Monday, February 24, 2014


आज थाहा भयो इन्डीया ( भारत ) हिमालयाको हो , हालको नेपालको हो ।

आज म धेरै दिन पछि लेख्दै छु, लेख्नु पर्ने बाध्यताहरु पनि दिनानु दिन बढ्दै छन्, परिवेश वदलिएको छ, निराशाहरु जन्मिरहेका छन्, आशाहरु हराउँदै गए, निशानाहरु मेटीन लागे, देवभुमि रणभुमि भयो, गिद्वहरुको आखा लागे, दिनहुँ शिकार हँुदै गयो मलाई दुख्यो, साना साना विवाद र उल्झनहरुले मलाइ केही समय अगाडि देखी ऐठन हुन लाग्यो र अचानक आज म यो लेख्दै छु । किन र कुन बिवसताको कारण यो आजको लेखाई उन्नयन भयो होला? लक्षीत समूह को होलान ? अचम्म त पर्नुनै होला तर शान्त मनमा पढ्नु भयो भने थाहा पाउने भाग्यमानी तपाइ हनुहुने छ । गएको रात मेरो पछिल्लो पटक परमात्मा परमेश्वर भगवान सँग साक्षात्कारः भयो, उहाँले यस्तो बताउनु भयो जुन म लेख्न बाध्य भएँ ।

सृष्टिको बेला उहाँले बिभिन्न महाद्वीप वनाउने क्रममा महाभारत महाद्वीप बनाउनु भएको रे यो क्षेत्र हालको हिमालय तिब्बत-नेपाल देखि हिन्द महासागर र प्रशान्त महासागर सम्म फैलावट भएको पवित्र देव भूमि पर्दो रहेछ जहाँ तेत्तिस करोड जनसंख्या वसोवास गर्दथे रे । यो भूमिमा उहाँले दैनिक क्रियाकलाप सु-संचालन गर्न चन्द्रवंशी र सूर्यवंशी राजपाट बनाउनु भएको थियो रे, यी दुई राजपाट एक आपसमा वैवाहिक लेनदेनको लागि थियो जसले गर्दा अन्त्य काल सम्म यी दुवै वंश सम्पूर्ण महाभारतमा शासन गर्न सकुन । हिमालय लँगूरको काखमा रहेको यो सम्पूर्ण पवित्र भूमि हिमालय देशमा वसेर चन्द्रवंशी र सुर्यवंशी राजाहरुले तत्कालीन अवस्थाको आ-आफ्नो बल, बुद्वी, बिवेक, क्षमता र सामर्थ्य मुताविक दैनिक राजपाट संचालन गर्ने गरेको जसमा भगवान स्यवंको प्रत्यक्ष नियन्त्रण रहन्थ्यो रे । हिमालय देशमा यी राजाहरु संगै स्वयं परमात्मा पर्मेश्वर भगवान सहित देवता, रिषीगण, वेदा-आचार्य, ज्ञानपुर्ण आत्माहरु र भगवान भक्तहरु वसोवास गर्थे, सबै सत्यमय थियो, यो पवित्र भूमिनै सम्पुर्ण महाभारत संचालनको राजधानी हो र थियो उहाँले मलाई सवै मनुष्यलाई यो कुरा भनिदिन हतारिएर मलाई भन्दै हुनुहुन्थ्यो ।

पर्मेश्वरबाट यो कुरा भनि नसक्दै मेरो मनमा अनेकौ प्रश्नावली तयार भएका थिए, मैले सोध्न मात्रै के खोजेको थिएँ उहाँले मलाई रोक्दै मेरो मनका सबै खुलदुली मेटिने गरी छर्लंगहुने गरी पो बताई दिनु भो, म चकित परें ।

नेपाल भन्ने नाम ठाउँ हो, देश होइन देश हिमालया हो । हिमालयामा उत्पादन गरिने सम्पूर्ण अमृतरुपी आयुर्वेदिक खजाना संकलन गर्ने केन्द्र हो नेपाल , महाभारतमा यसको नाम अति बिशिष्ट छ र यो हिमालयाको अत्यन्तै महत्वपूर्ण भु-खण्ड हो ।

भारत र इन्डीया नाम गरेको देश यो मैले बनाएको महाभारत महाद्वीपमा त के बिश्वमै छँदै छैन ।पवित्र महाभारतका ठाउँहरु जस्तै इरान, तेहरान, बहरान, तुर्गिस्तान, किर्गिस्तान,काजगास्तान, अफगानिस्तान, पाकिस्तान, हिन्दुस्तान, चिन र जापान हरु स्थानीय परिवेश मिल्ने गरी बनाइएका राज्यहरु हुन यी राज्यहरुको केन्द्रिय राजधानी हिमालयामा हो जहाँ मैले हिन्दु सभ्यताको पैदा गरेको थिएँ । धर्म स्थापनार्थ वर्मा, बिष्णु र महेश्वर जन्माएँ, समयको अन्तरालमा यही सभ्यता बचाउँदै विकास गर्न राम- सिता सँगै कृष्ण जन्माएँ, अनेकै देवी-देवता पैदा गरें, कलियुग सम्म आउँदा बुद्ध, कवीर, पैग़म्बर, कृष्णमुर्ति, नानक, ओशो र साईं जन्माएँ ,जसले धर्म रक्षार्थ काम पनि गरे तर सृष्टिको क्रममा भएको सानो गल्तीको कारण मृत्यलोकमा अहिले असत्य भईरहेको छ, असत्य र फजुल धर्महरु स्थापना भईरहेका छन जुन सत्यको लागि असह्य पिडा हो र मानव मुक्तिको लागि अवरोध, सत्य त केवल स्वपहिचान, ध्यान र ज्ञानमा आधरित हिन्दु सत्य हो जुन अनन्तकाल सम्म रहने छ । धर्म स्थापनार्थ र रक्षार्थ मैले जन्म गराएका सबै सत्यहरु हिमालयामा पैदा भएका हुन् यसमा बिवाद नगर्नु नत्र प्रलय हुनेछ र यो सवै कार्य भएको पवित्र भूमि हालको विकसित नेपाल नामक देश र आसपासका भु-भाग उत्तरमा तिव्बत र पश्चिममा हालको नेपालको ( एेतिहाँसिक हिमालया) पुर्व अस्तित्वमा रहेको भु-भाग हालको कथित इन्डीया हो । त्यसैले यसमा विवाद नगर्नु , नगराउनु र गर्न नदिनु । यसमा हालको नेपालको पुर्ण अधिकार र स्वामित्व छ, यो मेरो सन्देश सरोकारवाला र बिश्व सामु पुराउनु र फैलाउनु, अन्यायमा परेको देवभुमिलाई न्याय दिलाउनु भनेर उहँा अन्तरध्यान हुनु भयो । म ट्वाल्ल परिरहें ।

सायद तपाईले यो कुरा र बिषयवस्तुलाई कुन रुपमा लिनुहुन्छ ? गम्भीरता वा हाँसो यो तपाई र तपाईको बातावरणमा भर पर्ला तर बर्तमान अवस्थालाई नजिकैबाट अध्ययन गर्न सक्ने अथवा ध्यानदृष्टिको कुशल प्रयोग गर्न सक्ने देवभुमिका भूमि पुत्रले अवश्य गम्भीरताका साथ लिनुहुनेछ र मातृभूमिको लागि केही गर्नुहुनेछ, किनकी परमात्मा परमेश्वरको निर्देशित समाचार लाई पुस्टाईं गर्ने तमाम प्रमाणहरु जस्तै नेपालको राष्ट्रीय झण्डामा रहेको चन्द्र-सूर्य, ईतिहाँस, धर्मशास्त्रमा उल्लेखित वाणीहरु, पवित्र तीर्थस्थल, रिषी-महर्षिको तपस्या र वलिदान, यहाँको भू-बनोट, वेद-वेदाचार्यको सृर्जनशील उपलब्धिहरुको साथै प्राचिन नेपालको बिशाल भूमि हालको भारतमा हुनु र उसले फिर्ता गर्न नचाहनुको साथै यो पवित्र र अमुल्य विविधतापुर्ण देवभुमिमाथि भईरहेको श्रींखलाबद्व र षड्यंत्रपूर्ण आक्रमणहरु यसको ज्वलन्त उदाहरण हो । नत्र यो मेरो र त्यो मेरो नै भन्नुपर्ने र सिमाक्षेत्रका जँघे पिल्लरहरु रातारात भत्काउनु पर्ने किन ? यो या त्यो नाममा अथवा भनौ मितेरी सहयोगको नाममा हाम्रो स्रोतसाधन किन खरिद्नु पर्ने? धार्मिक सहिष्णुता खलबलाउनु पर्ने र भूमिपुत्रहरुलाई बिविध बहानामा लडाएर किन फाईदा लिनुपर्ने ? यो कस्तो चाहना हो ? यो त घर भित्रको आफ्नो भनाउदाहरुले मात्र गर्न सक्छ त्यसैले पौराणिक समय देखिनै वर्तमान भारत नेपालको ( हिमालयाको ) भूमि हो । जुनकुरा स्पष्ट छ ।

प्रिय पाठक आज म गए रात परमात्मा संग भएको सबै घटनालाई ऐतिहासिक बास्तविकता सँग अन्तर सम्बन्धित गरेर अध्ययन गरें र पुर्ण यथार्थ लाई सिरोधार्य गरें । हाल अस्तित्वमा रहेका सवै प्रमाणहरु एक-एक मेरो मानसपटलमा आईरहेका छन् , ईतिहाँस,धर्मशास्त्र,राजनीति,विज्ञान र यस्तै यस्तै अन्य अन्य यथार्थ वास्तविकता । तपाईले यो परमात्मको खबर इमान्दारीताको साथ सवैमा पुराइदिने काम गरिदिनु होला ।

जय नेपाल !
छवि पन्थी ( पृथक )