Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Thursday, August 1, 2013

आमा नभएको बेलामा बाबुले गरे आफ्नै छोरीको बलात्कार

रोल्पा, साउन । रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसका एक व्यक्तिले छोरीलाई बलात्कार गरी फरार भएका छन् । ह्वामा गाविस–७ का रोका थरका एक व्यक्तिले १२ वर्षीया आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलासा प्रहरीमा उजुरी परेपछि भएको हो । पछिल्लोपटक यही साउन ९ गते छोरीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएर रोकाकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि पीडक साउन १० गते बिहानैदेखि बेपत्ता छन् । अभियुक्त रोकाको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक जीतबहादुर खड्काले बताउनुभयो । बालिकाका अनुसार बाबुले आमा नभएको बेला धम्क्याउँदै जबरजस्ती गर्दै आएका थिए । रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी दुईवटा मुद्दा लाग्ने प्रहरीको भनाइ छ ।
mero nepali video bata savar

स्तनपान सप्ताह आजदेखि सुरु

काठमाडौं, १७ साउन । ‘शिशुलाई स्तनपान गराउनका लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार काठमाडौंका विभिन्न बालमैत्री अस्पतालहरुमा स्तनपानका महत्व दर्शाउने खालका फ्लेक्स प्रिन्ट प्रदर्शनी गरिरहेका छन् भने काठमाडौँ बाहिरका जिल्लामा मानिसको विशेष चहलपहल हुने हाटबजारलगायतका स्थानमा स्वास्थ्य चौकीमार्फत स्तनपानका बारेमा जनचेतनात्मक कार्यक्रम भइरहेका छन् ।
प्रत्येक वर्ष विश्वमा अगष्ट १ देखि स्तनपान सप्ताह मनाइने गरिन्छ । नेपालमा वार्षिक करिब सात लाख बालबालिका जन्मने गरेका छन् तीमध्ये ४५ प्रतिशतले मात्र जन्मेको एक घन्टाभित्र स्तनपान गर्न पाउँछन् ।
महाशाखाका प्रमुख डा. सेनेन्द्र उप्रेतीका अनुसार एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने उद्देश्य भए पनि कतिपय स्थानमा बच्चा जन्मेपछि आउने बिघौती दूधलाई त्यत्तिकै दुहेर फ्याक्ने गरेका कारण ४५ प्रतिशत बालबालिकाले मात्र स्तनपान गर्न पाएका छन् ।
एक घन्टाभित्र आउने बिघौती दूधले बच्चामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । नियमित स्तनपानका कारण आमालाई समेत स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ भने स्तनपानले जन्मान्तरसमेत गराउने चिकित्सक बताउँछन् ।
स्तनपान नगर्ने बालबालिकाको तुलना नियमित स्तनपान गर्ने बालबालिकालाई झाडापखाला, निमोनियाजस्ता सङ्क्रमण लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएको छ । छ महिनासम्म बालबालिकालाई आमाको दूधबाट अन्य आहार खुवाउनु नपर्ने भए पनि करिब ७० प्रतिशत महिलाले मात्र छ महिनासम्म स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।

वेबसाइटमा कमेन्ट गर्ने ब्लगरलाइ सात बर्ष जेल र ६०० कोर्रा !

एजेन्सी, श्रावण १७, सऊदी अरब को एक अदालत ले इस्लामको अपमानका दोषी साबित भएका एक व्यक्तिलाइ सात बर्षको कैद तथा ६०० कोर्राको सजायँ सुनाएको छ ।
7-years
जेद्दाको क्रिमिनल कोर्टले रईफ बदावी लाइ देशको एन्टी साइबर क्राइम ल तोडेकोमा दोषी पाइएको छ । अदालतले जनाए अनुसार बदावीले वेबसाइट र टिभिमा दिएको कमेन्ट इस्लामको अपमान गरेका छन ।
मानवाधिकार कार्यकर्ताहरूले यसलाइ घोर बर्बर सजाय भएको बताएका छन । ह्यूमन राइट्स वाचको मिडल ईस्टका डेपुटी डाइरेक्टर नदीम हूरीले बताए अनुसार एक शान्तिप्रिय ब्लगरलाइ यस प्रकारले कडा सजायँ सुनाउनु सऊदी अरबको ती दावीहरूप्रति हास्यास्पद व्यङ्ग्य गर्दछ, जसमा सुधार र धार्मिक विमर्शको कुराहरू गरिएको छ ।
एक जना मानिस जो धर्मका बारेमा चर्चा गर्न चाहन्छ, उसलाइ एक बर्षसम्म जेलमा राखेर अब सात बर्षको सजायँ र ६०० कोर्रा सुनाइएको छ । (एजेंसी)
khabarserofero bata savar

Wednesday, July 31, 2013

हेर्नुस यसरि सामसुङ ग्यालेक्सी एस 4 विस्फोट भएर भयो आगोलागी

श्रावण १६, आइफोनमा करेन्ट लागेर मानिसहरू मर्न थालेको कुरा सेलाउन नपाउँदै हङकङमा एक दम्पतीले सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन बिष्फोटन हुँदा घरमा आगलागी भएको र उनीहरूलाइ चोट लागेको कुरा दावी गरेका छन ।

Samsung-Galaxy-S4-reportedly-explodes

चीन को वेबसाइट Xianguo.com को एक रिपोर्ट अनुसार एक व्यक्तिले गेम खेल्ने क्रममा के दौरान ग्यालेक्सी एस4 मा आगलागी भएको थियो । उनले उक्त फोन फ्याँकेका थिए, जुन केही बेरमानै बिष्फोटन भएको थियो । जसले आगलागी हुँदा पुरै घरमा आगो फैलिएको थियो ।
रिपोर्ट अनुसार यस घटनामा सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन र ब्याटरी, चार्जर जस्ता एसेसिरिज सबै ओरिजिनलनै रहेका थिए । चीनमा वितेका केही दिनमा यस्ता २ वटा घटनाहरू सार्वजनिक भैसकेका छन । जसमा एप्पलको आईफोनबाट करेन्ट लागेको थियो । यद्दपी यी घटनाहरूमा उनिहरूले ड्युप्लिकेट चार्जरको प्रयोग गरेका थिए ।
सामसुङ हङकङले भने यस घटनाको जाँच भैरहेको जनाएको छ ।

यसरी गरे ,प्रेम विवाह गरेका एक जोडीले विवाह गरेको तेस्रो दिनमानै आत्महत्या

श्रावण १६, जिवनभर सँगै जिउने सँगै मर्ने कसम खाँदै तीन दिनअघि प्रेम विवाह गरेका एक जोडीले मृत्युको बाटो रोजेका छन् । विगत लामो समयदेखि गरेको प्रेमलाई विवाहमा परिणत गरेका स्याङ्जा जिल्लाका ३० वर्षीय राजु आले र गुल्मी घर भएका २० वर्षीया लक्ष्मी केसीले परिस्थिति आफूअनुकूल नदेखेपछि विवाहको तेस्रो दिनमै मृत्यु रोजेका छन ।
आजको राजधानीको एक समाचारमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापालाइ उद्धृत गर्दै बताइए अनुसार, उनीहरूले एउटै रंगको ओढ्ने पंखामा पासो लगाएर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । उनीहरू नाताले दिदी पर्नेको घर बुटवल–१३ दुर्गानगरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरूले आत्महत्या गरेका हुन् ।
राजु यातायात मजदुरका रूपमा कार्यरत थिए । उनी र लक्ष्मीको बुटवल बसाइकै क्रममा प्रेम सम्बन्ध शुरू भएको थियो । विवाहित र सन्तानका बाबुसमेत बनिसकेका राजुले लक्ष्मीलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएपछि घर परिवारले त्यसलाई अघि नबढाउन दबाब दिएको बताइएको छ । घर परिवारको दबाबपछि तनावमा रहेका राजुले अन्ततः मृत्युको बाटो रोजेका हुन् । प्रहरी निरीक्षक थापाका अनुसार राजुले मृत्युअघि लेखेको सुसाइड नोट बरामद भएको छ । यस नोटमा उनले आफ्नै कारणले सुसाइड गर्न खोजेको कुरा लेखेको समाचारमा उल्लेख गरिएको छ ।

Saturday, July 27, 2013

छोरा पछि ज्वाईका तनावमा ज्ञानेन्द्र

काठमाडौं÷दुई सय ४० बर्षे राजसंस्थाको अन्त्य आफ्ना पालामा भएर तनावमा रहेका ज्ञानेन्द्रलाई पारिवारिक तनावले पनि छोडेको छैन् । छोरा पारसका कारण अनेकौं समस्या र हण्डर खेप्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय छोरी ज्वाई राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले हैरान बनेका छन् । ज्ञानेन्द्रले एक मात्र ज्वाई सिंहले आङ्खनो भावनालाई लत्याउने गरेकाले पटक–पटक मन दुखेको गुनासो निकटस्थहरुलाई सुनाउछन् ।
ज्वाई सिंह आङ्खनो र परिवारको इच्छा विपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेको गुनासो ज्ञानेन्द्रको छ तर अझसम्म यी सबै गुनासाबारे उनले जवाईसंग कुरा गर्न सकेका छैनन् । नागार्जुन स्रोतका अनुसार ज्ञानेन्द्रले छोरी प्रेरण्ाँलाई बेलाबेलामा दिने गरेको तनावका विÈयमा भने मुख खोलेर ज्वाई राजबहादुरसित कुरा गर्ने गरेका छन् ।
राजबहादुरसंग पूर्व राजपरिवार असन्तुष्ट बनेको पछिल्लो समयमा मात्र होइन । उनको व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरण्ाँ, पूर्वराजा ज्ञानेन्द्र र राज परिवारले चित्त दुखाउ“दै आएको छ । निर्मल निवास स्रोतले भन्यो ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मल निवासको शान्ति नै बिथोलेको छ ।’
प्रेरण्ाँलाई त राजबहादुरले तनाव दिन्थे नै त्यति मात्रै होइन, बेलाबेलामा गर्ने अराजक र कानुन विपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्व राजपरिवारको बुझाइ छ । रोयल क्यासिनोका प्रबन्ध निर्देशक राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीको खोजी सुचीमा समेत परे । प्रेरण्ाँका साथीहरुका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए । त्यसपछि ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरण्ाँको शरीरबाट झन्डै १२ किलो बोसो निकालियो । उनीहरुबीचमा यति विग्रह भएको छ कि गत वर्Èको मंसिरमा सिंगापुरमा प्रेरण्ाँको अप्रेसन हु“दा सिंगापुरमै रहेका राजबहादुर भेट्न समेत गएनन् ।
राजबहादुर रश्मिला नामकी पूर्व एयर होस्टेससित पल्केको प्रेरणाले पत्तो पाइन । पत्तो अनुरुप ०६८ भदौको अन्त्यतिर प्रेरण्ाँ आफै“ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ समेत गरिन । यसैका कारण राजबहादुर र प्रेरण्ाँको एक पटक त झन्डैझन्डै सम्बन्ध विच्छेदको अवस्थामा पुगेको थियो । त्यसवेला प्रेरण्ाँ घर छाडेर करिब ६ महिना माइतीघर निर्मल निवासमै बसेकी थिइन । अन्य केटीहरुसंगको हिमचीमका कारण जेठान पारस शाह र राजबहादुरझगडा हुने स्थिति समेत पैदा भएको थियो । दुई÷तीनपटक त पारस राजबहादुरलाई ‘ठाउ“को ठाउ“ ठीक पार्ने’ भन्दै खोज्नसमेत हि“डेको स्रोत बताउछ । तर, पारस त्यहा“ पुग्नु अगावै राजबहादुर त्यहा“बाट जोगिने गरेका थिए । ‘पारसले बहिनी प्रेरण्ाँलाई निकै माया गर्छन्, राजबहादुर अरु कुनै महिलासित नजिकिएको सहन सक्दैनन् । तयसैले उनीहरुबीच बेलाबेला घम्साघम्सी हुने अवस्था देखिने गर्छ,’ पारसका एक साथी भन्छन् ।
भाउजु हीमानीले पनि प्रेरण्ाँलाई निकै माया गर्छिन् । उनले ज्वाइ“ राज बहादुरलाई पटक पटक सम्झाउने गरेको पनि स्रोत बताउछ । एकपटक त उनले धम्कीपूणर््ँ भाÈामा ‘प्रेरण्ाँलाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी राजबहादुरलाई दिएको स्रोत बताउछ ।
पूर्वराजा ज्ञानेन्द्र भने मनमा असन्तोÈ बोके पनि राजबहादुरसित यस्ता घटनाबारे कुरा गरेका छैनन् । त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य छ ।
ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण्ँ शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए । उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई पटक्कै मन परेको थिएन । पारसले त्यसको विरोध समेत गरेका उनका एक सार्थीले बताए । ससुरा र जेठानको असन्तुष्टीका कारण राजबहादुर जनता दलमा सक्रिय भएनन ।
राजबहादुर छाउनी स्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन् । उक्त घर पूर्वराजा वीरेन्द्रको बंशको हो । अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रष्टले घर खाली गरिदिन पत्राचार समेत गरेको छ । तर उनले त्यो कुरा अटेर गर्दै आएका छन् ।

उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइयो।

सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका थिए। कान्तिपुरको यो समाचारले प्रशासनलाई कारबाही प्रक्रिया छिटो अघि बढाउन दबाब दिने आशा गर्न सकिने भएको छ। अरु ठूला मिडियाहरु पनि यो खबरको भित्री पाटोलाई उजागर गर्न लागोस्।
म आशा गर्छु यो घटना चार वर्षअघिको रत्‍नपार्क रमिता कान्ड जस्तो हुनेछैन। २०६६ साल जेठ ६ गते राजधानीको रत्‍नपार्कमा सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठीले कुटेर लुगा च्यातचुत पार्दै नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइएको थियो। कुनै पनि राष्ट्रिय मिडियाले यसलाई कभर गरेनन्। बरुटाइम्स अफ इन्डिया र हफिङटनपोस्टले माइसंसारलाई उद्‌धृत गर्दै घटनाबारे जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। अब कम्तिमा यस्तो नहोस्।
कति अत्याचार गरेको वाफ रे, मान्छे कि पशु ?
नवराज न्यौपाने
राजधानीबाहिर महिलामाथि हुने गरेको हिंसाको डलरवादी संस्थाले वकालत गर्ने गरेको भएपनि राजधानी मै भएको एउटा क्रुर अमानवीय महिला हिंसाको समाचार चार दिनसम्म पनि बाहिर आउन सकेको छैन।
मिति जेठ ६ गते। समय राति नौ बजेको थियो। मानिसहरुको चहलपहल विस्तारै कम हुँदै थियो। सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठी नै लाठीले कुटियो। त्यति मात्र हो र, उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइयो।

Friday, July 26, 2013

घुस लिँदै गर्दा थानकोटका डिएसपी पक्राउ

काठमाडौं, ११ साउन । कवाडी व्यवसायीसँग घुस लिँदालिँदै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) तेजेन्द्र पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले नायव उपरीक्षक पौडेलले कवाडी व्यवसायीसँग ३५ हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिनुभयो । पौडेल केही दिनअघि मात्रै प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए ।
khalbalinepal.com bata sabhar

नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा, छोरी खेलाउँदै, जहाज उडाउँदै

काठमाण्डौं, साउन ११ । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् । छोरी अनधिकृत व्यक्ति लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् ।
निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो ।
स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो ।royalnepal airlineसुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’ घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ ।
उडान अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए ।
उक्त जहाजमा यात्रुमात्र भएको भए घटना सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो ।
एक अनधिकृत व्यक्ति जहाजको ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

बाबुराम-कमल थापाको फेसबुक युद्ध

काठमाडौं, श्रावण ११ - पूर्वराजा ज्ञानेन्द्रलाई 'आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे' भन्ने एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्ति अझै सेलाएको छैन ।

भट्टराईको अभिव्यक्तिलाई काउन्टर दिंदै उनकै सहपाठीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो प्रकरण झन् चर्चामा छ । सामाजिक सञ्जालमा भट्टराईको अभिव्यक्तिलाई खोइरो खनिएको छ ।
आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण राखे । (के भने बाबुरामले हेर्न यहाँ क्लिक गर्नुहोस्) लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरेका छन् (के भने थापाले हेर्न यहाँ क्लिक गर्नुहोस्) ।
भट्टराईले मुलुकलाई रक्तपातबाट बचाउन तत्कालिन राजा ज्ञानेन्द्रले 'त्याग' गर्न तयार भएर आफूले राष्ट्रपति स्वीकार्न सकिन्छ भनेको उल्लेख गरे । 'देशलाई रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिकोरुपमा स्वीकार्न पनि सकिन्न भन्ने थियो,' भट्टराईको फेसबुक स्टाटसमा लेखिएको छ ।
भट्टराईले नेपालमा गणतन्त्र उदय भइसकेको मान्यता राख्ने आफूहले बेबी किङ वा सांस्कृतिक वा अन्य कुनै विशेषणयुद्ध राजतन्त्रलाई सपनामा पनि मान्न नसकिने बताएका छन् ।
राजतन्त्रको वकालतमा अनवरत राजनीति गर्दै आएका थापाले भने भट्टराईले राजतन्त्र स्वीकार्नेबारे दिएको अभिव्यक्तिको साक्षी प्रकाशचन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधार, कृष्णबहादुर महरा रहेको बताएका छन् ।

आफ्नै भतिजीलाई गर्भवती बनाई शिशु जन्मार फाल्ने काका–भतिजी पक्राउ

११ साउन, आफ्नै भतिजीलाई गर्भवती बनाई उनीबाट जन्मिएको नवजात शिशुलाई खोलामा फाल्ने काकालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शिशु जन्माउने उनकी भतिजीलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुडा गाविस ९ का सुरज विष्ट तथा उनकी भतिजी तुलसी विष्टलाई पक्राउ गरेको हो।
उनीहरुले अवैध शिशु जन्माई बुधवार गाउँ नजिकैको खोलामा फालेको प्रहरीले जनाएको छ। सुडा–९ स्थित खोलामा प्रहरीले बेवारिसे नवजात शिशु भेटाएको थियो। प्रहरीले बेवारिसे शिशु महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।
अनुसन्धानका क्रममा सुरज र उनकी भतिजी तुलसीले शिशु जन्माएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिर्ख बहादुर रावलले बताए। ‘युवतीले डरले शिशु खोलामा फालेको बयान दिएकी छन्, डिएसपी रावलले भने। थप छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
अञ्चल अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा स्याहारका लागि राखिएकी नवजात शिशु (छोरी) लाई त्यही कार्यरत कर्मचारी पुष्पा महत्तराले आफ्नो् जिम्मामा लिएकी छन्। प्रहरीका अनुसार पुष्पाले जिल्ला प्रशासन कार्यालयमा शिशु हुर्काउन पाउँ भनि निवेदन दिएकी छन्।
khalbalinepal bata savar

चुरेभावरका नेता निरौलामाथि वैद्य माओवादीको आक्रमण

११ साउन, काठमाडौं । चुरेभावर पार्टीका नेता भूमि निरौलालाई मोहन वैद्य नेतृत्वको नेकपा माओवादकिा कार्यकर्ताले शुक्रबार बिहान कब्जामा लिएर कालोमोसो दलेका छन् । तीनकुनेस्थित कान्तिपुर दैनिकको कार्यालय अगाडि मोडरसाइकलमा हिँडिरहेका निरौलालाई वैद्य समर्थित जनस्वयंसेवक दस्ताले कब्जामा लिई मोसो दल्नुका साथै कुटपिट गरेर छाडेको हो ।

हेल्मेट र मास्कसमेत लगाएर मोटरसाइकलमा हिँडिरहेका निरौलालाई माओवादी कार्यकर्ताले तीनकुनेमा विहान पौने १० बजे रोक्न खोज्दा उनी भाग्ने प्रयास गरेका थिए । तर, उनलाई कठालोमा समातेर हिल्मेट झिकेर मोसो दलिएको थियो । यसक्रममा निरौलाले प्रतिकार गर्ने प्रयास गरे पनि सकेनन् ।bhumi

मोसो दलेपछि माओवादी कार्यकर्ताले निरौलामाथि राजनीतिको आडमा भूमि माफिया बनेर धेरैलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको र महिलामाथि अन्याय गरेको आरोप लगाएका छन् । निरौलालाई सामाजिक कारवाही गरिएको दस्ताको दाबी छ । जनस्वयंसेवक दस्ताले घटनाको जिम्मेवारी लिएको छ ।

आक्रमणपछि वैद्य माओवादीका कार्यकर्ताले निरौलामाथि कारवाही गर्नुको कारण भन्दै यस्तो सामाजिक सञ्जालमा यस्तो प्रचार गरेका छन् ।

कोरियन भाषा सिक्दैमा रोजगारी पाइँदैन : सरकार

११ साउन, काठमाडौं । कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति तोकेको छ । आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।

s korea

‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ,’भाषा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’

कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।

यस्तो छ कोरियन भाषाको परीक्षा तालिका

कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । काठमाडौं उपत्यकाभित्र सानो गौचरण ज्ञानेश्वर, सिद्धार्थ वनस्थली, ल्याबरोटरी स्कुल कीर्तिपुरमा फाराम बुझाउन सकिनेछ । त्यस्तै, उपत्यकाबाहिर धरान सभागृह र बुटवल प्रदर्शनी मण्डपमा पनि फाराम संकलन केन्द्र रहनेछन् ।

अरुको आवेदन बुझाउन नपाइने

अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर -करिब २ हजार ३ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।

नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी (एमओयू) अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।

८ हजार भन्दा बढी उत्तीर्ण हुने अनुमान

करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।

भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् । त्यसैगरी इपीएसमा नेपाल सरकारबाहेक कुनै पनि निजी संघसंस्थाले मान्यता पाउने छैनन् ।

महिलाले दुःख नगर्नु जाती

कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ ।’- शुक्रबार जारी इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ ।

बाहुनले हलो जोतेको भन्दै छोरी दिएनन्

११ साउन, काठमाडौं । हिजोआज बाहुनले मात्र होइन, अरु जाति र समुदायका मान्छेले पनि हलो जोतेको बिरलै देख्न पाइन्छ । गोरु पाल्ने चलन कम हुँदै गएपछि हलोको सट्टा ट्याक्टरको प्रयोग बढ्न थालेको छ । गोरु पाइने गाउँमा भने अझै पनि हलो जोतिन्छ ।

2

केही वर्षअघिसम्म धेरै बाहुनले गोरु मात्रै पाल्थे । हलो जोत्दैनथिए । हलो जोत्न अरु समुदायका मान्छेलाई बोलाउने चलन थियो । हलो जोत्दा जात जान्छ भनेर बाहुनहरु झस्किन्थे । बाहुनले हलो जोत्न हुँदैन भनेर अन्धविश्वास मौलाएको बेला आजभन्दा ६४ वर्षअघि लमजुङका केही बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा हलो जोत्दा त्यसले देशैभर तरंग फैलाएको थियो ।

बाहुनवाद र हलीप्रथाको अन्त्य गर्न भन्दै पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफि्टनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका २७ जना बाहुनले देशमै पहिलोपटक हलो जोतेका थिए । राणा शासनको बिरोधमा हलो जोतेको भन्दै उनीहरुलाई त्यतिबेला सरकारले समातेर जेलमा समेत हालेको थियो । हलो जोत्न हुँदैन भन्ने अरु बाहुनहरुले समेत हलो जोत्नेको खेदो खने । ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे’ भनेर गाउँलेले गीत समेत बनाए ।

बल्लबल्ल बिहे भयो

२००६ सालमा लमजुङमा हलो जोत्ने अभियानका अगुवामध्ये विष्णुप्रसाद अधिकारी मात्र अहिले जीवित हुनुहुन्छ । शुक्रबार लमजुङको दुराडाँडामा भएको हलोक्रान्ति दिवसमा उपस्थित ९५ वषिर्य अधिकारीले टेलिफोनमा अनलाइनखबरसित भन्नुभयो-’त्यतिबेला हलो जोतेर हामीले ठीक गरेका थियौं, तर सास्ती निकै खेप्नुपर्यो । हलो जोतेको भनेर सबैले हेपे । विवाह गर्न समेत गाह्रो भयो । त्यतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । तर मेरो ३० वर्षमा मात्रै भयो । भोटेओढारमा एकजना हलो जोत्ने नै बाहुनले ५ वर्षकी छोरी दिइन् । उनले पनि हलो नजोतेको भए मेरो विवाह हुन गाह्रो हुन्थ्यो ।’ आफूले हलो जोतेपछि हली पाइएन भन्न नपरेको, भनेको समयमा खेती लगाउन पाएको र देशैभर हलो क्रान्ति शुरु भएको उहाँले सुनाउनुभयो । २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा समेत बाहुनहरुले हलो जोतेका थिए ।

त्यतिबेला धादिङमा हलो जोत्ने प्रगतिशील कवि केवलपुरे किसानले भन्नुहुन्थ्यो-’हलो जोत्नेलाई समाजले बहिष्कार गरे । माइत आएकी छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । उमेर पुगेका युवायुवतीको विवाह समेत रोकियो । हलो जोत्नेलाई सबैले छिःछि र दूरदूर गरे ।’

लमजुङबाट शुरु भएको हलो जोत्ने अभियानका सबै अगुवाहरुले यस्तै नियति भोग्नुपर्यो । तर यो विभेद धेरै वर्ष टिकेन । विस्तारै बाहुनले हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिलाई सबैले प्रशंसा गरे । अहिले पनि साउन ११ लाई हलोक्रान्ति दिवस भनेर सम्झने चलन छ ।

चिनियाँ सैनिकले मागे भारतीय सैनिकसँग खाना…

११ साउन, एजेन्सी । चिनियाँ सैनिक पुनः एकपटक भारतीय सिमाबाट भित्र छिरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । जुलाई २० मा भारत र चीनको सिमानाको चुमारबाट चिनियाँ सेना भित्र छिरेको बताइएको छ ।
चिनियाँ भारतभुमिभित्र ५ किलोमिटर भित्र छिरेका थिए । चिनियाँ सैनिकहरूले आफूलाई पिएलएको हेडक्वाटरले पठाएको भन्दै फोटो खिच्न आएको बताएका थिए । तर, भारतीय सैनिक कडा रूपमा प्रस्तुत भएपछि चिनियाँ सैनिकहरूले आफूहरूको खानेकुरा सकिएको भन्दै भन्दै भोजन मागेको भारतको सरकारी समाचार संस्था पिटिआईले लेखेको छ । china_india_boarder
उक्त समयमा भारतीय सेनासँग खाना नभएकाले जुस खुवाएर चिनियाँ सेनालाई सिमाना कटाइएको स्रोतलाई हवाला दिँदै पिटिआईले लेखेको छ । लेहबाट करिब ३०० किलोमिटर पर रहेको चुमार क्षेत्रलाई चिनियाँ सैनिकले आफ्नो भएको बताएका थिए । चिनियाँ सैनिकहरू टिबल क्षेत्रमा फोटो खिच्न चाहन्थे जो भारतसँगको सिमाबाट ५ किलोमिटर भित्र पर्ने जनाइएको छ ।

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो । भाषा परीक्षा असोजमा हुने

काठमाडौं, साउन ११ - तपाई रोजगारीका लागि कोरिया जान चाहनुहुन्छ ? चाहनुहुन्छ भने त्यसका लागि भाषा परीक्षाको आवेदन खुलेको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार आउँदो भाषा परीक्षाका लागि भदौको ५ गतेदेखि ८ गतेसम्म आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम वितरण र दर्ताका लागि काठमाडौमा सानो गौचरन खेलमैदान, ज्ञानेश्वर र सिदार्थ वनस्थली इन्ष्टिच्युट, किर्तिपुरको ल्याबरोटरी माध्यमिक विद्यालय तोकिएको छ ।
परीक्षास्थल र परीक्षा समय भने फेरि अर्को सूचना निकालेर जानकारी गराइने बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले जनाएको छ । काठमाडौ बाहिर भने धरान र बुटवलबाट आवेदन फारम दर्ता गर्न सकिनेछ । आवेदन फारम दर्ता स्थलमा निशुल्क पाइन्छ भने परीक्षा शुल्क २४ अमेरिकी डलर फारम बुझाउने बेलामा बुझाउनु पर्ने छ ।
१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले परीक्षाका लागि आवेदन गर्न सक्नेछन् । बैदेशिक रोजगार बिभागको इपिएस कोरिया शाखाले यसपटक सञ्चालन हुने भाषा परीक्षामा ८ हजार २ सय जना उतीर्ण हुने अनुमान गरेको छ ।

जसमध्ये ४ हजार ६ सय जना उत्पादनमुलक क्षेत्र
मा र ३ हजार ६ सय जना कृषि र पशुपालन क्षेत्रतर्फ उतीर्ण हुने अनुमान छ ।तर इपिएस कोरिया

Thursday, July 25, 2013

दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय भिडियो खबर

काठमाडौं, १० साउन । वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनिष खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामा काम गर्ने नेपाली र पाकिस्तानीबीच भएको झडपमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले गत शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा रहेका छन् ।
राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढ वर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन् । उनी पाकिस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए । तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो ।
हेर्नुहोस भिडियो खबर