Friday, June 21, 2013

विषादी सेवनबाट आमा छोराको मृत्यु

गौशाला - विषादी सेवनबाट महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा गएराति आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरपुर गाविस २ मगरथाना गाउँ बस्ने ६२ वर्षीया आमा माईकल देवी यादव र निजका छोरा ४० वर्षीय विनोद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

घरायसी विवादका कारण गए राति १० बजेसम्म आमा छोराबीच भनाभन भएपछि विषादी सेवनबाट अचेत अवस्थामा आँगनमा लडिरहेको आमाछोराको जीवन रक्षाका लागि स्थानीय गाउँलेले चिकित्सक बोलाएर ल्याउँदा राति करिब ११ बजे उपचार हुनुभन्दा पहिले आमा छोरा दुवैको मृत्यु भइसकेको जानकारी प्रहरी निरीक्षक दीपक गिरिले दिए।
आमा छोराको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइरहेको उनले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment