Wednesday, July 31, 2013

यौन आनन्दका लागी आयो विशेष पेस्ट (प्रयोग बिधि भिडियो सहित )

के पेस्ट केबल दाँत सफा गर्नको लागी हो ? यदी यस्तो सोच्नु भएको छ भने तपाईले आफ्नो सोचलाई ताजा बनाउनु जरूरी छ । आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ । जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ ।
यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै । पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो । यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन् ।
यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् । यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ । जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।

हेर्नुस यसरि सामसुङ ग्यालेक्सी एस 4 विस्फोट भएर भयो आगोलागी

श्रावण १६, आइफोनमा करेन्ट लागेर मानिसहरू मर्न थालेको कुरा सेलाउन नपाउँदै हङकङमा एक दम्पतीले सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन बिष्फोटन हुँदा घरमा आगलागी भएको र उनीहरूलाइ चोट लागेको कुरा दावी गरेका छन ।

Samsung-Galaxy-S4-reportedly-explodes

चीन को वेबसाइट Xianguo.com को एक रिपोर्ट अनुसार एक व्यक्तिले गेम खेल्ने क्रममा के दौरान ग्यालेक्सी एस4 मा आगलागी भएको थियो । उनले उक्त फोन फ्याँकेका थिए, जुन केही बेरमानै बिष्फोटन भएको थियो । जसले आगलागी हुँदा पुरै घरमा आगो फैलिएको थियो ।
रिपोर्ट अनुसार यस घटनामा सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन र ब्याटरी, चार्जर जस्ता एसेसिरिज सबै ओरिजिनलनै रहेका थिए । चीनमा वितेका केही दिनमा यस्ता २ वटा घटनाहरू सार्वजनिक भैसकेका छन । जसमा एप्पलको आईफोनबाट करेन्ट लागेको थियो । यद्दपी यी घटनाहरूमा उनिहरूले ड्युप्लिकेट चार्जरको प्रयोग गरेका थिए ।
सामसुङ हङकङले भने यस घटनाको जाँच भैरहेको जनाएको छ ।

गर्मी को समय छ त्यसैले जानी राखौ : कति बेला गर्ने यौन सम्पर्क ?

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ ।babule
साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

हेर्नुस् यसरी दिमागबाट निकालियो १५ सेमी लामो किरा

कसैको घाउमा किरा प¥यो भन्दा हाम्रो आङ नै सिर्रिङ हुने गर्छ । झन् कसैको दिमागबाट कुनै सानोतिनो किरा नभई १५ सेमी लामो किरा निकालियो भन्दा कस्तो लाग्ला ? ईचाइनासिटीज डट कम खबर अनुसार ६० वर्षीय वांग मिंगलाई ६ महिनादेखि टाउको दुख्ने समस्या थियो ।
वांग हिड्दा हिड्दै र उभिदा पनि बेहोश हुने गर्थे । समस्या निकै जटिल भएका कारण वांगले स्क्यान गर्दा उनको दिमागमा १५ सेमी लामो किरा रहेको थाहा पाएका थिए । यसपछि वांगलाई तुरुन्त फस्र्ट पीपुल्स अस्पतालमा भर्ती गरिएको थियो ।
डाक्टरलाई पनि त्यस किरालाई निकाल्न करीब तीन घण्टा समय लागेको थियो । अपरेशनपछि निकालिएको किरा जिवीतै रहेको डाक्टरहरुले बताएका छन् । सो किरा वांगको मलद्धारबाट शरीर भित्र पसेको हुन नसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।

यसरी गरे ,प्रेम विवाह गरेका एक जोडीले विवाह गरेको तेस्रो दिनमानै आत्महत्या

श्रावण १६, जिवनभर सँगै जिउने सँगै मर्ने कसम खाँदै तीन दिनअघि प्रेम विवाह गरेका एक जोडीले मृत्युको बाटो रोजेका छन् । विगत लामो समयदेखि गरेको प्रेमलाई विवाहमा परिणत गरेका स्याङ्जा जिल्लाका ३० वर्षीय राजु आले र गुल्मी घर भएका २० वर्षीया लक्ष्मी केसीले परिस्थिति आफूअनुकूल नदेखेपछि विवाहको तेस्रो दिनमै मृत्यु रोजेका छन ।
आजको राजधानीको एक समाचारमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापालाइ उद्धृत गर्दै बताइए अनुसार, उनीहरूले एउटै रंगको ओढ्ने पंखामा पासो लगाएर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । उनीहरू नाताले दिदी पर्नेको घर बुटवल–१३ दुर्गानगरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरूले आत्महत्या गरेका हुन् ।
राजु यातायात मजदुरका रूपमा कार्यरत थिए । उनी र लक्ष्मीको बुटवल बसाइकै क्रममा प्रेम सम्बन्ध शुरू भएको थियो । विवाहित र सन्तानका बाबुसमेत बनिसकेका राजुले लक्ष्मीलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएपछि घर परिवारले त्यसलाई अघि नबढाउन दबाब दिएको बताइएको छ । घर परिवारको दबाबपछि तनावमा रहेका राजुले अन्ततः मृत्युको बाटो रोजेका हुन् । प्रहरी निरीक्षक थापाका अनुसार राजुले मृत्युअघि लेखेको सुसाइड नोट बरामद भएको छ । यस नोटमा उनले आफ्नै कारणले सुसाइड गर्न खोजेको कुरा लेखेको समाचारमा उल्लेख गरिएको छ ।

Saturday, July 27, 2013

छोरा पछि ज्वाईका तनावमा ज्ञानेन्द्र

काठमाडौं÷दुई सय ४० बर्षे राजसंस्थाको अन्त्य आफ्ना पालामा भएर तनावमा रहेका ज्ञानेन्द्रलाई पारिवारिक तनावले पनि छोडेको छैन् । छोरा पारसका कारण अनेकौं समस्या र हण्डर खेप्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय छोरी ज्वाई राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले हैरान बनेका छन् । ज्ञानेन्द्रले एक मात्र ज्वाई सिंहले आङ्खनो भावनालाई लत्याउने गरेकाले पटक–पटक मन दुखेको गुनासो निकटस्थहरुलाई सुनाउछन् ।
ज्वाई सिंह आङ्खनो र परिवारको इच्छा विपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेको गुनासो ज्ञानेन्द्रको छ तर अझसम्म यी सबै गुनासाबारे उनले जवाईसंग कुरा गर्न सकेका छैनन् । नागार्जुन स्रोतका अनुसार ज्ञानेन्द्रले छोरी प्रेरण्ाँलाई बेलाबेलामा दिने गरेको तनावका विÈयमा भने मुख खोलेर ज्वाई राजबहादुरसित कुरा गर्ने गरेका छन् ।
राजबहादुरसंग पूर्व राजपरिवार असन्तुष्ट बनेको पछिल्लो समयमा मात्र होइन । उनको व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरण्ाँ, पूर्वराजा ज्ञानेन्द्र र राज परिवारले चित्त दुखाउ“दै आएको छ । निर्मल निवास स्रोतले भन्यो ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मल निवासको शान्ति नै बिथोलेको छ ।’
प्रेरण्ाँलाई त राजबहादुरले तनाव दिन्थे नै त्यति मात्रै होइन, बेलाबेलामा गर्ने अराजक र कानुन विपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्व राजपरिवारको बुझाइ छ । रोयल क्यासिनोका प्रबन्ध निर्देशक राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीको खोजी सुचीमा समेत परे । प्रेरण्ाँका साथीहरुका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए । त्यसपछि ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरण्ाँको शरीरबाट झन्डै १२ किलो बोसो निकालियो । उनीहरुबीचमा यति विग्रह भएको छ कि गत वर्Èको मंसिरमा सिंगापुरमा प्रेरण्ाँको अप्रेसन हु“दा सिंगापुरमै रहेका राजबहादुर भेट्न समेत गएनन् ।
राजबहादुर रश्मिला नामकी पूर्व एयर होस्टेससित पल्केको प्रेरणाले पत्तो पाइन । पत्तो अनुरुप ०६८ भदौको अन्त्यतिर प्रेरण्ाँ आफै“ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ समेत गरिन । यसैका कारण राजबहादुर र प्रेरण्ाँको एक पटक त झन्डैझन्डै सम्बन्ध विच्छेदको अवस्थामा पुगेको थियो । त्यसवेला प्रेरण्ाँ घर छाडेर करिब ६ महिना माइतीघर निर्मल निवासमै बसेकी थिइन । अन्य केटीहरुसंगको हिमचीमका कारण जेठान पारस शाह र राजबहादुरझगडा हुने स्थिति समेत पैदा भएको थियो । दुई÷तीनपटक त पारस राजबहादुरलाई ‘ठाउ“को ठाउ“ ठीक पार्ने’ भन्दै खोज्नसमेत हि“डेको स्रोत बताउछ । तर, पारस त्यहा“ पुग्नु अगावै राजबहादुर त्यहा“बाट जोगिने गरेका थिए । ‘पारसले बहिनी प्रेरण्ाँलाई निकै माया गर्छन्, राजबहादुर अरु कुनै महिलासित नजिकिएको सहन सक्दैनन् । तयसैले उनीहरुबीच बेलाबेला घम्साघम्सी हुने अवस्था देखिने गर्छ,’ पारसका एक साथी भन्छन् ।
भाउजु हीमानीले पनि प्रेरण्ाँलाई निकै माया गर्छिन् । उनले ज्वाइ“ राज बहादुरलाई पटक पटक सम्झाउने गरेको पनि स्रोत बताउछ । एकपटक त उनले धम्कीपूणर््ँ भाÈामा ‘प्रेरण्ाँलाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी राजबहादुरलाई दिएको स्रोत बताउछ ।
पूर्वराजा ज्ञानेन्द्र भने मनमा असन्तोÈ बोके पनि राजबहादुरसित यस्ता घटनाबारे कुरा गरेका छैनन् । त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य छ ।
ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण्ँ शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए । उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई पटक्कै मन परेको थिएन । पारसले त्यसको विरोध समेत गरेका उनका एक सार्थीले बताए । ससुरा र जेठानको असन्तुष्टीका कारण राजबहादुर जनता दलमा सक्रिय भएनन ।
राजबहादुर छाउनी स्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन् । उक्त घर पूर्वराजा वीरेन्द्रको बंशको हो । अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रष्टले घर खाली गरिदिन पत्राचार समेत गरेको छ । तर उनले त्यो कुरा अटेर गर्दै आएका छन् ।

विश्वका पौने अरब मोबाइल फोन ह्याक हुने खतरामा

मोबाइल फोनको सिम कार्ड प्रविधिमा देखिएको गडबडीका कारण विश्वका दशौँ लाख मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइलमा रहेका डाटा चोरिने तथा विभिन्न प्रकारले ह्याक हुने खतरामा परेका छन् ।

अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ कारस्टेन नोहलले विश्वका झण्डै पौने अर्ब मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका हुन् ।

आफुले विशेष टेक्स्ट म्यासेज पठाएर सिम कार्डको डिजिटल की पत्ता लगाउन सकिने विधि पत्ता लगाएको उनको दाबी छ । अपराधी तथा ह्याकरहरुले यो विधि पत्ता लगाएर फोन कल सुन्ने तथा मोबाइल बाट पैसा समेत चोर्नसक्ने उनले चेतावनी दिएका छन् ।

मोबाइल नेटवर्क सम्बन्धि विश्वव्यापी सस्था जिएसएम एसोसिएसनले विज्ञको पछिल्लो दाबीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । एसोसिएसनका प्रवक्ताका अनुसार यसबाट सम्भावित असरको विषयमा सतर्कता अपनाउन सजिलो भएको छ र जोखिममा रहेका मोबाइल सेवा प्रदायक तथा सिमकार्ड निर्माताहरुका लागि सुरक्षा निर्देशिका जारी गरिँदैछ । खासगरी पूरानो प्रविधिबाट उत्पादन गरिएका सिमकार्डहरु खतरामा रहेको हुनसक्ने उनको ठम्याइ छ ।

मोबाइलको सिमकार्ड वास्तवमा प्रभावकारी सुरक्षा टोकन हो जसले नेटकर्व अपरेटरको लागि प्रयोगकर्ताको पहिचानलाई आधिकारिकता प्रदान गर्छ । साथै सिमकार्डमा निश्चिम मात्रामा टेक्स्ट म्यासेज, कन्ट्याक्ट नम्बर तथा केही एप्लिकेसन जस्तै भुक्तानी लिने नम्बर तथा ब्यांकिङ सेवा सम्बन्धिका विस्तृत जानकारी समेत संग्रहित हुन सक्छन् ।
1014286_588825257815911_1275565676_n
विशेषज्ञ नोहलको दाबी छ की उनले यस्तो विधि पत्ता लगाएका छन् जसको माध्यमबाट मोबाइल प्रयोगकर्ताको मोबाइल अपरेटरमा म्यासेज पठाएर उसको सेक्युरिटी कोड पत्ता लगाउन सकिन्छ । यस्तो म्यासेज फर्जी डिजिटल हस्ताक्षरको रुपमा हुन्छ । यस्तो म्यासेज प्राप्त भएपछि अधिकांस मोबाइल फोनको तर्फबाट नेटवर्क अपरेटरले उक्त म्यासेज नक्कली भएको पहिचान गरेपनि झण्डै एक चौथाइ नम्बरबाट भने उक्त म्यासेजको जवाफको रुपमा एरर म्यासेज पठाइन्छ जसमा नबुझिने पारिएको सिमकार्डको आधिकारिक संकेत समेत रहेको हुन्छ ।

यस्तो नबुझिने पारिएको -इन्त्रिmप्टेड) म्यासेजका कारण ह्याकरलाई सिमकार्डको संकेत नम्बर पत्ता लगाउन गाह्रो हुने भएपनि सन् १९७० ताकाको कोडिङ प्रणाली प्रयोग भएका सिमकार्डबाट भने यस्तो इन्त्रिmप्टेड कोडबाट विशेष सफ्टवेयरको प्रयोग गरी ह्याकरहरुले खास आधिकारिक कोड पत्ता लगाउन सक्छन् । यस्तो कोड प्राप्त गरिसकेपछि ह्याकरले उक्त सिमकार्ड प्रयोग भएको मोबाइलमा भाइरस डाउनलोड गरिदिन सक्छन् । त्यसपछि मोबाइल प्रयोगकर्ताले गरेको फोन तथा भ्वाइसमेल ट्याप गर्ने तथा लोकेसन ट्रयाक गर्ने काम समेत गर्न सक्छन् । साथै अन्य प्रविधिको सहायताले उक्त मोबाइल प्रयोगकर्ताको जासूसी समेत गर्न सकिने नोहलको दाबी छ । साथै सो सिमकार्डबाट मोबाइल ब्यांकिङ सेवा लिइरहेको भए त्यस्ता प्रयोगकर्ताको बैंक अकाउण्टबाट पैसा चोरिने खतरा पनि हुन्छ ।

नोहलका अनुसार विश्वमा अहिलेसम्म प्रयोगमा रहेका मध्ये सयमा ८ सिमकार्ड यस्तो प्रकारको जोखिममा छन् । यसको अर्थ विश्वका ५० करोड देखि ७५ करोड मोबाइल प्रयोगकर्ता आक्रमणको जोखिममा छन् ।

यो महिनाको अन्त्यमा अमेरिकाको लस भेगासमा हुने सम्मेलनका क्रममा आफ्नो पछिल्लो खोजको विस्तृत नतिजा सार्वजनिक गर्ने नोहलको भनाइ छ ।

सेक्स गरे पछि गर्ब नरहन के गर्नु पर्छ हेर्नुस नया तरिका भिडियो सहित

यहाँ तल दिएको बक्स मा क्लिक गरि भिडियोमा भने जस्तै गर्नु भयो भने गर्व रहदैन...
भिडियो गोप्य छ तेसैले बिज्ञापन लाइ क्लोज गरेर मात्र हेर्न सकिन्छ

‘सबैले तक्मे बुढा भने, मेरो बुढा कसैले भनेनन्’ : विल्सन विक्रम राई(तक्मे बुढा)

स्टेजमा उनी पुगेपछि चुप लागेको मानिस पनि हाँस्न थाल्छ । कुनै तयारी बिना नै स्टेजमा पुग्ने विल्सन विक्रम राई अर्थात तक्मे बुढा हसँाउन खप्पिस छन् । भन्छन्, ‘म स्टेजमै पुगेर त्यहाँको अवस्था अनुसार कमेडी तयार गर्छु सायद यसैले दर्शकले मन पराउनु हुन्छ होला ।’विश्वभर ‘तक्मे बुढा’को नामले परिचित बनेका विल्सनलाई प्रेम प्रस्ताव कति आउँछ होला त । उनी भन्छन् ‘सबैले तक्मे बुढा मात्र भने मेरो बुढा कसैले भनेनन् ।’ निक्कै ठट्यौली तबरले कुरा गर्ने तक्मेले जीवनमा प्रेम त गरेको तर अधुरै रहेको बताए । उनले भने, ‘जती बेला मसँग केही थिएन त्यतिबेला समय र कोही थियो तर जब मसँग केही छ समय र आफ्नो मान्छे छैन ।’
विभिन्न देशका कार्यक्रममा पुग्दा ‘आई लभ यू’ भन्नेहरुको संख्या पनि धेरै भएको विल्सन बताउछन् । तर उनको वुझाई केही फरक छ । विल्सन भन्छन्, ‘सबैले तक्मे बुढालाई मन पराउनुहुन्छ, विल्सनलाई होइन । मलाई त विल्सनलाई मन पराउने युवती चाहिएको छ ।’ तक्मे बुढा र विल्सन विक्रम दुई फरकको परिचय फरक भएको उनको तर्क । ‘कहिलेकाही त मलाई पनि तक्मे बुढा बन्न मन लाग्छ, विल्सनले भने ।’ जीवनमा निक्कै धेरै संघर्ष गरेर यो क्षेत्रमा स्थापित भएका तक्मे बुढा अर्थात विल्सनविक्रम राइको जीवन र भोगाइको कथा हामी केही दिनम अनलाइनखबरमा प्रकाशन गर्नेछौ ।source online khbar

उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइयो।

सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका थिए। कान्तिपुरको यो समाचारले प्रशासनलाई कारबाही प्रक्रिया छिटो अघि बढाउन दबाब दिने आशा गर्न सकिने भएको छ। अरु ठूला मिडियाहरु पनि यो खबरको भित्री पाटोलाई उजागर गर्न लागोस्।
म आशा गर्छु यो घटना चार वर्षअघिको रत्‍नपार्क रमिता कान्ड जस्तो हुनेछैन। २०६६ साल जेठ ६ गते राजधानीको रत्‍नपार्कमा सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठीले कुटेर लुगा च्यातचुत पार्दै नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइएको थियो। कुनै पनि राष्ट्रिय मिडियाले यसलाई कभर गरेनन्। बरुटाइम्स अफ इन्डिया र हफिङटनपोस्टले माइसंसारलाई उद्‌धृत गर्दै घटनाबारे जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। अब कम्तिमा यस्तो नहोस्।
कति अत्याचार गरेको वाफ रे, मान्छे कि पशु ?
नवराज न्यौपाने
राजधानीबाहिर महिलामाथि हुने गरेको हिंसाको डलरवादी संस्थाले वकालत गर्ने गरेको भएपनि राजधानी मै भएको एउटा क्रुर अमानवीय महिला हिंसाको समाचार चार दिनसम्म पनि बाहिर आउन सकेको छैन।
मिति जेठ ६ गते। समय राति नौ बजेको थियो। मानिसहरुको चहलपहल विस्तारै कम हुँदै थियो। सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठी नै लाठीले कुटियो। त्यति मात्र हो र, उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइयो।

जिउभित्र चुम्बक भएकी महिला, जसको जिउमा टाँसिन्छ चक्कु र थाल (तस्वीर सहित)

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।

b 1

बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।


bendra 2

यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।

यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।

हेर्नुस त यसरि विदेशबाट फर्कंदा प्राणभन्दा प्यारी श्रीमती अर्कैसँग देखेपछि

१२ साउन, काठमाडौ । विदेशमा दुःख गरेर कमाएको रकमले स्वदेश फर्किएपछि परिवारसँग रमाइलो गर्ने चाहना बोकेर घर फर्किने थुप्रै युवाहरू यतिबेला नरेश र रमेशकै नियति भोगिरहेका छन् । पछिल्लो पटक मलेसियाबाट फर्कनु एक साताअघि नरेशले आफुले कमाएको सबै रकम श्रीमतीलाई पठाए । उनले नेपाल आउनुभन्दा अघिल्लो दिन घरमा फोन पनि गरे । फोनमा श्रीमतीले ‘३/४ दिन काठमाडौंमा बसेर आउँदा हुन्छ’ भन्ने जवाफ दिइन् । तर, नरेशलाई के थाहा, प्राणभन्दा प्यारी श्रीमतीले अर्को राजकुमार रोजिसकिन् भन्ने । डेढ वर्षकी छोरी छाडेर विदेश गएका नरेश घर फर्कंदा न श्रीमती घरमा थिइन्, न त छोरी नै । सात महिनाकी गर्भवती उनले छिमेककै भतिजा भन्दै आएको आफु भन्दा तीन–चार वर्ष कम उमेरका पुरुषसँग विवाह गरेकी छन् । पछिल्ला दिनमा आफूले मेहनत गरी कमाएर पठाएको ४ लाख रुपैयाँ र छोरी फर्काउन माग गर्दै नरेश हिजोआज दैनिक महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेल धाइरहेका छन् । नरेशको झन्डै सात वर्षअघि प्रेमविवाह भएको थियो । एउटै गाविसमा घर रहेकाले नरेशको तीनबर्से प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । छोरी डेढ वर्ष भएपछि आङ्खना बाबुलाई श्रीमती र छोरीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा गएका थिए । श्रीमती पनि गाउँकै एउटा विद्यालयमा कार्यरत रहेको महिला सेलमा कार्यरत प्रहरीहरू बताउँछन् ।
फोनमा दैनिक कुरा हुने र पैसा पनि नियमित पठाएकाले सम्बन्धमा कुनै किसिमको समस्या नभएको नरेशले बताउँदै आएका छन् । ‘घर फर्कनुअघिका दिनमा पनि सधैंजस्तो सामान्य कुराकानी नै भएको थियो,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक प्रहरीले बताए । घर आइपुगेपछि श्रीमतीको खोजी गर्दै आएका उनले फोनका आधारमा श्रीमती ललितपुरमा भएको पत्तो लगाए र प्रहरी कार्यालयमा उजुरी हाले । इमाडोलमा अर्कै पुरुषसँग बस्दै आएकी आङ्खनी श्रीमतीलाई नरेशले फेला पारे पनि उनीहरूको मुद्दा भने मिलिसकेको छैन । यस्तै, रमेशको पनि पीडा उस्तै छ । काभ्रे घर भएका उनी सात/आठ वर्षसम्म कतारमा बसेर अघिल्लो महिना मात्र स्वदेश फर्किएका हुन् । रमेश विदेशबाट आएको झन्डै १६ दिनपछि उनकी श्रीमती घरको लालपुर्जा, सुनका सबै गरगहना, बैंकमा रहेको नगदसहित बेपत्ता भएकी थिइन् । केही दिनअघि छोरी लिएर हिँडेकी उनले अर्का विवाह गरिसकेको सेलमा कार्यरत महिला प्रहरीहरू बताउँछन् ।
फर्कंदा सामान किनेर बाँकी रहेको रकम श्रीमतीका नाममा पठाएका रमेशसँग अहिले नगद र जिन्सी दुवै छैन । ‘भाडा तिर्नसमेत पैसा नभएकाले रमेश लुभुबाट जाउलाखेलसम्म पैदलै आउने गरेका छन्,’ सेलमा कार्यरत एक महिला प्रहरीले बताईन् । अहिले ती महिलाले श्रीमान् रमेशलाई विभिन्न कारण देखाएर उल्टै धम्क्याउँदै आएकी छन् । कतारको एक निजी कम्पनीमा कार्यरत रमेशले त्यहाँबाट भागेर अर्का कम्पनीमा काम गरेदेखि नै आपूmले राम्रो आम्दानी गर्न थालेको बताए । आफू कतार गएको केही समयमै गाउँमा काम धेरै हुन्छ भनेर उनले श्रीमतीलाई काठमाडौंमा ल्याएका थिए । विदेशमा कमाएको पैसाले उनले लुभुमा तीन तलाको घर बनाए भने खबर राजधानी दैनिक पत्रिकाले छापेको छ ।
बीचमा एक पटक आउँदा किनेको घर उनको नाममा थियो भने बाँकी रकम श्रीमतीको नाममा बैंकमा जम्मा गरेका थिए । दाजुभाइले अंशबन्डाका लागि बोलाउन थालेदेखि नै उनकी श्रीमतीले आङ्खनो नाममा सम्पत्ति राख्नुपर्ने अडान राख्न थालिन् । ‘यो घर पनि दाजुभाइले बाँड्न लगाउँछन् भन्दै उनले आङ्खनो नाममा गर्न मागिन्,’ उनले भने, ‘आएको दुई हप्तापछि नै घर उनको नाममा गरिदिएँ ।
घर पास गरेको दुई दिनपछि ‘लगनखेल पुगेर आउँछु’ भन्दै घर छाडेकी उनी अहिलेसम्म नफर्किएको रमेशले प्रहरीलाई बताएका छन् । महिला पीडित र पुरुष पीडक हुन् भन्ने नेपाली समाजमा स्थापित सोच यस्ता घटनाले गलत साबित हुन थालेको छ । पछिल्ला वर्षमा महिला हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको छ । महिला हिंसा अन्त्यका लागि महिला अधिकारकर्मी सडकदेखि सिंहदरबारसम्म पुगे । तर, यही समयमा महिलाका कारण पुरुषले पीडा भोगेका घटना बढेको पाइन्छ । यी घटनाहरू तुलनात्मक रूपमा कम भए पनि समाजमा बलियो स्थान बनाउँदै गएको प्रहरीहरू बताउँछन् ।
महिला हराएको भनेर पर्ने उजुरीमा अधिकांश श्रीमान् विदेश गएपछि श्रीमती अर्कैसँग विवाह गर्ने घटना हुने गरेको महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा कार्यरत सई (सहायक निरीक्षक) लालमाया खड्काले बताइन् । रमाइलो कुरा त के छ भने यसरी विदेश गएका पुरुषका श्रीमतीसँग दोस्रो विवाह गर्नेमा अधिकांश अविवाहित पुरुष छन् । उनीहरू महिलाको भन्दा कम उमेरका हुने गरेका र रोजगारी नहुने युवा बढी पाइएको खड्का बताउँछिन् ।

Friday, July 26, 2013

घुस लिँदै गर्दा थानकोटका डिएसपी पक्राउ

काठमाडौं, ११ साउन । कवाडी व्यवसायीसँग घुस लिँदालिँदै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) तेजेन्द्र पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले नायव उपरीक्षक पौडेलले कवाडी व्यवसायीसँग ३५ हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिनुभयो । पौडेल केही दिनअघि मात्रै प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए ।
khalbalinepal.com bata sabhar

Exchange Rate for 27 July, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
93.86
84.46
European euro
1
124.68
125.48
UK pound sterling
1
144.42
145.34
Swiss franc
1
101.00
101.64
Australian dollar
1
86.89
87.45
Canadian dollar
1
91.30
91.89
Singapore dollar
1
74.26
74.74
Japanese yen
10
9.49
9.56
Chinese renminbi (Yuan)
1
15.31
15.41
Saudi Arabian riyal
1
25.03
25.19
Qatari riyal
1
25.78
25.94
Thai baht
1
3.02
3.03
UAE Dirham
1
25.55
25.72
Malaysian ringgit
1
29.26
29.45
South Korean Won
100
8.45
8.50
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
14.51
Danish Krone
1
16.72
Hong Kong dollar
1
12.10

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ

बैतडीमा जन्मियो टाउको नै नभएको बच्चा !

मिलनप्रकाश, बैतडी
असार ११ - बुढापाकाले भने झैं बाँच्नु चाहिं पर्छ संसारमा अनेक देख्न र अनेक किसीमको घटना घटेको सुन्न पाईन्छ । प्रकृतिले मानिसलाई कहिलेकहीं यस्तरी धोका दिन्छ कि कहिले जन्मँदै आखाँ नभएको बच्चाको जन्म हुन्छ त कहिले जिब्रो नै नभएको बच्चा जन्मिन्छ । यस्तै अचम्मको घटना घटेको छ बैतडी जिल्ला अस्पतालमा ।

जिल्ला अस्पताल बैतडीमा टाउको नै नभएको वच्चा जन्मीएको छ । दार्चुला जिल्लाको तपोवन गाविस वडा नं.१ मार्माकी २० वर्षीय सुत्केरी महिला गीता विष्टले टाउको नै नभएको बच्चा जन्माएकी हुन् । टाउको नै नभएको बच्चा जन्मनुको कारणबारे बुझ्न खोज्दा जन्मजात विकृतिका कारण टाउको नभएको वच्चा जन्मिएको जिल्ला अस्पतालमा कार्यरत अनमी सकुन्तोला लुहारले वताउनुभयो ।

हेर्नुहोस अनि थाहा पाउनुहुनेछ आमाको आसिर्बाद कत्ति सम्म बलियो हुदो रहेछ (आमाको आशिर्वादले नै मलाई बचायो)

12 साउन- नेपाली गाउँ समाजका अधिकांश युवाहरु विदेशिएका छन् । गाउँ भित्रका प्रायः युवाहरु अशिक्षित भएकाले नेपालमा रोजगारी नपाएका कारण खाडी मुलुक भासिएका छन् भने बाँकी केही शिक्षित युवाहरु पनि यहाँ रोजगारी नपाउँदा अष्टेलिया, यूरोप, अमेरिका जस्ता विकशित मुलुकतिर पलायन भइरहेका छन् । जसका कारण नेपालमा जनशक्तिको अभाव भइरहेको छ । नेपालमा केहि गर्दा पनि परिवार धान्न गाह्रो भएपछि तिन वर्षअघि विदेश हानिएका थिए उनी । नेपालमा जसोगर्दा पनि हण्डर मात्र पाएपछि विदेश उनको बाध्यता नै बन्न पुग्यो । उनी विदेशिएपछि कस्तो अवस्थामा छु, के गर्दै छु, कसैलाई पनि जानकारी दिएनन् । भर्खरै खाडी मुलुक साउदी अरवबाट फर्किएका ती युवा सँग यो पंक्तिकारको भेट भयो ।
अत्याधिक मोटो शरीर, कता–कता देखेजस्तो लाग्ने । मुसुक्क हाँसेपछि पो थाहा भयो उनी त तिनै निराश भई विदेशिने युवा पो रहेछन् । विदेशमा नेपालीले दुःख पाएको कयौं घटनाहरु हामीले सुनेका थियौं । उनीसँगको छोटो बसाईमै विदेशमा नेपालीहरुले पाउने गरेको दुःख अनि पीडाको बारेमा धेरै जान्ने अवसर मिल्यो । तपाईहरुले पढिरहँदा यो पंक्तिकारले आफ्नै अनुभव सुनाइरहेको जस्तो पाउन सक्नु होला । तर, यो मेरो नभएर तिन वर्षअघि खाडी मुलुक साउदी पुगेका तिनै नेपाली युवकको वास्तविकता हो । के के मात्र गरिएन होला र यहाँ । भाग्यैले साथ नदिएर पो हो की कसै गरेपनि परिवार चलेन । परिवार कृषिमा आधारित रहेकाले कृषि पेशामै मैले पनि सपना देखिसकेको थिएँ । तर भाग्यले नै साथ नदिएपछि कसको के नै लाग्दो रहेछ र । परिवारको आवश्यकता पुरा गर्नु मेरो कर्तब्य पनि त हो । नेपालको कमाईले परिवार धान्न नसकेपछि बाध्य भएर म २०६७ माघ १५ गते राति साउदी अरबको लागि भनेर काठमाडौंबाट प्लेन चढें । जाने बेलामा आमाले रुँदै रुँदै आशिर्वाद स्वरुप हातमा ५० रुपैयाँ राखिदिनुभएको थियो । आमाको अनुहारतिर हेर्नै सकिन मैले, एक्कासी के भयो भयो म व्यक्तै गर्न सक्दिन । कान्छो भाइले आफ्नो शिरको टोपी झिकेर मलाई लगाईदियो । त्यसपछि त झनै भक्कानो छुट्यो । काठमाडौं पुगेर प्लेन चढें, केही घण्टा कतारमा राखेपछि हामीलाई साउदी पुयाइयो । साउदीमा पहिलो पाइला टेक्ने वित्तिकै मेरा दुःखका दिनहरु सुरु भए । प्लेनबाट ओर्लिएर यता उति हेरें, तर त्यहाँ मेरो लगेज नै थिएन । भाइले लगाइदिएको ढाकाको टोपिको भने साहै्र माया लाग्यो । केही गर्दा पनि नभेटिएपछि बाध्य भएर २२ दिनसम्म मैले एकसरो कपडामै ड्यूटी गरें । सुरुवातमै कठिनाई भएकोले गर्दा अगाडि बढ्ने हौसला सबै हरायो । अरु नेपाली कामदार भन्दा अरविक भाषामा म केही दक्ष भएको कारणले २२ दिनपछि मैले लगेज प्राप्त गर्न सफल भएँ । त्यसपछि एक वर्षसम्म लगातार दुःखका दिनहरु जारी रहे । काठमाडौंको सिनामंगलस्थित फिष्टेल मेनपावरबाट साउदीको अल साउदी कम्पनीको लागि मलाई ८ घण्टाको ९ सय रियल सेलेरी र ओभरटाइम दिने शर्तमा लगिएको थियो । त्यहाँ पुगेपछि मात्र थाहा भयो कि मलाई कुनै कम्पनीमा नभएर घर भित्रको कामदारको लागि लगिएको रहेछ । मलाई घरको काम गराइयो, मलाई फसाइयो । मैले एक साल सम्म लगातार घरमा काम गरें । एक वर्षपछि भाषामा केही दक्षता पाएपछि आफूले कमाएको सेलरी रिटर्न गर्ने सर्तमा त्यस घरलाई छोडेर म अर्कै कम्पनीमा काम गर्न पुगें । मेरो पासपोर्ट पुरानै साहूले राख्यो । महिनाको पाँच सय रियल तिर्ने शर्तमा म अर्को कम्पनीमा काम गर्न गएको थिएँ । मैले लगातार पाँच महिनासम्म पुरानो साहूलाई पाँच सय रियलको दरले पैसा तिरें । पाँच महिनासम्म अर्को कम्पनीमा काम गर्दा त्यहीँका स्थानीय अब्बु हनन नाम गरेका साउदीसँग मेरो घनिष्ठता बढ्यो । उनीसँग राम्रो सम्बन्ध कायम भएसँगै उनले मलाई छोरा जस्तै गर्न थाले ।
एउटा विदेशीसँग यति राम्रो सम्बन्ध बन्ला भनेर मैले कल्पना सम्म पनि गरेको थिइँन । उनले नै मलाई पहिलाको साहूलाई बेकारमा महिनाको पाँच सय किन तिर्छस् ? त्यो पाँच सयले तेरो बच्चालाई पढ्न मद्दत पुग्छ, घर परिवार चलाउन मद्दत पुग्छलगायतका सल्लाह दिए । उनको सल्लाह अनुसार नै मैले पुरानो साहूलाई मासिक पाँच सय रियल तिर्न छोडिदिएँ । मैले त्यो साहूसँग सम्पर्क हुने सम्पूर्ण बाटाहरु बन्द गरिदिएँ । फोन सम्पर्क नहोस् भनेर मैले उसको नम्बर समेत ब्लक गरें । दुई वर्षसम्म उसँग कुनै सम्पर्क भएन । मलाई अलिकति पनि दुःख हुने वित्तिकै अब्बु हनन्ले नै मद्दत गर्थे । म कुनै दिन विरामी भएर ड्यूटी जान सकिन भने गाडी लिएर आफैं आएर उनले मलाई ड्यटी लान्थे । अघिल्लो साहूसँग मैले पाएको सम्पूर्ण दुःखहरु उनले भुलाईदिए । नयाँ कम्पनीमा गएको मलाई तीन महिनासम्म परीक्षण कालमा राखिएको थियो । म त्यस परीक्षण कालमा उत्तीर्ण हुन सफल भएँ । मैले उनीहरुलाई खुसी पार्न सकेकाले मैले चित्त बुझ्दो पारिश्रमिक तथा सेवा सुविधा पाएँ । अब्बू हनन्को सल्लाहले मैले पाँच सय बुझाउन छोडेपछि म पूर्ण रुपमा गैरकानुनी भएँ । तर, त्यहाँका स्थानीयको साथ र सहयोग पाउँदा मैले एकदिन पनि इलिगल भएको महसुस गर्नु परेन । मलाई अब्बु हनन्ले अत्याधिक मद्दत गरे । उनले मलाई त्यहाँको श्रम मन्त्रालय लगेर पहिलाको साहूलाई झिकाई छलफल र बहस गरे । म किन उसँग टिक्न सकिन भन्ने विषयमा गम्भीर छलफल भयो । मैले उसँग काम गर्दा चार महिनामा एक महिनाको मात्र सेलरी पाउँथे । बाँकी तीन महिनाको उ आफैं राख्थ्यो । सेलरी माग्दा घर जाने बेलामा दिने भन्ने शर्तले मलाई अल्झाइरहेको थियो । त्यसकारण बाध्य भएर म निस्किएको थिएँ । त्यसपछि म नयाँ कम्पनीमा क्याटरिङको काम गर्न थालें । खाना बनाउने, सरसफाई गर्ने, जूठा भाडा उठाउने लगायत किचनको सम्पूर्ण काम मैले ह्याण्डल गर्नुपथ्र्यो । दैनिक नुहाउने, दाह्री काट्ने, ग्लोब्स लगाउने, कपाल काट्ने लगायतका काममा ध्यान दिनु पथ्र्यो । सुरुको साहूसँग काम गर्दा म तीन पटकसम्म गाडी दुर्घटना परें । उ बिल्डिङ लाइनमा काम गथ्र्यो । मैले पनि त्यही गर्नुपथ्र्यो । साथीहरु सबै भारतीय थिए । काम अत्याधिक गाह्रो थियो । पाइप फिटिङ्, पेन्टिङ्लगायतका काम गर्नु पथ्र्यो । त्यतिबेला मलाई अत्याधिक दुःख भयो । ड्यूटी सकेर फर्कदा एक्कसी ड्राइभर रिसाएका कारण गाडी दुर्घटना हुन पुग्यो । फलस्वरुप मैले मेरो मिल्ने साथी मेरै आँखा अगाडि गुमाउनु प¥यो । भाग्यले साथ दिएर होला म भने बाँच्न सफल भएँ । पुल माथिबाट टर्निङमा ओभर स्पीड हुँदा गाडी पल्टिदै पल्टिदै घर बनाउन राखेका ठूला ठूला बालुवाका ढिस्काहरुमा पस्यो र गाडी पुरियो । पाँच मिनेटपछि हामीलाई बालुवा खोतलेर निकालियो । म बाँच्न सफल भएकोमा भाग्यमानी रहेछु जस्तो अनुभव गरें । यसपछि मन थाम्नै गाह्रो भयो । मरिन्छ कि जस्तो मात्र हुने, बाबु आमाको यादले सताउने हुन थाल्यो । लगत्तै सात दिनपछि अर्को दुर्घटना भयो । गाडीमा साहू र म मात्र थियौं । साहूले गाडी चलाउँदै थियो । हामी चडेको कार एक्कासी टे«लर मुनि गएर पस्यो । यस क्रममा कारको छतको सम्पूर्ण भाग उड्यो । एयर व्यागको साहयताले म बाँच्न सफल भएँ । छातीमा एयर ब्याग आएर आफैं टाँसिने सुविधा त्यहाँको गाडीमा हुँदो रहेछ । त्यसकारण मलाई चोट लागेन । साहूले त विमा वापतको पैसा पायो, भोलिपल्टै नयाँ गाडी पायो तर मैले त के नै पाउथें र । म मरेको भए पनि उसलाई कुनै असर पर्दैनथ्यो । त्यसको एक महिना भित्रमा म फेरि अर्को दुर्घटनामा परें । चालक नयाँ थियो । झुक्किएर गलत बाटोमा गाडी घुसाएका कारण एक्कासी दुर्घटना हुन पुग्यो र मेरो खुट्टामा गहिरो चोट लाग्यो । एक महिनाभित्रै तिनवटा दुर्घटना भएका कारण म आत्तिएँ । घरमा फोन गरें । फोनमा आमा बोल्नुहुन्थ्यो, छोरोले बाबा मलाई के ल्याईदिने ? भन्थ्यो तर, मेरो बोली नै आउँदैन थियो, म रुन्थें मात्र । घाँटीमा गाँठो पथ्र्यो, म केही पनि भन्न सक्दिन थिएँ घरमा । म पैसा कमाउन होइन मृत्यु प्राप्त गर्न साउदी आएको रहेछु जस्तो लाग्यो । दुःख पाएको कुरा घरमा भन्न सक्दिन थिएँ म । मेरो कारणले घरमा चिन्ता नहोस जस्तो लाग्थ्यो । पुरानो साहूले मलाई पार्सपोर्ट नदिने भयो ।
पार्सपोर्ट लिनलाई मैले ८ हजार ५ सय रियल अर्थात नेपाली २ लाख १५ हजार जति बुझाउनु पर्ने भयो । मैले तिर्न नसकेका कारण पासपोर्ट छोडेर खालीहात नेपाल आएँ । धेरै पैसा कमाउनका लागी गएको म रित्तो हात घर फर्किदा मलाई जति पिडा अरु कसलाई पो हुन्थ्यो र । त्यसबेला आमाले आशिर्वाद स्वरुप दिनुभएको ५० रुपैयाँ अझै म सँँग छ । त्यही आशिर्वादले गर्दा नै म बाँच्न सफल भएको छु । अहिले म नयाँ पासपोर्ट बनाउँदै छु । पछिल्लो समय जुन कम्पनीमा मैले काम गरें म त्यही कम्पनीमा जाँदैछु । विदेश जानु हाम्रो रहर होइन । बाध्यता हो । नेपालमा जति कमाए पनि बँच्दैन । समयमा पढ्न नसकेकोले गर्दा हाम्रो विकल्प विदेश नै बनेको छ । तरपनि म विदेश जान्न भन्दिन र साथीहरुलाई विदेश जानु हुँदैन भनेर सल्लाह पनि दिन्न । विदेश जानुपर्छ । मैले विदेशमा पाएको दुःखले नै अगाडि बढ्ने प्रेरणा पाएँ । मानिसले जीवनमा कयौं कष्ट पार गर्नुपर्छ । त्यसकारण म फेरि पनि विदेश जाँदैछु । जीवनमा अनेकौं अप्ठ्यारा आउँछन् त्यसलाई पार गर्नु नै जीवनको सार्थकता हो भन्ने मैले पाठ सिकें । दुःख पर्दैमा आत्तिनु हुँदैन, धैर्य गरौं, सफलता अवश्य पाइन्छ |

म बेश्या होइन राजकुमारी हुँ,परफ्यूम किन्न ८ करोड खर्च गरे

साउदी अरब की उक तथाकथित राजकुमारीले प्रफ्र्युमा ८ करोड खर्च गरेको खुलासा भएको छ । उनी ग गर्ने बेलामा बिरामी हुन्छिन् तर उनले प्रफ्र्युम किनको लागी पछिल्लो दुई महिनामा १४ मिलियन डलर अर्थात ८ करोड खर्च गरेको बताएकी छन् । ्
दरअसल, सारा अल अमौदी नामकी यी महिलामा इथोपियाकी एक बेश्या भएको आरोप लगाएको छ । एजेन्सीले बताए अनुसार उनी राजकुमारी बनेर लंदनको सम्पति खान लागेकी छिन् । त्यसैले यि महिनालो पहिलो चोटी नै १४ मिलियन पाउड्स खर्च गरिदिएको खुलासा भएको छ ।
यस रहस्यमय राजकुमारीको विषय मुदा समेत परेको छ जुन सुनवाई हुन् बाँकी छ । उनलेआफु बेश्या नभएको विश्वास दिलाउन कोशिश गरिरहेकि छिन् उनी बारबार भन्ने गर्दछिन् कि म बेश्या होइन । उनको साथमा यति धेरै पैसा छ कि उनी हमेशा शपिग गर्ने गर्दछिन् । हाल उनको उमेर ३१ देखि ४५ बिचमा रहेको बताएकि छन् ।
यिनी सानले कारमा सवार गर्ने गर्दछिन् । उनको मुदा दर्ता गर्दा यस्तो लेखिएको छ । जसको कारको नम्बर प्लेट ज्च्ज् अर्थात हर राँयल हाइनेस लेखेको छ । उनले अदालतमा भनेकि छन् कि मैले शपिग गर्न डाक्टर संग जानु पर्दछ । किनकी म जहिले पनि शपिग गदा बिरामी हुन्छु त्यसैले म शपिग गर्न डाक्टरको साथ गएको थिए । पछिल्लो दूइ महिनामा मैले मात्र प्रफ्र्युम किनको लागी हो मैले १४ मिलियन डलर खर्च गरीदिए जुन तस्तविरमा पनि हेर्न सक्नु हुन्छ उनले भनिन् ।
उनी अदालतमा उपस्थित हुँदा उनले ५ इन्चको हिल र बुरका लगाएकी थिइन । न्याधिसले उनलाई भने कि तिमीले त आफ्नो हिजाब लगाउनु पर्ने हो तर खै त्यति बेला उनले आफ्नो अनुहार लुकाउने कोशिस गरीन ।

हेर्नुहोस त यो के लाज मर्दो ; सांसदले गुप्तांग समेत देखाएपछि सनसनी

आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र बनाए ।
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।

कस्तो अचम्म हेर्नुहोस त पानी परेपछी भ्यागुताले ओढ्यो छाता...(फोटोसहित)

भ्यागुता पानी र जमिन दुवैमा बस्न सक्ने जिव हो । प्राय पानीमा नै आफ्नो बढी समय बिताउने भ्यागुताले पानी पर्दा छाता ओढ्यो भन्दा धेरैलाई अचम् लाग्न सक्छ । तर, २७ वर्षीय फोटोग्राफर पेन्कडिक्स पाल्मेले भ्यागुताका यस्ता तस्विरहरू खिचेका छन्, जुन तस्विर हेर्दा तपाईलाई भ्यागुताले पनि छाता ओड्दो रहेछ, भ्यागुतालाई पनि पानीमा भिज्न मन पर्दो रेनछ भन्ने अड्कल काट्न सक्नुहुन्छ । तर, भ्यागुताले वास्तविक छाता भने ओढेको होइन् । भ्यागुताले ओडेको छाता पातको छाताको हो । स-साना भ्यागुताले हरियो पातको ओत लागेर पानीबाट बच्न खोजेको प्रष्ट हुन्छ । पानी परिरहेको बेला एउटा पातको मुनी बसेर सकेसम्म त्यो पातलाई आफ्नो अगाडिको खुट्टाले आफुलाई ओत लाग्न मिल्ने गरी मिलाएको तस्विरले त झन् अचम्मित तुल्याउँछ ।

हेरौ केही त्यस्ता तस्विरहरू...



नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा, छोरी खेलाउँदै, जहाज उडाउँदै

काठमाण्डौं, साउन ११ । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् । छोरी अनधिकृत व्यक्ति लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् ।
निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो ।
स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो ।royalnepal airlineसुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’ घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ ।
उडान अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए ।
उक्त जहाजमा यात्रुमात्र भएको भए घटना सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो ।
एक अनधिकृत व्यक्ति जहाजको ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

४३ बर्षीय महिलालाइ भर्जिन ब्वाइफ्रेन्ड चाहियो !

श्रावण ११, प्रेममा उमेरको कुनै बन्धन हुँदैन । यहि कुरा एक ४३ बर्षीय महिला ज्याकीले सावित गरेकी छन ।

हजुर, भन्नमा ज्याकी ४३ बर्षकी छिन, तर उनलाइ आफु भन्दा आधी उमेर अर्थात टिनेजर्स ब्वाइका साथमा सेक्स गर्न मन पर्दछ ।
यति मात्र हैन, ज्याकीलाइ भर्जिन ब्वाइजका साथमा सेक्स गर्न मन लाग्दछ । अहिले सम्म उनले कयौं युवाहरूका साथमा सेक्स गरिसकेकी छन ।
अचम्म त, यी ज्याकिको परिवार पनि छ । उनको बिबाह १८ बर्षको उमेरमा भएको थियो । अहिले उनका दुइवटा बच्चाहरू समेत छन । तर बिबाहको करिब १३ बर्ष पछि उनी आफ्नो सेक्स लाइफबाट बोर हुन थालिन । उनले आफ्ना पतिसंग समझौता गर्दै छुट्टै बस्ने निर्णय गरिन ।
द सन को समाचार अनुसार, बिबाहको केही बर्ष पछि पनि सेक्स लाइफबाट सन्तुष्ट नभएका कारण ज्याकी युवाहरूतिर आकर्षित हुन थालेकी हुन ।
ज्याकीका साथमा एउटा समस्या यो पनि छ कि ४३ बर्षको उमेर भएर पनि उनी आफुलाइ २० बर्षको उमेर जस्तो महसुस गर्दछिन । उनको यहि समस्याका कारण उनलाइ युवाहरू प्रति धेरै आकर्षण बढेको हो ।
तपाइँलाइ सुन्दा अचम्म लाग्ला कि ज्याकिका अहिले सम्मका सबैभन्दा कम उमेरका ब्वाइफ्रेन्ड भनेको उनको ठुलो छोरा भन्दा पनि तीन बर्षले कान्छा छन ।
अर्को अचम्मको कुरा के भने ज्याकीका छोराछोरीलाइ आफ्नी आमाको यो लभ अफेयर्सबाट कुनै समस्या छैन । ज्याकी पनि यो कुरालाइ निकै ध्यान दिन्छिन कि उनी आफ्ना कुनैपनि ब्वाइफ्रेन्डलाइ घरमा ल्याउँदिनन, उनी उनीहरूलाइ लिएर होटलमा जाने गर्दछिन ।

बाबुराम-कमल थापाको फेसबुक युद्ध

काठमाडौं, श्रावण ११ - पूर्वराजा ज्ञानेन्द्रलाई 'आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे' भन्ने एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्ति अझै सेलाएको छैन ।

भट्टराईको अभिव्यक्तिलाई काउन्टर दिंदै उनकै सहपाठीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो प्रकरण झन् चर्चामा छ । सामाजिक सञ्जालमा भट्टराईको अभिव्यक्तिलाई खोइरो खनिएको छ ।
आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण राखे । (के भने बाबुरामले हेर्न यहाँ क्लिक गर्नुहोस्) लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरेका छन् (के भने थापाले हेर्न यहाँ क्लिक गर्नुहोस्) ।
भट्टराईले मुलुकलाई रक्तपातबाट बचाउन तत्कालिन राजा ज्ञानेन्द्रले 'त्याग' गर्न तयार भएर आफूले राष्ट्रपति स्वीकार्न सकिन्छ भनेको उल्लेख गरे । 'देशलाई रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिकोरुपमा स्वीकार्न पनि सकिन्न भन्ने थियो,' भट्टराईको फेसबुक स्टाटसमा लेखिएको छ ।
भट्टराईले नेपालमा गणतन्त्र उदय भइसकेको मान्यता राख्ने आफूहले बेबी किङ वा सांस्कृतिक वा अन्य कुनै विशेषणयुद्ध राजतन्त्रलाई सपनामा पनि मान्न नसकिने बताएका छन् ।
राजतन्त्रको वकालतमा अनवरत राजनीति गर्दै आएका थापाले भने भट्टराईले राजतन्त्र स्वीकार्नेबारे दिएको अभिव्यक्तिको साक्षी प्रकाशचन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधार, कृष्णबहादुर महरा रहेको बताएका छन् ।

आफ्नै भतिजीलाई गर्भवती बनाई शिशु जन्मार फाल्ने काका–भतिजी पक्राउ

११ साउन, आफ्नै भतिजीलाई गर्भवती बनाई उनीबाट जन्मिएको नवजात शिशुलाई खोलामा फाल्ने काकालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शिशु जन्माउने उनकी भतिजीलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुडा गाविस ९ का सुरज विष्ट तथा उनकी भतिजी तुलसी विष्टलाई पक्राउ गरेको हो।
उनीहरुले अवैध शिशु जन्माई बुधवार गाउँ नजिकैको खोलामा फालेको प्रहरीले जनाएको छ। सुडा–९ स्थित खोलामा प्रहरीले बेवारिसे नवजात शिशु भेटाएको थियो। प्रहरीले बेवारिसे शिशु महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।
अनुसन्धानका क्रममा सुरज र उनकी भतिजी तुलसीले शिशु जन्माएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिर्ख बहादुर रावलले बताए। ‘युवतीले डरले शिशु खोलामा फालेको बयान दिएकी छन्, डिएसपी रावलले भने। थप छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
अञ्चल अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा स्याहारका लागि राखिएकी नवजात शिशु (छोरी) लाई त्यही कार्यरत कर्मचारी पुष्पा महत्तराले आफ्नो् जिम्मामा लिएकी छन्। प्रहरीका अनुसार पुष्पाले जिल्ला प्रशासन कार्यालयमा शिशु हुर्काउन पाउँ भनि निवेदन दिएकी छन्।
khalbalinepal bata savar

बन्यो यौनसाथी साइकल, गुडाउँदा सम्भोगको यौन आनन्द पाइने

साइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन संसार भरिमै हेँपिएको सवारी साधन हो । यसलाई मोटरसाइकल, कार तथा अन्य सवारी साधनले थिँचेकै छन् । तर आफ्नो यो थिँचिएको छविलाई दमदार रुपमा माथि उठाउने क्रममा साइकलले ठूलै छलाङ मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान गर्ने साइकल बनाएपछि साइकल अब केवल सवारी साधन मात्र नभई यौन साथी पनि बन्ने भएको हो । सेक्स ट्वाय निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको निर्माण गरेको हो ।

यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।

बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।

साइकल चलाउने मान्छे सिटमा बसेर साइकल गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना अनुसार घटबढ गर्न सकिन्छ ।

यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ । यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।

चुरेभावरका नेता निरौलामाथि वैद्य माओवादीको आक्रमण

११ साउन, काठमाडौं । चुरेभावर पार्टीका नेता भूमि निरौलालाई मोहन वैद्य नेतृत्वको नेकपा माओवादकिा कार्यकर्ताले शुक्रबार बिहान कब्जामा लिएर कालोमोसो दलेका छन् । तीनकुनेस्थित कान्तिपुर दैनिकको कार्यालय अगाडि मोडरसाइकलमा हिँडिरहेका निरौलालाई वैद्य समर्थित जनस्वयंसेवक दस्ताले कब्जामा लिई मोसो दल्नुका साथै कुटपिट गरेर छाडेको हो ।

हेल्मेट र मास्कसमेत लगाएर मोटरसाइकलमा हिँडिरहेका निरौलालाई माओवादी कार्यकर्ताले तीनकुनेमा विहान पौने १० बजे रोक्न खोज्दा उनी भाग्ने प्रयास गरेका थिए । तर, उनलाई कठालोमा समातेर हिल्मेट झिकेर मोसो दलिएको थियो । यसक्रममा निरौलाले प्रतिकार गर्ने प्रयास गरे पनि सकेनन् ।bhumi

मोसो दलेपछि माओवादी कार्यकर्ताले निरौलामाथि राजनीतिको आडमा भूमि माफिया बनेर धेरैलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको र महिलामाथि अन्याय गरेको आरोप लगाएका छन् । निरौलालाई सामाजिक कारवाही गरिएको दस्ताको दाबी छ । जनस्वयंसेवक दस्ताले घटनाको जिम्मेवारी लिएको छ ।

आक्रमणपछि वैद्य माओवादीका कार्यकर्ताले निरौलामाथि कारवाही गर्नुको कारण भन्दै यस्तो सामाजिक सञ्जालमा यस्तो प्रचार गरेका छन् ।

कोरियन भाषा सिक्दैमा रोजगारी पाइँदैन : सरकार

११ साउन, काठमाडौं । कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति तोकेको छ । आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।

s korea

‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ,’भाषा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’

कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।

यस्तो छ कोरियन भाषाको परीक्षा तालिका

कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । काठमाडौं उपत्यकाभित्र सानो गौचरण ज्ञानेश्वर, सिद्धार्थ वनस्थली, ल्याबरोटरी स्कुल कीर्तिपुरमा फाराम बुझाउन सकिनेछ । त्यस्तै, उपत्यकाबाहिर धरान सभागृह र बुटवल प्रदर्शनी मण्डपमा पनि फाराम संकलन केन्द्र रहनेछन् ।

अरुको आवेदन बुझाउन नपाइने

अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर -करिब २ हजार ३ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।

नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी (एमओयू) अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।

८ हजार भन्दा बढी उत्तीर्ण हुने अनुमान

करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।

भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् । त्यसैगरी इपीएसमा नेपाल सरकारबाहेक कुनै पनि निजी संघसंस्थाले मान्यता पाउने छैनन् ।

महिलाले दुःख नगर्नु जाती

कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ ।’- शुक्रबार जारी इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ ।

बाहुनले हलो जोतेको भन्दै छोरी दिएनन्

११ साउन, काठमाडौं । हिजोआज बाहुनले मात्र होइन, अरु जाति र समुदायका मान्छेले पनि हलो जोतेको बिरलै देख्न पाइन्छ । गोरु पाल्ने चलन कम हुँदै गएपछि हलोको सट्टा ट्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाइने गाउँमा भने अझै पनि हलो जोतिन्छ ।

2

केही वर्षअघिसम्म धेरै बाहुनले गोरु मात्रै पाल्थे । हलो जोत्दैनथिए । हलो जोत्न अरु समुदायका मान्छेलाई बोलाउने चलन थियो । हलो जोत्दा जात जान्छ भनेर बाहुनहरु झस्किन्थे । बाहुनले हलो जोत्न हुँदैन भनेर अन्धविश्वास मौलाएको बेला आजभन्दा ६४ वर्षअघि लमजुङका केही बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा हलो जोत्दा त्यसले देशैभर तरंग फैलाएको थियो ।

बाहुनवाद र हलीप्रथाको अन्त्य गर्न भन्दै पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफि्टनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका २७ जना बाहुनले देशमै पहिलोपटक हलो जोतेका थिए । राणा शासनको बिरोधमा हलो जोतेको भन्दै उनीहरुलाई त्यतिबेला सरकारले समातेर जेलमा समेत हालेको थियो । हलो जोत्न हुँदैन भन्ने अरु बाहुनहरुले समेत हलो जोत्नेको खेदो खने । ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे’ भनेर गाउँलेले गीत समेत बनाए ।

बल्लबल्ल बिहे भयो

२००६ सालमा लमजुङमा हलो जोत्ने अभियानका अगुवामध्ये विष्णुप्रसाद अधिकारी मात्र अहिले जीवित हुनुहुन्छ । शुक्रबार लमजुङको दुराडाँडामा भएको हलोक्रान्ति दिवसमा उपस्थित ९५ वषिर्य अधिकारीले टेलिफोनमा अनलाइनखबरसित भन्नुभयो-’त्यतिबेला हलो जोतेर हामीले ठीक गरेका थियौं, तर सास्ती निकै खेप्नुपर्यो । हलो जोतेको भनेर सबैले हेपे । विवाह गर्न समेत गाह्रो भयो । त्यतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । तर मेरो ३० वर्षमा मात्रै भयो । भोटेओढारमा एकजना हलो जोत्ने नै बाहुनले ५ वर्षकी छोरी दिइन् । उनले पनि हलो नजोतेको भए मेरो विवाह हुन गाह्रो हुन्थ्यो ।’ आफूले हलो जोतेपछि हली पाइएन भन्न नपरेको, भनेको समयमा खेती लगाउन पाएको र देशैभर हलो क्रान्ति शुरु भएको उहाँले सुनाउनुभयो । २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा समेत बाहुनहरुले हलो जोतेका थिए ।

त्यतिबेला धादिङमा हलो जोत्ने प्रगतिशील कवि केवलपुरे किसानले भन्नुहुन्थ्यो-’हलो जोत्नेलाई समाजले बहिष्कार गरे । माइत आएकी छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । उमेर पुगेका युवायुवतीको विवाह समेत रोकियो । हलो जोत्नेलाई सबैले छिःछि र दूरदूर गरे ।’

लमजुङबाट शुरु भएको हलो जोत्ने अभियानका सबै अगुवाहरुले यस्तै नियति भोग्नुपर्यो । तर यो विभेद धेरै वर्ष टिकेन । विस्तारै बाहुनले हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिलाई सबैले प्रशंसा गरे । अहिले पनि साउन ११ लाई हलोक्रान्ति दिवस भनेर सम्झने चलन छ ।

सेक्स भिडियो हेरे पछि दुई गिलास पानी पिउँछु, सबै ठण्डा हुन्छ - महिमा सिलवाल, नायिका

सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ?
- त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मलाई राम्रोसँग थाहा छ। त्यसैले रूपसँगै अभिनय क्षमता पनि भएकोले अहिलेसम्म मैले काम खोज्नुपरेको छैन, कामले मलाई खोज्दै आएको छ। दुई वर्षको बीचमा आठवटा सिनेमा खेलेबाट पनि यो कुरा पुष्टि हुन्छ।
आठवटा सिनेमा खेले भन्नुभयो तर दर्शकको दिमागमा अझ ‘मार्क’ हुनुभएको छैन। धेरैलाई ‘महिमा सिलवाल पनि हिराइन हो’ भन्ने कुरा नै थाहा छैन। यस्तो भएपछि सिनेमामात्र धेरै भएर के माने भयो र ?
- कुरा सही हो। म अझ मार्क भइसकेकी छैन। यसको कारण चाहिँ, अहिलेसम्म मेरो ‘कारबाही’ भन्ने सिनेमा मात्र रिलिज भएको छ। सातवटा प्रदर्शनको पर्खाइमा छन्। ती सिनेमा रिलिज भएपछि दर्शकको माया पाउँछु भन्नेमा ढुक्क छु।

तपाईं अभिनीत एउटामात्र सिनेमा रिलिज भयो, त्यो पनि हिट भएन। खासै चर्चामा पनि हुनुहुन्न तर पनि भटाभट सिनेमा पाइरहनु भएको छ। तपाईंमा के देखेर निर्देशक र निर्माताले पत्याइरहेका छन् ?
- मेरो कन्फ्डिेन्स र ट्यालेन्टले नै उहाँहरूले मलाई ट्रस्ट गरिरहनुभएको छ जस्तो लाग्छ।
तर तपाईंकै समकक्षी हिरोइनहरू ‘महिमा निर्देशक / निर्माता रिझाउन खप्पिस भएकीले सिनेमा पाइरहेकी छ’ भन्छन् नि ?
- यस्तो वाइयात कुरा त आफू सिनेमा नपाएर पेन्डुलम भएकाहरूले गर्छन्। जसलाई आफ्नो क्षमतामाथि विश्वास छैन, त्यसले नै अर्काको कुरा काट्दै हिँड्छन्। हेर्नुस्, झन् यो सिनेमा क्षेत्रमा त खुट्टा तान्नेहरूको निकै ठूलो जमात हुँदोरहेछ, विस्तारै बुझ्दैछु। अलिकति प्रगति गर्‍यो कि देखी सहँदैनन्। ब्याक ब्याइटिङ गरेर बेइज्जत गर्न खोज्दा रहेछन्। कहिलेकाहीँ त दिक्कै लाग्छ तर पनि के गर्नु ? मलाई मेरो लक्ष्य चुम्नु छ, त्यसैले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेकी छु।

तपाईंमाथिको अर्को आरोपचाहिँ तपाईं ‘मुर्गा’ फसाउन माहिर हुनुहुन्छ रे हो ?
- भन्नाले ? तपाईंले के भन्न खोज्नुभएको हो, मैले स्पष्टसँग बुझिन्।

गाँठवाला केटा पट्टयाउन क्या ?
- (हाँस्दै) तपाईंलाई कस्ले भन्यो ? केटा पट्टयाउन माहिर भइदिएको भए अहिलेसम्म सिंगल हुन्थे र? तपाईंलाई किन ढाँट्नु, अहिलेसम्म ब्बाईफ्रेन्ड पनि बनाएकी छैन।

तर एनआरएन नायक धीरेन्द्रराज थापा र तपाईंबीचको सम्बन्धले धेरै चर्चा पाइरहेको छ ?
- यो अर्को वाइयात कुरा हो यो। म कसैसँग कुनै स्वार्थ राखेर सम्बन्ध राख्दिन्। हो, धीरेन्द्र र म नजिक थियौं। यसको मतलव यो होइन कि हाम्रो लभ परेको थियो। हामी सिर्फ मिल्ने साथी मात्र थियौं। ‘अप्रिल फुल’ भन्ने फिल्मको सुटिङमा हाम्रो पहिलो पटक भेट भएको थियो। त्यहाँबाट विस्तारै नजिक भइयो। पछि उहाँसँगै ‘एक से एक’ भन्ने फिल्ममा आइटम डान्स पनि गरेँ। त्यही भएर मान्छेहरूले हाम्रो सम्बन्धलाई लिएर कुरा काट्न थाले। हल्ला पूर्णरूपमा असत्य भए पनि यसले मेरो करिअरमा असर पार्छ जस्तो लाग्यो। त्यही भएर अहिले हाम्रो सम्बन्ध हाइ हेल्लोमा मात्र सीमित छ। भेटघाट असाध्यै पातलिएको छ।

भेटघाट पातलिएको भन्नुभयो तर बिहेको लागि तपाईंले धीरेन्द्रराज थापालाई निकै अनुनयविनय गरिरहनु भएको छ भन्ने सुनिन्छ नि ?
- नो! बिहे गर्न त पहिले लभ हुनुपर्‍यो नि? जब लभसब केही छैन, तब कहाँबाट बिहेको कुरा आउँछ ? त्यसमाथि म अझ छ -सात वर्ष पूर्णरूपमा करिअरमा मात्र कन्सन्ट्रेट हुन चाहन्छु। त्यसैले बिहे गर्ने न योजना छ, न चाह। फेरि धीरेन्द्रको श्रीमती हुनुहुन्छ भन्ने थाहा हुँदा हुँदै किन उहाँकै पछाडि लाग्थे र ?

प्रसंग बदलौं, ऐना अगाडि बस्दा आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
- खै किन हो, मलाई त आफू निकै राम्री छु जस्तो लाग्छ। शरीरका सबै अंग निकै आकर्षक लाग्छन्।

सबैभन्दा बढी कुन अंग राम्रो लाग्छ त ?
- ओठ र आँखा। अरूले पनि ‘महिमा तिम्रो ओठ र आँखा निकै सेक्सी छ’ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।

यस्ती ओठ र आँखा सेक्सी भएकी ठिटीलाई मन पराउनेको लिस्ट त लामै होला नि ?
-(हाँस्दै) छ होला। तर अहिलेसम्म वान वे मात्र हो, टु वे हुन सकेको छैन। मेरो दिल जित्ने भेट्टाउन सकेकी छैन।

लौ भनिदिनुस् न त, कस्तो ठिटोले तपाईंको दिल जित्न सक्छ ?
- म आफूलाई भन्दा मेरो प्रोफेसनलाई माया गर्छु। त्यसैले मेरो प्रोफेसनलाई बुझ्नेमात्र होइन्, सम्मान गर्ने हुनुपर्छ। सँगै इजुकेटेड र पर्सनालिटी पनि राम्रो भयो मेरो मेरो मन जित्न गाह्रो छैन।

मन जित्ने नभए पनि शरीर जित्ने त पक्कै भेट्टाउनुभयो होला ?
- जब मन नै जितेको छैन, शरीर जित्ने कुरै हुँदैन। पहिले मन, त्यसपछि मात्र शरीर। यसमा नो कम्प्रोमाइज।

भनेपछि विवाह अगाडि नो सेक्स ?
- त्यस्तो पनि होइन, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन। विवाह अगाडि गर्न पनि कुनै आपत्ति छैन, तर मन चाहिँ मिल्नुपर्‍यो।

तर कहिलेकाहीँ शरीरले पनि त मनलाई मिलाउन सक्छ नि ?
- मलाई त्यस्तो लाग्दैन। मेरो विचारमा मनले शरीरलाई लिड गर्छ, शरीरले मनलाई होइन।

तैपनि यो उमेरमा पक्का पनि शरीरले ‘केही’ खोजिरहेको हुन्छ। बुझ्नेहरू यो ‘नेचुरल’ कुरा हो भन्छन्। कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?
- हो, यो उमेरमा सेक्सको अभाव महसुस हुनु नेचुरल कुरा हो । हुन्छ पनि तर सबै आवश्यकता कहाँ भन्नासाथ पूरा हुन्छ र ? कति कुराहरू पछिको लागि साँचेर राख्नुको मज्जा छुट्टै हुन्छ । अहिले त यसो सेक्स भिडियोहरू हेरेरै चित्त बुझाउँछु।

तर त्यस्ता भिडियो हेर्दा त झन् धेरै सेक्स डिजायर उत्पन्न हुन्छ, हैन र ?
- हो, त्यस्ता भिडियो हेर्दा काउकुती लाग्छ। कस्तो कस्तो फिल हुन्छ। तैपनि आफूलाई कन्ट्रोल गर्नुको विकल्प हुदैन।

कसरी ‘कन्ट्रोल’ गर्नुहुन्छ ?
- (हाँस्दै) दुई गिलास पानी पिउँछु। सबै ठण्डा हुन्छ।
- प्रस्तुति: गोकर्ण गौतम

चिनियाँ सैनिकले मागे भारतीय सैनिकसँग खाना…

११ साउन, एजेन्सी । चिनियाँ सैनिक पुनः एकपटक भारतीय सिमाबाट भित्र छिरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । जुलाई २० मा भारत र चीनको सिमानाको चुमारबाट चिनियाँ सेना भित्र छिरेको बताइएको छ ।
चिनियाँ भारतभुमिभित्र ५ किलोमिटर भित्र छिरेका थिए । चिनियाँ सैनिकहरूले आफूलाई पिएलएको हेडक्वाटरले पठाएको भन्दै फोटो खिच्न आएको बताएका थिए । तर, भारतीय सैनिक कडा रूपमा प्रस्तुत भएपछि चिनियाँ सैनिकहरूले आफूहरूको खानेकुरा सकिएको भन्दै भन्दै भोजन मागेको भारतको सरकारी समाचार संस्था पिटिआईले लेखेको छ । china_india_boarder
उक्त समयमा भारतीय सेनासँग खाना नभएकाले जुस खुवाएर चिनियाँ सेनालाई सिमाना कटाइएको स्रोतलाई हवाला दिँदै पिटिआईले लेखेको छ । लेहबाट करिब ३०० किलोमिटर पर रहेको चुमार क्षेत्रलाई चिनियाँ सैनिकले आफ्नो भएको बताएका थिए । चिनियाँ सैनिकहरू टिबल क्षेत्रमा फोटो खिच्न चाहन्थे जो भारतसँगको सिमाबाट ५ किलोमिटर भित्र पर्ने जनाइएको छ ।

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो । भाषा परीक्षा असोजमा हुने

काठमाडौं, साउन ११ - तपाई रोजगारीका लागि कोरिया जान चाहनुहुन्छ ? चाहनुहुन्छ भने त्यसका लागि भाषा परीक्षाको आवेदन खुलेको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार आउँदो भाषा परीक्षाका लागि भदौको ५ गतेदेखि ८ गतेसम्म आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम वितरण र दर्ताका लागि काठमाडौमा सानो गौचरन खेलमैदान, ज्ञानेश्वर र सिदार्थ वनस्थली इन्ष्टिच्युट, किर्तिपुरको ल्याबरोटरी माध्यमिक विद्यालय तोकिएको छ ।
परीक्षास्थल र परीक्षा समय भने फेरि अर्को सूचना निकालेर जानकारी गराइने बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले जनाएको छ । काठमाडौ बाहिर भने धरान र बुटवलबाट आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम दर्ता स्थलमा निशुल्क पाइन्छ भने परीक्षा शुल्क २४ अमेरिकी डलर फारम बुझाउने बेलामा बुझाउनु पर्ने छ ।
१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले परीक्षाका लागि आवेदन गर्न सक्नेछन् । बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले यसपटक सञ्चालन हुने भाषा परीक्षामा ८ हजार २ सय जना उतीर्ण हुने अनुमान गरेको छ ।

जसमध्ये ४ हजार ६ सय जना उत्पादनमुलक क्षेत्र
मा र ३ हजार ६ सय जना कृषि र पशुपालन क्षेत्रतर्फ उतीर्ण हुने अनुमान छ ।तर इपिएस कोरिया

Thursday, July 25, 2013

युवतीका तिघ्रा पनि भाडामा ! (फोटो फिचर सहित)

श्रावण , के तपाइ आफ्नो बिज्ञापनलाइ टाढा टाढाको क्षेत्रमा पनि पुर्याउन चाहनुहुन्छ । यदि चाहनु हुन्छ भने यसको पनि समाधान निस्किएको छ ।
जापानमा अहिले यो तरिका निकै लोकपृय भैरहेको छ । यहाँका सुन्दर युवतीहरू आफ्नो तिघ्रामा विज्ञापनको लागी ठाउँ छुट्याउन थालेका छन । जुन चलन यहाँ बिस्तारै बढिरहेको छ ।
timthumb
लन्चबक्स प्लस का अनुसार, जापानको एक विज्ञापन कम्पनीले विभिन्न ब्रान्ड्सको पब्लिसिटीका लागी एक भिन्न प्रकारको तरिका खोजी गरेको छ । यो कम्पनीले सुन्दर युवतीहरूको तिघ्रालाइ विज्ञापनको स्पेसका रूपमा प्रयोग गर्न थालेको छ ।
जापानको पीआर कम्पनी एब्सोल्यूट टेरीटरी पीआर ले युवतीहरूको तिघ्रामा कम्पनीहरूको ट्याटु लगाएर प‌िब्‍ल्‍सिटी गर्ने नयाँ तरिका फेला पारेको छ । बास्तबमा जापानमा महिलाहरूको तिघ्राको भाग पुरूषहरूको तुलनामा निकै पपुलर रहेको छ ।
यस कम्पनीले आफ्नो एक फेसबुक पेज पनि बनाएको छ । जहाँ यस प्रकारको काम गर्नका लागी १३०० भन्दा बढि युवतीहरूले आवेदन पनि दिएका छन ।
यसका लागी युवतीहरूले आफ्नो तिघ्राको रजिस्ट्रेशन गराउनु पर्दछ । त्यसका आधारमा युवतीहरूको छनोट गरिन्छ । त्यसपछि उनीहरूको तिघ्रामा ट्याटु टाँसिन्छ ।
विज्ञापन गर्ने छैन त गज्जबको तरिका ?


क्यान्सरबाट बच्न यी खानेकुरा अवश्य खानुहोस्

क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो । शरीरका कोषहरुको अनियन्त्रित वृद्धि भयो भने क्यान्सर हुन्छ । क्यान्सरको एकिन उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि यसको आंशिक उपचारमा विभिन्न विधिहरु अपनाउने गरिएको छ । त्यसैले क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु आवश्यक हुन्छ । आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान दिने हो भने क्यान्सरको खतराबाट केही हदसम्म जोगिन सकिन्छ ।
हरियो सागपातको नियमित सेवनले पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ । फूल गोभी, ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट सरीरमा घातक क्यान्सरसँग लड्ने क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले यो कुराको पुष्टि गरिसकेका छन् । हरियो सागपात तथा तरकारीहरुमा पाइने विभिन्न लवण, फाइबर तथा भिटामिन लगायतका केही त्यस्ता फाइटोकेमिकल्स सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोगी हुन्छन् । हरियो सागपातमा पाइने सल्फोफेन नामक तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण कम गर्ने र क्यान्सर प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने विज्ञहरु बताउँछन् ।
images-2
विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए मिथाइलेसन नामक रासायनिक प्रतिक्रियाको माध्यमबाट जिनका केही भागमा प्रभाव स्थापित गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम गर्छ । त्यसकारण हरियो सागपातको नियमित तथा यथेष्ट सेवन क्यान्सर लगायतका विभिन्न खाले रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ ।
हरियो सागपात तथा रेशादार खानेकुराको नियमित भोजनले स्तन क्यान्सर, रक्त क्यान्सर जस्ता खतरनाक क्यान्सरको खतरा पनि कम गर्छ । थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै पकाइयो भने त्यसमा भएको भिटामिन सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन् ।
केवल हरियो सागपात मात्र होइन केही रेशादार खाद्यपदार्थहरु पनि क्यान्सर प्रतिरोधी गुणले युक्त हुन्छन् । अदुवाले रगतमा सुगरको मात्रा घटाउँछ, लसुनलेे रगतमा चिल्लोको मात्रा घटाउँछ भने बेसारले सुजन नियन्त्रण गर्न सघाउ पुराउँछ । यावत् पदार्थहरु हाम्रो दैनिक भोजनमा यथेष्ट मात्रामा समावेश गर्ने हो भने क्यान्सर जस्ता असाध्य रोगका साथै अरु विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम पनि कम हुने कुरा क्लिनिकल एपिजेनेटिक्स जर्नलमा छापिएको छ ।

दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय भिडियो खबर

काठमाडौं, १० साउन । वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनिष खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामा काम गर्ने नेपाली र पाकिस्तानीबीच भएको झडपमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले गत शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा रहेका छन् ।
राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढ वर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन् । उनी पाकिस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए । तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो ।
हेर्नुहोस भिडियो खबर

तिनाउले बगाउँदा दुई किशोरी बेपत्ता

रुपन्देहीको मोतिपुरका निवासी ती किशोरी गए राती डाइभरटोलबाट घरजानेक्रममा डिङगरकुवास्थित तिनाउ खोलाले बगाएर उनिहरु बेपत्ता भएको ईलाका प्रहरी कार्यलय बुटवलले बताएको छ ।

बेपत्ता हुनेहरुमा रुपन्देहीको मोतिपुरका १८ बर्षकी दीपा पुन र १७ बर्षकी गीता पौडेल छन् ।

उनीहरु बेपत्ता भएको खबर सुन्ने वित्तिकै प्रहरीले राति अवेरसम्म उद्दारको प्रयास गरेपछि फेला नपरेका कारण उद्दार कार्य आज बिहानैदेखि सुरु जारी रहेको प्रहरीले बताएको छ ।
hello khabar bata shavar

बिरालोसँग सेक्सगर्दा ५ हजार डलर हर्जाना

नेपालीमा उखानै छ बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ । अमेरिकाको ओक्लोहामा राज्यकी २३ बर्षीया युवति यस्तै मनको बाघले खाँदा ५ हजार डलर जरिवानामा परेकी छिन् । कारण हो बिरालोसँगको सेक्स ।

क्रिस्‍टीना मिशेल ब्राउन नामकी ति २३ बर्षीय युवति सँगै झ्याल जोडिएको घरको महिलाको कोठामा चक्कु लिएर पसिन् । क्रिस्टीनालाई लागेको थियो कि उसले लुकिछिपि घरमा पालेको बिरोलोसँग यौन सम्पर्क गर्ने गरेको सँधै घरमा रहने गरेकी ७२ बर्षीया बृद्धा एल्‍मर मॉरिसन ले देखेकि छिन । अनि क्रिस्टीनालाई लागेछ कि उनै बृद्धाले छिमेकीहरुलाई यसबारेमा सबै कुरा भनिन् ।

त्यहि भएर झण्डै हप्तादिनदेखी घरमा गपुचुप बस्दै आएकी क्रिस्टीनाले मॉरिसनलाई ज्यान लिने धम्की दिएर बिरालोसँगको सम्वन्धबारे कसैलाई केही नभन्न चक्कुलिएर गएकी थिइन । न्‍यूयोर्क डेली न्‍यूज़का अनुसार युवतीले एकदिन बिरालोसँग सेक्स गर्दा झ्याल खुल्लै राखेकी थिइन् र त्यो समयमा ति बृद्धाले देखेकी थिइन, अनि तिनै बृद्धाले सबैलाई भनेकी थिइन । त्यही भएर मार्ने धम्की दिन गएकी क्रिस्टीना आफैं बढी जान्ने हुँदा ठुलो जरिवानामा त परिन् नै आफ्नो कर्तुत समेत आफैंले खोलिन् ।

आफ्नो कोठामा कोही आएको थाहा पाएपछि महिलाले चिच्याएर छिमेकी गुहारेकी थिइन । छिमेकीहरु आएपछि युवति बाहिर निक्लिइन हातमा धारीले चक्कु समेत लिएर । तव युवतिले महिलालाई धम्की दिंदै भनिन् कि तैंले नै हैन मैले बिरालोसँग सेक्स गरेको देखेर सबैलाई भन्दै हिंडेको, अब तलाई नमारि छाड्दिन । यति भनिनसक्दै पुलिसले खवर पाएर आइसकेको थियो । तत्काल प्रहरीले युवतिलाई पक्राउ गर्यो ।

अनि पो कारण पत्ता लाग्यो सँधै घरमा पालेको बिरालोसँग सेक्स गर्दै आएकी युवतिले एकदिन बिरालोसँग सेक्स गर्दैगर्दा झ्याल लगाउन बिर्सिछन् । त्यहिसमयमा छिमेकी महिला त्यहि झ्याल हुँदै गइछन् । लागेछ ति युवतिलाई ति महिलाले देखिन् । अनि छिमेकीहरुले ति युवतिसँग फरक ब्यवहार गर्न थालेको ठान्दै युवतिले सोचिन् कि तिनै बृद्धाले सबैकुरा भनेकी हुन ।

तर पछि पो थाहा भयो ति बृद्धा छिमेकीलाई यसबारे केही थाहा थिएन । बरु तिनले सोचेकी रहिछ्न ति युवती बिरालोलाई कति मायाँ गर्छिन् भन्ने । तर बनको बाघले नखाइ मनको बाघले खाँदा २३ बर्षीया युवति क्रिस्टीनाले ५०० डलर तिनुपर्ने फैसला अदालतले सुनाएको छ ।

बाबुराम भट्टराईलाई शिवसेनाको धम्की

हिन्दू राष्ट्रको पक्षमा वकालत गर्ने शिव सेना नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको राहत वितरणविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निगरानीमा राखेको जनाएको छ। केन्द्रीय कार्यसमिति अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्ययक्ष अरुण सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै भट्टराई 'निगरानी'मा राखेको बताएका हुन्। Laptop Bag with every nagarik 'मानव धर्म विरोधी डा. भट्टराईलाई आजैदेखि शिवसेना नेपालको युवा संगठन तथा रक्षा बाहिनीले आफ्नो निगरानीमा राख्ने भनि निर्णय भयो', बुधबार जारी विज्ञप्तिमा भनिएको छ। भट्टराईले ज्ञानेन्द्रको राहत विरतणको उद्देश्य राजनीतिक रहेको भन्दै चुनाव अगाडि भइरहेको त्यस किसिमको काम कारवाही रोक्नुपर्ने बताएका थिए। यस्तो छ धम्की धम्कीको पूर्णपाठ
esanjal.com bata savar

रोनाल्डोको फ्री-किकले हातै भाँचियो( भिडियो हेर्नुहोस)

श्रावण १० - क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बलले लागेर ११ बर्षीय बालकको हाँत भाँचिएको छ । बेलायतको गोल्डस्यान्ड स्टेडियममा बोर्नमाउथसाग मैत्रीपूर्ण खेल खेल्न आएको रियल म्याडि्रडका खेलाडी रोनाल्डोले शनिबार खेल सुरु भएको छैटौं मिनेटमा प्रहार गरेको फ्रीकीक पोष्टको छेवैबाट बाहिरिएको थियो । मैदान नजिकैको कुर्सीमा बसेर खेल हेरिरहेका ११ बर्षीय फुटबलप्रेमी बालक चार्ली सिल्भरउडले आफूतिर आएको बल रोक्न खोजेका थिए । तर, रोनाल्डोको कडा प्रहार उनको कलिलो हातले थाम्न सकेन । उनले आफ्नो शहरको क्लबले विश्वमै नाम चलेको क्लबसँग पहिलो पटक खेलेको खेल छुटाउँन चाहेनन र खेल अवधीभर दुखाई सहेरै पनि बसिरहे । तर, खेल सकिएपछि गरिएको एक्स रेबाट उनको हात भाँचिएको थाहा भयो । उनको हातमा बल लागेपछि रंगशालाका कर्मचारीलाई उनलाई अस्पताल लैजान खोजे पनि उनले खेल छुटाउन नचाहेका कारण दुखाई खपेरै पनि पूरा खेल हेरे । 'मैले हातले बल नरोकेको भए मेरो दात बाँकी हुने थिएनन्', उनले भनेका छन्,'बल तीब्र गतिमा आएको थियो ।' बलले उनको नाडीको हड्डीमा असर गरेको छ । घटना थाहा पाएका क्रिस्टियानो रोनाल्डोले चार्लीलाई आफूसहित आफ्नो टोलीले हस्ताक्षर गरेको टिशर्ट उपचारको रुपमा पठाएर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनलाई रियल म्याडि्रड क्लबका अध्यक्षले पनि फोन गरेर घटनाबारे सोधका छन् ।

चार शिर्ष नेताको वार्तामा कसले के-के भने ?

साउन १० । मंसिर ४ गते घोषणा गरिएको निर्वाचनको पक्ष र विपक्षमा रहेका शिर्ष चार दलको बैठक आज साँझ बसेपनि त्यसले कुनै निकास भने पाउन सकेन ।

निर्वाचनको विरोधमा आजदेखि आन्दोलन सुरु गरेको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीचे राजधानीमा वार्ता भएको हो ।
शान्ति र संविधानका लागि पेसागत सञ्जालको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघको नेतृत्वमा ललितपुरको समिट होटलमा भएको उक्त वार्तामा राजनीतिक संकट कसरी टार्ने भन्ने विषयमा छलफल भएको थियो ।

तर उक्त वार्तामा कुनै सहमति भने हुन सकेन ।

बैठकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको निकास भनेको निर्वाचन भएको भन्दै निर्वाचन भन्दा अर्को कुनै विकल्प हुनै नसक्ने बताए ।





सो क्रममा उनले बिना शर्त आफूहरु विपक्षी दलहरुसँग छलफल गर्नेमा रहेको भन्दै गोलमेचमा जान पनि तयार रहेको र सरकारका विषयमा पनि अलिअलि हेरफेर गर्न सकिने बताए ।

'निकास निस्कन्छ भने सरकारका विषयमा परिवर्तन गर्न र विस्तार गर्न पनि सोच्न सकिन्छ' बैठकमा बोल्दै उनले भने- 'समस्या समाधानका लागि सरकार अलिकति नयाँ बनाउन तयार हुनुपर्छ ।'

सो क्रममा उनले गल्ति कमजोरी सच्याएर सुरुदेखि अघि बढ्ने संकेत पनि दिए । एउटा बाटोबाट हिडियो तर बिचमा हराइयो, उनले भने - 'जुन बाटोबाट आइयो त्यही बाटो फर्केर सुरुको अवस्थामा पुगेर निकास निकाल्न सकिन्छ ।'

सो कार्यक्रममा यथास्थितिमा चुनाव हुनै नदिने बताईरहेको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भने सुरुमै आफ्ना प्रश्नहरु राखेका थिए ।

'सहमतिलाई लत्याएर किन बहुमतिय प्रणाली खोजियो ? संविधानसभामा भएका दलहरुलाई अवज्ञा गरेर तीन दलिय सिण्डिकेट देशमा किन चलाइयो ? तपाईहरुकै दलका नेताहरुले चार दलिय सहमति ठिक छैन भनेर भनिरहेका बेला अरुले कसरी ठिक भन्ने ? अहिलेको जे समस्या आएको छ त्यो तपाईहरुकै कारण हो' कार्यक्रममा प्रश्न गर्दै उनले भने- 'यी सबै प्रश्नहरुको उत्तर प्रष्टसँग चार दलले दिनुपर्छ । ३३ दललाई जवाफ दिनुपर्छ ।'

उनले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै सहमतिका लागि तयार रहेको तर त्यसका लागि रेग्मी सरकार खारेजी गरेर राजनीतिक दलको नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको भन्दै त्यसका लागि दलिय सरकार गठन, संविधानका अन्तरवस्तुमा सबै दलहरुबीच मोटामोटी सहमति गर्नुपर्ने उनले आफ्ना मागहरु प्रस्तुत गरे ।

भन्ने बेलामा लोकतान्त्रिक भन्ने तर गर्ने बेलामा अलोकतान्त्रिक गर्ने प्रथा तोड्नुपर्ने समेत उनले बताए ।

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले भने किरण जीहरुलाई पाखा नलगाएको भन्दै सहमतिमा आउनुपर्ने बताए । निर्वाचन घोषणा भईसक्यो गल्ती भए पनि भयो, यसैमा आएर अघि बढ्नुपर्ने उनको तर्क थियो ।

विपक्षी दलहरुलाई समेट्न नसक्नु गल्ति भएको भन्दै उनले मंसिर भन्दा पर निर्वाचन सार्न नसकिने बताए ।
'निर्वाचन मंसिरको केही दिन सार्न सकिन्छ त्यसपछि हिउ पर्छ' उनले भने - ' मंसिरपछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले निर्वाचन गर्न सकिदैन ।'

कांग्रेस सभापति सुशिल कोइरालाले भने निर्वाचन कति पनि सार्न नसकिने अडान लिए । एक दुई दिन सारेर केही पनि नहुने भन्दै निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने उनले बताए । शान्ति र संविधानको बाटो खोल्न वैद्य जीहरुलाई नि सँगै लिएर अघि बढ्नुपर्नेमा भने उनको पनि जोड थियो ।

उक्त कार्यक्रममा नेपाल बार अध्यक्ष हरिकृष्ण कार्की, नेपाल प्राध्यापक संघका रामेश्वर उपाध्यय, नेपाल ट्रेड युनियन अध्यक्षका दिलबहादुर जोशी, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष, नेपाल चिकित्सकका महासचिव लगायतले दलहरुबीचको दुरी हटाउनुपर्नेमा जोड दिँदै दलहरुले ढाट्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिएका थिए ।

दुध पिउनुका ६ फाइदा

गाइभैँसीको दुध पोषिलो हुन्छ । गाउँघरतिर गाइभैँसीको दुध बिहान बेलुकाको खानासँगै खानु दिनचर्या नै हो । तर सहरतिर भने खानासँगै दुध खाने मान्छे कमै हुन्छन् । गाउँबाट सहरमा आएर काम गरेर पेट पाल्नेहरुसँग दैनिक दुध किनेर खाने आर्थिक हैसियत पनि हुँदैन भने सहरका धेरै रैथानेहरुमा पनि दुध पिउनमा उतिसारो रुची देखिँदैन ।
milk

यसका विभिन्न कारण हुनसक्छन् । तथापि हैसियतले भ्याएसम्म गाइभैँसीको दुध खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वजन नियन्त्रण गर्न चाहनेहरुका लागि दुध निकै लाभदायक हुन्छ । दुधमा भिटामिन तथा अन्य पोषक तत्व पर्याप्त पाइने भएकाले यो मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दुध खानुका फाइदा यस्ता छन् :
नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ । छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् । दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।
दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो । दुधको नियमित भोजनले मानव सरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् ।
नियमित कडा व्यायाम गर्ने वा जिमखाना धाउनेहरुका लागि दिनको दुइ गिलास दुध पिउनु निकै लाभदायक हुन्छ । यसले व्यायाममा गुमेको उर्जा पुनःभरण गरिदिन्छ र मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ ।
एक अध्ययनले नियमित रुपमा दुध पिउने मानिसहरु वजन नियन्त्रणमा सफल हुने देखाएको छ । आफ्नो भोजनमा नियमित रुपमा दुध सामेल गर्नेहरु वजन सन्तुलनमा सक्षम हुने बताइन्छ । दुधले सरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढि खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन ।
दुधलाई तनाव निवारक पनि भनिन्छ । यदि तपाइँलाई तनावले सताएको छ भने एक गिलास मनतातो दुध पिउनुहोस् । तपाइँको दिमाग ठण्डा हुनेछ अनि सरीरमा स्फूर्ति बढ्नेछ ।
दुधको नियमित भोजनले आँखाको दृष्टि क्षमता मजबुत पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । एजेन्सी

छोटो गुप्तांग हुनेहरुको प्रतियोगिता (फोटोफिचर सहित)

प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा लिंग छोटो भएका पुरुषहरुबीच पनि प्रतियोगिता भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा रहेको एक बारमा जुलाई २० का दिन भएको प्रतियोगितामा छोटो गुप्तांग भएका ६ जना पुरुषहरु ‘कसको छोटो ? ‘ भन्ने कुरामा घम्साघम्सी गरे ।प्रतियोगितामा विभिन्न चरणहरु थिए, जस्तै इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो । प्रतियोगितामा भाग लिन स्वास्नी सँग पारापाचुके गरिसकेका ५५ वर्षका रिप भान डिंकल नामका पुरुष मिनिसोटाबाट पनि आएका थिए । प्रतियोगितामा भाग लिने अन्यमा ३२ वर्षका सुगर ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायतका थिए ।
अरु ५ जना छोटो लिंगधारी प्रतिस्पर्धीलाई पछार्दै यो वर्षको छोटो लिंगधारी पुरुषको उपाधि २७ वर्षका निक गिलरोनानले जिते । उनी पेशाले युपिएस स्टोरमा काम गर्ने कामदार हुन् । उनको लिंग जम्मा ३ इन्च लामो छ । उनले उपाधि उचालेपछि आफ्नो छोटो गुप्तांगप्रति गर्व गर्दै लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने भन्दै छोटो लिंगधारीलाई ढाडस दिए ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।


ट्राफिक नियम सिकाउदै कलाकार, गोगंबु बसपार्कमा आर्यन, केकी र बेनिशाले टाँसे स्टिकर

सिनेमा खेलेपछि त्यसको प्रचारका लागि के के सम्म गर्नु पर्दोरहेछ भन्ने कुरा बल्ल वुझ्दैछन् नेपाली कलाकारहरुले । वुधबार नायक आर्यन सिग्देल र नायिकाद्धय केकी अधिकारी र वेनिशा हमालले नयाँ अनुभुती गरे । चलचित्र ‘महशुश’का तिन कलाकारले गोगंबु बसपार्कमा पुगेर विभिन्न सवारी साधनमा सिनेमाको स्टिकर टाँसेका थिए ।सवारी साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टिकर टाँस्दै गर्दा कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि उपस्थित थिए । ‘तिब्र गती जीवनको क्षती’, ‘सवारी साधन विस्तारै हाँकौ’ लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए ।नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ । गोगबु बसपार्कमा कलाकारहरु पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ ।