूले सोहीअनुसार माछा मार्ने योजना बुन्न गरेका रहेछन् । त्यसरी ल्याइएका माछाको पनि राम्राराम्रा भागचाहिँ विशेष किसिमको प्याकेजिङ गरेर युरोपका बजारमा पठाइने रहेछ भने रहलपहल हिस्साचाहिँ क्यान फुड बनाउन थाइल्यान्डलगायतका मुलुकमा निर्यात हुने गरेको रहेछ । त्यसो त एउटा उद्योगकै रूपमा स्थापित छ माछा व्यवसाय । श्रीलंकाले हरेक वर्ष करिब २०० मिलियन अमेरिकी डलरको त टुना माछा नै निर्यात गर्ने गरेको छ । सरकारी तथ्यांकहरूलाई पत्याउने हो भने श्रीलंकाको करिब ६० अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) मा माछा उद्योगको २.७ प्रतिशत योगदान छ । चारैतिरबाट समुद्रबाट घेरिएकाले हुनसक्छ, श्रीलंकामा माछा व्यवसाय आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ ।

१ दिन जेल बसेको १० लाख !

साउन, 17 – नेपालमा बिना कारण जेल परेका व्यक्तिले क्षतिपूर्ति पाएका उदाहरण कमै छन् ।
जेलमा खाना पानी नदिई यातना दिएर राखेमा पनि उनीहरुले आफू निर्दोष सावित हुँदा पनि कुनै राहत तथा क्षतिपूर्ति पाउँदैनन् । तर अमेरिकामा एक विद्यार्थीले विना निरिक्षण जेलमा बसेकोमा दिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।
चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति दिएको हो ।
सन् २०१२ मा लागूपदार्थ प्रयोगको आरोपमा पक्राउ परेका चोङलाई जेलमा राखिएको थियो । तर आफूमाथि कुनै अभियोग दर्ता नगरिएको तथा चार दिन सम्म आफूलाई राखिएको ठाउँमा कोही पनि नआएको उनको दावी छ ।
झ्याल समेत नभएको अँध्यारो कोठामा राखिएको, चार दिनसम्म खाना र पानी समेत नपाएको र बाँच्नका लागि आफ्नै पिसाब खाएको उनले बताएका छन् ।
जेलबाट उद्धार गरिएपछि अस्पताल भर्ना गरिएका चोङमा डिहाईड्रेसन, मृगौला फेल भएको, तर्सिने जस्ता समस्या देखिएको उनका वकिलले बताएका छन् । चोङले आफूलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् ।
न्याय विभागले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । चोङको घटनापछि लागूऔषध कानुन कार्यान्वयन प्रशासनले जेलको सेलमा हरेक दिन निरीक्षण तथा क्यामरा लगाउनुपर्ने लगायतका प्रावधान समेटी बन्दी गृह सम्बन्धि नयाँ नीति लागू गरेको छ ।
एजेन्सीको सहयोगमा

यौन सम्पर्कका लागी दवावस्वरूप न्युजिल्यान्डका ११ वर्षीय किशोर बाबु बने !

श्रावण १७, न्युजिल्यान्डमा एक ११ वर्षीय किशोर बाबु बनेका छन् । उनी आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीकी ३६ वर्षीया आमाको यौन दबाबमा परेपछि बाबु बनेका हुन ।11-years-father
न्यूजिल्याण्डको अकलेन्ड टापुमा बस्ने ती महिलाले निन किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब दिने गर्दथिन । अन्ततः यसको परिणाम स्वारूप उनी बाबु बनेका छन । समाचारहरूमा जनाइए अनुसार ती किशोरलाई यौन सम्पर्क गराउनका लागी महिलाले विभिन्न प्रकारका प्रलोभन र प्रयासहरू गर्ने गर्दथिन । जसका लागी उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गराएको कुरा समाचारमा जनाइएको छ ।
यी किशोरका साथमा ती महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । अहिले बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको कुरा बताइएको छ । उक्त नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिसले भने यस मुद्दालाई विद्यालय र अदालत सम्म लैजाने बताएको छ ।
अहिले ती किशोरको विद्यालयका प्रधानाध्यापकले यस सम्बन्धमा निकै चासो र चिन्ता व्यक्त गरेका छन ।

विश्वमा ५ वटा पसलमा मात्र पाइने ३ करोडको जुत्ता

एकजोर जुत्ताको मूल्य कति पर्ला ? हजार, दुइ हजार पाँच हजार अर्थात् त्यो भन्दा केही बढि । तर के तपाइँले एकजोर जुत्ताको मूल्य झण्डै ३ करोड पर्छ भन्दा पत्याउनुहुन्छ – पत्याउने कुरै भएन । जाबो खुट्टामा लगाउने जुत्तालाई पनि के त्यति धेरै भाउ पर्ला र भन्ने हाम्रो सहज जवाफ हुन्छ । तर हामीले त्यसो भनेर के भो र ? विश्वमा साँच्चीकै ३ करोड मूल्य पर्ने जुत्ता पनि बनाइएका छन् र यस्ता जुत्ता लगाउने मान्छे पनि यहीँ धर्तीमै छन् ।g-shइटालीका हाइ हिल जुत्ताका डिजाइनर अल्बटरे मोरातीले विश्वमै पहिलोपटक यस्तो जुत्ताको डिजाइन गरेका हुन् जुन २४ क्यारेट सुनबाट बनेको छ । उनले पुरुषका लागि लोर्फस जुत्ता र महिलाका लागि हाइ हिल बनाएका छन् । उनले दुइ वर्षघिबाट आफ्नो भाइसँग मिलेर आफ्नै नामको ब्राण्डबाट उक्त सुनका जुत्ताको निर्माण थालेका थिए । उनले बनाएका जुत्ता क्यामरुन दियाज देखि लिएर लेडी गागा जस्ता विश्व प्रसिद्ध सेल्रि्रेटीले समेत मन पराए ।
यी सुनौला जुत्ताको मूल्य २ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ र डिजाइन तथा सुनको मात्रा हेरिकन त्यसभन्दा माथि पनि पर्छ । यो जुत्ता विश्वका केवल ५ वटा पसलमा मात्र पाइन्छ । लण्डनको हेरड्स, न्युयोर्कको बर्नेज, लस एन्जल्सको फ्रेड सिगल, हंगकंगको स्वेन्क र दुबइको लेबल सू मा ।
हुनत सुनको जुत्ता मात्र होइन, भारतमा एक जना मानिसले सुनको शर्ट नै लगाएको तथा हंगकंगमा सुनको ट्वाइलेट बनाइएको कुरा पनि समाचारमा आउने गरेको छ । यस्तै जापानमा अनुहारमा सुनको लेपन लगाएर गोल्ड फेसियल समेत गर्ने गरिन्छ, त्यसो गर्दा ५ सय डलर भए पुग्छ । एजेन्सी

विश्वकै लामो खुट्टा भएकी महिलालार्इ सेक्सको लागी प्रस्ताब राख्नेहरू धेरै,

भर्जिनिया (एजेन्सीहरू), चैत्र २ – रुसबाट आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी छन् । उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक) छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्‍याङमा बसेको देखिन्छ ।worlds-longest-legs_20130315103449-300x225
खुट्टाकै कारणले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी विद्यालयमा च्याम्पियन थिइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर पाएपछि उनी यतै बसिन् ।
तर, उनी संसारकी सबभन्दा अग्लि महिला पक्कै होइनन् । संसारकी सबभन्दा लामो महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो । नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ ।

स्तनपान सप्ताह आजदेखि सुरु

काठमाडौं, १७ साउन । ‘शिशुलाई स्तनपान गराउनका लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार काठमाडौंका विभिन्न बालमैत्री अस्पतालहरुमा स्तनपानका महत्व दर्शाउने खालका फ्लेक्स प्रिन्ट प्रदर्शनी गरिरहेका छन् भने काठमाडौँ बाहिरका जिल्लामा मानिसको विशेष चहलपहल हुने हाटबजारलगायतका स्थानमा स्वास्थ्य चौकीमार्फत स्तनपानका बारेमा जनचेतनात्मक कार्यक्रम भइरहेका छन् ।
प्रत्येक वर्ष विश्वमा अगष्ट १ देखि स्तनपान सप्ताह मनाइने गरिन्छ । नेपालमा वार्षिक करिब सात लाख बालबालिका जन्मने गरेका छन् तीमध्ये ४५ प्रतिशतले मात्र जन्मेको एक घन्टाभित्र स्तनपान गर्न पाउँछन् ।
महाशाखाका प्रमुख डा. सेनेन्द्र उप्रेतीका अनुसार एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने उद्देश्य भए पनि कतिपय स्थानमा बच्चा जन्मेपछि आउने बिघौती दूधलाई त्यत्तिकै दुहेर फ्याक्ने गरेका कारण ४५ प्रतिशत बालबालिकाले मात्र स्तनपान गर्न पाएका छन् ।
एक घन्टाभित्र आउने बिघौती दूधले बच्चामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । नियमित स्तनपानका कारण आमालाई समेत स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ भने स्तनपानले जन्मान्तरसमेत गराउने चिकित्सक बताउँछन् ।
स्तनपान नगर्ने बालबालिकाको तुलना नियमित स्तनपान गर्ने बालबालिकालाई झाडापखाला, निमोनियाजस्ता सङ्क्रमण लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएको छ । छ महिनासम्म बालबालिकालाई आमाको दूधबाट अन्य आहार खुवाउनु नपर्ने भए पनि करिब ७० प्रतिशत महिलाले मात्र छ महिनासम्म स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।

वेबसाइटमा कमेन्ट गर्ने ब्लगरलाइ सात बर्ष जेल र ६०० कोर्रा !

एजेन्सी, श्रावण १७, सऊदी अरब को एक अदालत ले इस्लामको अपमानका दोषी साबित भएका एक व्यक्तिलाइ सात बर्षको कैद तथा ६०० कोर्राको सजायँ सुनाएको छ ।
7-years
जेद्दाको क्रिमिनल कोर्टले रईफ बदावी लाइ देशको एन्टी साइबर क्राइम ल तोडेकोमा दोषी पाइएको छ । अदालतले जनाए अनुसार बदावीले वेबसाइट र टिभिमा दिएको कमेन्ट इस्लामको अपमान गरेका छन ।
मानवाधिकार कार्यकर्ताहरूले यसलाइ घोर बर्बर सजाय भएको बताएका छन । ह्यूमन राइट्स वाचको मिडल ईस्टका डेपुटी डाइरेक्टर नदीम हूरीले बताए अनुसार एक शान्तिप्रिय ब्लगरलाइ यस प्रकारले कडा सजायँ सुनाउनु सऊदी अरबको ती दावीहरूप्रति हास्यास्पद व्यङ्ग्य गर्दछ, जसमा सुधार र धार्मिक विमर्शको कुराहरू गरिएको छ ।
एक जना मानिस जो धर्मका बारेमा चर्चा गर्न चाहन्छ, उसलाइ एक बर्षसम्म जेलमा राखेर अब सात बर्षको सजायँ र ६०० कोर्रा सुनाइएको छ । (एजेंसी)
khabarserofero bata savar