Showing posts with label photo galary. Show all posts
Showing posts with label photo galary. Show all posts

Saturday, June 15, 2013

आर्यन पनि बने हजुरबुवा


नायक आर्यन सिग्देलको उमेर त्यति ढल्किसकेको त छैन्, तर उनी हजुरबुवा भैसकेको छन् । विवाह नै नगरी हजुरबुवा हुन पाएकोमा आर्यन निकै हषिर्त पनि छन् । नातिनीसँग खेलिरहेका आफ्नो तस्बिर फेसबुकमा राख्दै उनले लेखेका छन् -’प्लेइङ विथ नातिनी छोरी ‘ ।
आर्यन उमेरले भर्खरै तीन दशक मात्र पूरा भए होलान् । यति छिट्टै उनी कसरी हजुरबुवा भए त, त्यो पनि विवाह नै नगरी ? आर्यनकी दिदीका छोरा अर्थात आर्यनका भान्जाले छिट्टै विवाह गरेकाले उनकी छोरीको आर्यनसँग मामा हजुरबुवा नाता पर्छ, त्यसैले आर्यन सानो उमेरमै हजुरबुवा भएका हुन् । फेसबुक तस्विरको तल उनले लेखेका छन्-’भान्जाले चाँडै विवाह गरेकाले यति छिट्टै हजुरबुवा बन्न पाइयो ।’ आफूले पनि छिट्टै विवाह गरे उनी हजुरबुवा त होइन, कमसेकम बुबा त भैसक्थे ।