Showing posts with label रोचक जानकारी. Show all posts
Showing posts with label रोचक जानकारी. Show all posts

Thursday, August 1, 2013

१ दिन जेल बसेको १० लाख !

साउन, 17 – नेपालमा बिना कारण जेल परेका व्यक्तिले क्षतिपूर्ति पाएका उदाहरण कमै छन् ।
जेलमा खाना पानी नदिई यातना दिएर राखेमा पनि उनीहरुले आफू निर्दोष सावित हुँदा पनि कुनै राहत तथा क्षतिपूर्ति पाउँदैनन् । तर अमेरिकामा एक विद्यार्थीले विना निरिक्षण जेलमा बसेकोमा दिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।
चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति दिएको हो ।
सन् २०१२ मा लागूपदार्थ प्रयोगको आरोपमा पक्राउ परेका चोङलाई जेलमा राखिएको थियो । तर आफूमाथि कुनै अभियोग दर्ता नगरिएको तथा चार दिन सम्म आफूलाई राखिएको ठाउँमा कोही पनि नआएको उनको दावी छ ।
झ्याल समेत नभएको अँध्यारो कोठामा राखिएको, चार दिनसम्म खाना र पानी समेत नपाएको र बाँच्नका लागि आफ्नै पिसाब खाएको उनले बताएका छन् ।
जेलबाट उद्धार गरिएपछि अस्पताल भर्ना गरिएका चोङमा डिहाईड्रेसन, मृगौला फेल भएको, तर्सिने जस्ता समस्या देखिएको उनका वकिलले बताएका छन् । चोङले आफूलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् ।
न्याय विभागले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । चोङको घटनापछि लागूऔषध कानुन कार्यान्वयन प्रशासनले जेलको सेलमा हरेक दिन निरीक्षण तथा क्यामरा लगाउनुपर्ने लगायतका प्रावधान समेटी बन्दी गृह सम्बन्धि नयाँ नीति लागू गरेको छ ।
एजेन्सीको सहयोगमा

यौन सम्पर्कका लागी दवावस्वरूप न्युजिल्यान्डका ११ वर्षीय किशोर बाबु बने !

श्रावण १७, न्युजिल्यान्डमा एक ११ वर्षीय किशोर बाबु बनेका छन् । उनी आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीकी ३६ वर्षीया आमाको यौन दबाबमा परेपछि बाबु बनेका हुन ।11-years-father
न्यूजिल्याण्डको अकलेन्ड टापुमा बस्ने ती महिलाले निन किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब दिने गर्दथिन । अन्ततः यसको परिणाम स्वारूप उनी बाबु बनेका छन । समाचारहरूमा जनाइए अनुसार ती किशोरलाई यौन सम्पर्क गराउनका लागी महिलाले विभिन्न प्रकारका प्रलोभन र प्रयासहरू गर्ने गर्दथिन । जसका लागी उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गराएको कुरा समाचारमा जनाइएको छ ।
यी किशोरका साथमा ती महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । अहिले बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको कुरा बताइएको छ । उक्त नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिसले भने यस मुद्दालाई विद्यालय र अदालत सम्म लैजाने बताएको छ ।
अहिले ती किशोरको विद्यालयका प्रधानाध्यापकले यस सम्बन्धमा निकै चासो र चिन्ता व्यक्त गरेका छन ।

विश्वमा ५ वटा पसलमा मात्र पाइने ३ करोडको जुत्ता

एकजोर जुत्ताको मूल्य कति पर्ला ? हजार, दुइ हजार पाँच हजार अर्थात् त्यो भन्दा केही बढि । तर के तपाइँले एकजोर जुत्ताको मूल्य झण्डै ३ करोड पर्छ भन्दा पत्याउनुहुन्छ – पत्याउने कुरै भएन । जाबो खुट्टामा लगाउने जुत्तालाई पनि के त्यति धेरै भाउ पर्ला र भन्ने हाम्रो सहज जवाफ हुन्छ । तर हामीले त्यसो भनेर के भो र ? विश्वमा साँच्चीकै ३ करोड मूल्य पर्ने जुत्ता पनि बनाइएका छन् र यस्ता जुत्ता लगाउने मान्छे पनि यहीँ धर्तीमै छन् ।g-shइटालीका हाइ हिल जुत्ताका डिजाइनर अल्बटरे मोरातीले विश्वमै पहिलोपटक यस्तो जुत्ताको डिजाइन गरेका हुन् जुन २४ क्यारेट सुनबाट बनेको छ । उनले पुरुषका लागि लोर्फस जुत्ता र महिलाका लागि हाइ हिल बनाएका छन् । उनले दुइ वर्षघिबाट आफ्नो भाइसँग मिलेर आफ्नै नामको ब्राण्डबाट उक्त सुनका जुत्ताको निर्माण थालेका थिए । उनले बनाएका जुत्ता क्यामरुन दियाज देखि लिएर लेडी गागा जस्ता विश्व प्रसिद्ध सेल्रि्रेटीले समेत मन पराए ।
यी सुनौला जुत्ताको मूल्य २ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ र डिजाइन तथा सुनको मात्रा हेरिकन त्यसभन्दा माथि पनि पर्छ । यो जुत्ता विश्वका केवल ५ वटा पसलमा मात्र पाइन्छ । लण्डनको हेरड्स, न्युयोर्कको बर्नेज, लस एन्जल्सको फ्रेड सिगल, हंगकंगको स्वेन्क र दुबइको लेबल सू मा ।
हुनत सुनको जुत्ता मात्र होइन, भारतमा एक जना मानिसले सुनको शर्ट नै लगाएको तथा हंगकंगमा सुनको ट्वाइलेट बनाइएको कुरा पनि समाचारमा आउने गरेको छ । यस्तै जापानमा अनुहारमा सुनको लेपन लगाएर गोल्ड फेसियल समेत गर्ने गरिन्छ, त्यसो गर्दा ५ सय डलर भए पुग्छ । एजेन्सी

Saturday, July 27, 2013

विश्वका पौने अरब मोबाइल फोन ह्याक हुने खतरामा

मोबाइल फोनको सिम कार्ड प्रविधिमा देखिएको गडबडीका कारण विश्वका दशौँ लाख मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइलमा रहेका डाटा चोरिने तथा विभिन्न प्रकारले ह्याक हुने खतरामा परेका छन् ।

अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ कारस्टेन नोहलले विश्वका झण्डै पौने अर्ब मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका हुन् ।

आफुले विशेष टेक्स्ट म्यासेज पठाएर सिम कार्डको डिजिटल की पत्ता लगाउन सकिने विधि पत्ता लगाएको उनको दाबी छ । अपराधी तथा ह्याकरहरुले यो विधि पत्ता लगाएर फोन कल सुन्ने तथा मोबाइल बाट पैसा समेत चोर्नसक्ने उनले चेतावनी दिएका छन् ।

मोबाइल नेटवर्क सम्बन्धि विश्वव्यापी सस्था जिएसएम एसोसिएसनले विज्ञको पछिल्लो दाबीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । एसोसिएसनका प्रवक्ताका अनुसार यसबाट सम्भावित असरको विषयमा सतर्कता अपनाउन सजिलो भएको छ र जोखिममा रहेका मोबाइल सेवा प्रदायक तथा सिमकार्ड निर्माताहरुका लागि सुरक्षा निर्देशिका जारी गरिँदैछ । खासगरी पूरानो प्रविधिबाट उत्पादन गरिएका सिमकार्डहरु खतरामा रहेको हुनसक्ने उनको ठम्याइ छ ।

मोबाइलको सिमकार्ड वास्तवमा प्रभावकारी सुरक्षा टोकन हो जसले नेटकर्व अपरेटरको लागि प्रयोगकर्ताको पहिचानलाई आधिकारिकता प्रदान गर्छ । साथै सिमकार्डमा निश्चिम मात्रामा टेक्स्ट म्यासेज, कन्ट्याक्ट नम्बर तथा केही एप्लिकेसन जस्तै भुक्तानी लिने नम्बर तथा ब्यांकिङ सेवा सम्बन्धिका विस्तृत जानकारी समेत संग्रहित हुन सक्छन् ।
1014286_588825257815911_1275565676_n
विशेषज्ञ नोहलको दाबी छ की उनले यस्तो विधि पत्ता लगाएका छन् जसको माध्यमबाट मोबाइल प्रयोगकर्ताको मोबाइल अपरेटरमा म्यासेज पठाएर उसको सेक्युरिटी कोड पत्ता लगाउन सकिन्छ । यस्तो म्यासेज फर्जी डिजिटल हस्ताक्षरको रुपमा हुन्छ । यस्तो म्यासेज प्राप्त भएपछि अधिकांस मोबाइल फोनको तर्फबाट नेटवर्क अपरेटरले उक्त म्यासेज नक्कली भएको पहिचान गरेपनि झण्डै एक चौथाइ नम्बरबाट भने उक्त म्यासेजको जवाफको रुपमा एरर म्यासेज पठाइन्छ जसमा नबुझिने पारिएको सिमकार्डको आधिकारिक संकेत समेत रहेको हुन्छ ।

यस्तो नबुझिने पारिएको -इन्त्रिmप्टेड) म्यासेजका कारण ह्याकरलाई सिमकार्डको संकेत नम्बर पत्ता लगाउन गाह्रो हुने भएपनि सन् १९७० ताकाको कोडिङ प्रणाली प्रयोग भएका सिमकार्डबाट भने यस्तो इन्त्रिmप्टेड कोडबाट विशेष सफ्टवेयरको प्रयोग गरी ह्याकरहरुले खास आधिकारिक कोड पत्ता लगाउन सक्छन् । यस्तो कोड प्राप्त गरिसकेपछि ह्याकरले उक्त सिमकार्ड प्रयोग भएको मोबाइलमा भाइरस डाउनलोड गरिदिन सक्छन् । त्यसपछि मोबाइल प्रयोगकर्ताले गरेको फोन तथा भ्वाइसमेल ट्याप गर्ने तथा लोकेसन ट्रयाक गर्ने काम समेत गर्न सक्छन् । साथै अन्य प्रविधिको सहायताले उक्त मोबाइल प्रयोगकर्ताको जासूसी समेत गर्न सकिने नोहलको दाबी छ । साथै सो सिमकार्डबाट मोबाइल ब्यांकिङ सेवा लिइरहेको भए त्यस्ता प्रयोगकर्ताको बैंक अकाउण्टबाट पैसा चोरिने खतरा पनि हुन्छ ।

नोहलका अनुसार विश्वमा अहिलेसम्म प्रयोगमा रहेका मध्ये सयमा ८ सिमकार्ड यस्तो प्रकारको जोखिममा छन् । यसको अर्थ विश्वका ५० करोड देखि ७५ करोड मोबाइल प्रयोगकर्ता आक्रमणको जोखिममा छन् ।

यो महिनाको अन्त्यमा अमेरिकाको लस भेगासमा हुने सम्मेलनका क्रममा आफ्नो पछिल्लो खोजको विस्तृत नतिजा सार्वजनिक गर्ने नोहलको भनाइ छ ।

Friday, July 26, 2013

हेर्नुहोस अनि थाहा पाउनुहुनेछ आमाको आसिर्बाद कत्ति सम्म बलियो हुदो रहेछ (आमाको आशिर्वादले नै मलाई बचायो)

12 साउन- नेपाली गाउँ समाजका अधिकांश युवाहरु विदेशिएका छन् । गाउँ भित्रका प्रायः युवाहरु अशिक्षित भएकाले नेपालमा रोजगारी नपाएका कारण खाडी मुलुक भासिएका छन् भने बाँकी केही शिक्षित युवाहरु पनि यहाँ रोजगारी नपाउँदा अष्टेलिया, यूरोप, अमेरिका जस्ता विकशित मुलुकतिर पलायन भइरहेका छन् । जसका कारण नेपालमा जनशक्तिको अभाव भइरहेको छ । नेपालमा केहि गर्दा पनि परिवार धान्न गाह्रो भएपछि तिन वर्षअघि विदेश हानिएका थिए उनी । नेपालमा जसोगर्दा पनि हण्डर मात्र पाएपछि विदेश उनको बाध्यता नै बन्न पुग्यो । उनी विदेशिएपछि कस्तो अवस्थामा छु, के गर्दै छु, कसैलाई पनि जानकारी दिएनन् । भर्खरै खाडी मुलुक साउदी अरवबाट फर्किएका ती युवा सँग यो पंक्तिकारको भेट भयो ।
अत्याधिक मोटो शरीर, कता–कता देखेजस्तो लाग्ने । मुसुक्क हाँसेपछि पो थाहा भयो उनी त तिनै निराश भई विदेशिने युवा पो रहेछन् । विदेशमा नेपालीले दुःख पाएको कयौं घटनाहरु हामीले सुनेका थियौं । उनीसँगको छोटो बसाईमै विदेशमा नेपालीहरुले पाउने गरेको दुःख अनि पीडाको बारेमा धेरै जान्ने अवसर मिल्यो । तपाईहरुले पढिरहँदा यो पंक्तिकारले आफ्नै अनुभव सुनाइरहेको जस्तो पाउन सक्नु होला । तर, यो मेरो नभएर तिन वर्षअघि खाडी मुलुक साउदी पुगेका तिनै नेपाली युवकको वास्तविकता हो । के के मात्र गरिएन होला र यहाँ । भाग्यैले साथ नदिएर पो हो की कसै गरेपनि परिवार चलेन । परिवार कृषिमा आधारित रहेकाले कृषि पेशामै मैले पनि सपना देखिसकेको थिएँ । तर भाग्यले नै साथ नदिएपछि कसको के नै लाग्दो रहेछ र । परिवारको आवश्यकता पुरा गर्नु मेरो कर्तब्य पनि त हो । नेपालको कमाईले परिवार धान्न नसकेपछि बाध्य भएर म २०६७ माघ १५ गते राति साउदी अरबको लागि भनेर काठमाडौंबाट प्लेन चढें । जाने बेलामा आमाले रुँदै रुँदै आशिर्वाद स्वरुप हातमा ५० रुपैयाँ राखिदिनुभएको थियो । आमाको अनुहारतिर हेर्नै सकिन मैले, एक्कासी के भयो भयो म व्यक्तै गर्न सक्दिन । कान्छो भाइले आफ्नो शिरको टोपी झिकेर मलाई लगाईदियो । त्यसपछि त झनै भक्कानो छुट्यो । काठमाडौं पुगेर प्लेन चढें, केही घण्टा कतारमा राखेपछि हामीलाई साउदी पुयाइयो । साउदीमा पहिलो पाइला टेक्ने वित्तिकै मेरा दुःखका दिनहरु सुरु भए । प्लेनबाट ओर्लिएर यता उति हेरें, तर त्यहाँ मेरो लगेज नै थिएन । भाइले लगाइदिएको ढाकाको टोपिको भने साहै्र माया लाग्यो । केही गर्दा पनि नभेटिएपछि बाध्य भएर २२ दिनसम्म मैले एकसरो कपडामै ड्यूटी गरें । सुरुवातमै कठिनाई भएकोले गर्दा अगाडि बढ्ने हौसला सबै हरायो । अरु नेपाली कामदार भन्दा अरविक भाषामा म केही दक्ष भएको कारणले २२ दिनपछि मैले लगेज प्राप्त गर्न सफल भएँ । त्यसपछि एक वर्षसम्म लगातार दुःखका दिनहरु जारी रहे । काठमाडौंको सिनामंगलस्थित फिष्टेल मेनपावरबाट साउदीको अल साउदी कम्पनीको लागि मलाई ८ घण्टाको ९ सय रियल सेलेरी र ओभरटाइम दिने शर्तमा लगिएको थियो । त्यहाँ पुगेपछि मात्र थाहा भयो कि मलाई कुनै कम्पनीमा नभएर घर भित्रको कामदारको लागि लगिएको रहेछ । मलाई घरको काम गराइयो, मलाई फसाइयो । मैले एक साल सम्म लगातार घरमा काम गरें । एक वर्षपछि भाषामा केही दक्षता पाएपछि आफूले कमाएको सेलरी रिटर्न गर्ने सर्तमा त्यस घरलाई छोडेर म अर्कै कम्पनीमा काम गर्न पुगें । मेरो पासपोर्ट पुरानै साहूले राख्यो । महिनाको पाँच सय रियल तिर्ने शर्तमा म अर्को कम्पनीमा काम गर्न गएको थिएँ । मैले लगातार पाँच महिनासम्म पुरानो साहूलाई पाँच सय रियलको दरले पैसा तिरें । पाँच महिनासम्म अर्को कम्पनीमा काम गर्दा त्यहीँका स्थानीय अब्बु हनन नाम गरेका साउदीसँग मेरो घनिष्ठता बढ्यो । उनीसँग राम्रो सम्बन्ध कायम भएसँगै उनले मलाई छोरा जस्तै गर्न थाले ।
एउटा विदेशीसँग यति राम्रो सम्बन्ध बन्ला भनेर मैले कल्पना सम्म पनि गरेको थिइँन । उनले नै मलाई पहिलाको साहूलाई बेकारमा महिनाको पाँच सय किन तिर्छस् ? त्यो पाँच सयले तेरो बच्चालाई पढ्न मद्दत पुग्छ, घर परिवार चलाउन मद्दत पुग्छलगायतका सल्लाह दिए । उनको सल्लाह अनुसार नै मैले पुरानो साहूलाई मासिक पाँच सय रियल तिर्न छोडिदिएँ । मैले त्यो साहूसँग सम्पर्क हुने सम्पूर्ण बाटाहरु बन्द गरिदिएँ । फोन सम्पर्क नहोस् भनेर मैले उसको नम्बर समेत ब्लक गरें । दुई वर्षसम्म उसँग कुनै सम्पर्क भएन । मलाई अलिकति पनि दुःख हुने वित्तिकै अब्बु हनन्ले नै मद्दत गर्थे । म कुनै दिन विरामी भएर ड्यूटी जान सकिन भने गाडी लिएर आफैं आएर उनले मलाई ड्यटी लान्थे । अघिल्लो साहूसँग मैले पाएको सम्पूर्ण दुःखहरु उनले भुलाईदिए । नयाँ कम्पनीमा गएको मलाई तीन महिनासम्म परीक्षण कालमा राखिएको थियो । म त्यस परीक्षण कालमा उत्तीर्ण हुन सफल भएँ । मैले उनीहरुलाई खुसी पार्न सकेकाले मैले चित्त बुझ्दो पारिश्रमिक तथा सेवा सुविधा पाएँ । अब्बू हनन्को सल्लाहले मैले पाँच सय बुझाउन छोडेपछि म पूर्ण रुपमा गैरकानुनी भएँ । तर, त्यहाँका स्थानीयको साथ र सहयोग पाउँदा मैले एकदिन पनि इलिगल भएको महसुस गर्नु परेन । मलाई अब्बु हनन्ले अत्याधिक मद्दत गरे । उनले मलाई त्यहाँको श्रम मन्त्रालय लगेर पहिलाको साहूलाई झिकाई छलफल र बहस गरे । म किन उसँग टिक्न सकिन भन्ने विषयमा गम्भीर छलफल भयो । मैले उसँग काम गर्दा चार महिनामा एक महिनाको मात्र सेलरी पाउँथे । बाँकी तीन महिनाको उ आफैं राख्थ्यो । सेलरी माग्दा घर जाने बेलामा दिने भन्ने शर्तले मलाई अल्झाइरहेको थियो । त्यसकारण बाध्य भएर म निस्किएको थिएँ । त्यसपछि म नयाँ कम्पनीमा क्याटरिङको काम गर्न थालें । खाना बनाउने, सरसफाई गर्ने, जूठा भाडा उठाउने लगायत किचनको सम्पूर्ण काम मैले ह्याण्डल गर्नुपथ्र्यो । दैनिक नुहाउने, दाह्री काट्ने, ग्लोब्स लगाउने, कपाल काट्ने लगायतका काममा ध्यान दिनु पथ्र्यो । सुरुको साहूसँग काम गर्दा म तीन पटकसम्म गाडी दुर्घटना परें । उ बिल्डिङ लाइनमा काम गथ्र्यो । मैले पनि त्यही गर्नुपथ्र्यो । साथीहरु सबै भारतीय थिए । काम अत्याधिक गाह्रो थियो । पाइप फिटिङ्, पेन्टिङ्लगायतका काम गर्नु पथ्र्यो । त्यतिबेला मलाई अत्याधिक दुःख भयो । ड्यूटी सकेर फर्कदा एक्कसी ड्राइभर रिसाएका कारण गाडी दुर्घटना हुन पुग्यो । फलस्वरुप मैले मेरो मिल्ने साथी मेरै आँखा अगाडि गुमाउनु प¥यो । भाग्यले साथ दिएर होला म भने बाँच्न सफल भएँ । पुल माथिबाट टर्निङमा ओभर स्पीड हुँदा गाडी पल्टिदै पल्टिदै घर बनाउन राखेका ठूला ठूला बालुवाका ढिस्काहरुमा पस्यो र गाडी पुरियो । पाँच मिनेटपछि हामीलाई बालुवा खोतलेर निकालियो । म बाँच्न सफल भएकोमा भाग्यमानी रहेछु जस्तो अनुभव गरें । यसपछि मन थाम्नै गाह्रो भयो । मरिन्छ कि जस्तो मात्र हुने, बाबु आमाको यादले सताउने हुन थाल्यो । लगत्तै सात दिनपछि अर्को दुर्घटना भयो । गाडीमा साहू र म मात्र थियौं । साहूले गाडी चलाउँदै थियो । हामी चडेको कार एक्कासी टे«लर मुनि गएर पस्यो । यस क्रममा कारको छतको सम्पूर्ण भाग उड्यो । एयर व्यागको साहयताले म बाँच्न सफल भएँ । छातीमा एयर ब्याग आएर आफैं टाँसिने सुविधा त्यहाँको गाडीमा हुँदो रहेछ । त्यसकारण मलाई चोट लागेन । साहूले त विमा वापतको पैसा पायो, भोलिपल्टै नयाँ गाडी पायो तर मैले त के नै पाउथें र । म मरेको भए पनि उसलाई कुनै असर पर्दैनथ्यो । त्यसको एक महिना भित्रमा म फेरि अर्को दुर्घटनामा परें । चालक नयाँ थियो । झुक्किएर गलत बाटोमा गाडी घुसाएका कारण एक्कासी दुर्घटना हुन पुग्यो र मेरो खुट्टामा गहिरो चोट लाग्यो । एक महिनाभित्रै तिनवटा दुर्घटना भएका कारण म आत्तिएँ । घरमा फोन गरें । फोनमा आमा बोल्नुहुन्थ्यो, छोरोले बाबा मलाई के ल्याईदिने ? भन्थ्यो तर, मेरो बोली नै आउँदैन थियो, म रुन्थें मात्र । घाँटीमा गाँठो पथ्र्यो, म केही पनि भन्न सक्दिन थिएँ घरमा । म पैसा कमाउन होइन मृत्यु प्राप्त गर्न साउदी आएको रहेछु जस्तो लाग्यो । दुःख पाएको कुरा घरमा भन्न सक्दिन थिएँ म । मेरो कारणले घरमा चिन्ता नहोस जस्तो लाग्थ्यो । पुरानो साहूले मलाई पार्सपोर्ट नदिने भयो ।
पार्सपोर्ट लिनलाई मैले ८ हजार ५ सय रियल अर्थात नेपाली २ लाख १५ हजार जति बुझाउनु पर्ने भयो । मैले तिर्न नसकेका कारण पासपोर्ट छोडेर खालीहात नेपाल आएँ । धेरै पैसा कमाउनका लागी गएको म रित्तो हात घर फर्किदा मलाई जति पिडा अरु कसलाई पो हुन्थ्यो र । त्यसबेला आमाले आशिर्वाद स्वरुप दिनुभएको ५० रुपैयाँ अझै म सँँग छ । त्यही आशिर्वादले गर्दा नै म बाँच्न सफल भएको छु । अहिले म नयाँ पासपोर्ट बनाउँदै छु । पछिल्लो समय जुन कम्पनीमा मैले काम गरें म त्यही कम्पनीमा जाँदैछु । विदेश जानु हाम्रो रहर होइन । बाध्यता हो । नेपालमा जति कमाए पनि बँच्दैन । समयमा पढ्न नसकेकोले गर्दा हाम्रो विकल्प विदेश नै बनेको छ । तरपनि म विदेश जान्न भन्दिन र साथीहरुलाई विदेश जानु हुँदैन भनेर सल्लाह पनि दिन्न । विदेश जानुपर्छ । मैले विदेशमा पाएको दुःखले नै अगाडि बढ्ने प्रेरणा पाएँ । मानिसले जीवनमा कयौं कष्ट पार गर्नुपर्छ । त्यसकारण म फेरि पनि विदेश जाँदैछु । जीवनमा अनेकौं अप्ठ्यारा आउँछन् त्यसलाई पार गर्नु नै जीवनको सार्थकता हो भन्ने मैले पाठ सिकें । दुःख पर्दैमा आत्तिनु हुँदैन, धैर्य गरौं, सफलता अवश्य पाइन्छ |