Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

Wednesday, June 26, 2013

राति दिनहुँ नाइटफल हुन्छ। म के गरूँ ?

निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदनाहरू अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो। अनेकन प्रयास गरिए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ भन्ने ठोस निष्कर्ष प्राप्त भैसकेको छैन। सपना विशेष गरेर Rapid Eye Movement (REM) निद्राको स्थितिमा देखिन्छ। सपना विभिन्न किसिमका हुन्छन्, जस्तै कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी। यहाँ हामी यौन सपनाका बारेमा तपाईंकै चासोको सेरोफेरोमा रहेर कुरा गर्छां। यस्तो च्भ्ः स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित हुन्छ भने अनि महिलामा पनि योनिश्राव हुन्छ।

यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं तर यौनसम्बन्धी कुरा निदाएका बेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। पहिलो पटक यो किशोरावस्थामा देखापर्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ। यसलाई स्वप्नदोष भनिए पनि यौन सपना समस्या वा खराबी होइन। पूर्वीय समाजमा वीर्य खेर जान दिनु हुँदैन भन्ने सोच विद्यमान थियो र अहिले पनि छ। वीर्य खेर गए कमजोरी हुने, जीवन शक्तिमा ह्रास आउने विश्वास राखिन्थ्यो। त्यसगरी अन्य भागमा १८ औ १९ औं शताब्दी विवाह बाहिर वा धेरै मात्रामा वीर्य स्खलन हुनुलाई spermatorrhea भन्ने खराबीको संज्ञा दिइन्थ्यो र त्यसको उपचार गरिन्थ्यो।

यौन सपनाका सन्दर्भमा धेरै कुरा भए पनि माथि भनिएजस्तै यो कुनै दोष युक्त कुरा नभै स्वाभाविक रूपमा हुने कुरा हो। यौन सपनाले शरीरमा भएको यौन तनावलाई कम गर्न सहयोग गर्छ। यो यौन विकासको स्वाभाविक कुरा हो। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरे का हुन्छ। हस्तमैथुन वा यौनसम्पर्कको माध्यमवाट यौन तनावलाई शान्त पारिने उपाय नगरिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यौन साथीस ँग छुट्टएिर बसेको व्यक्तिले यौन सपना देख्नु सामान्य हो।

कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेका बेला ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौ नाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग र अण्डकोष तथा वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा आफ्नो पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता उत्पन्न हुन्छ। अण्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।

स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको शंका पनि हुन्छ। यसलाई अन्य कतिपय कुराहरूसँग जोडिन्छ। यसमा कुनै हानिकारक असर हुँदैन। बुझ्नुभयो होला यसमा केही गर्नुपर्दैन। अनावश्यक रूपमा उपचार गराउँदा आफूलाई होइन व्यवसायीहरूलाई मात्र फाइदा हुन्छ।

Saturday, June 22, 2013

पुरुषले सेक्ससम्बन्धी सपना किन बढी देख्छन् ?

हालैको एक अध्ययनअनुसार पुरुषहरू महिलाको तुलनामा सम्भोगसम्बन्धी सपना बढी देख्छन्। उता महिलाहरू भने ऐठन पर्ने तथा डराउने खालका सपना बढी देख्छन्। क्यानाडाको मन्टि्रयल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ११ वर्ष लगाएर गरेको अध्ययनअनुसार २० देखि ३० वर्षको उमेरमा महिला तथा पुरुष दुवैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ। अध्ययनअनुसार सम्भोगका विषयमा महिला र पुरुष दुवैले सपना देख्छन् तर त्यसको मात्रा महिलाको तुलनामा पुरुषमा बढी हुन्छ। अधिकांश पुरुषको सपनाको विषय सम्भोग हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सम्भोगको सपना देख्छन्। सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए। त्यसमा लड्ने, पौडने, डुब्ने, सर्प, बाढी तथा दाँत खसेको जस्ता पनि थिए। अध्ययनअनुसार ७३ प्रतिशत महिलाले नियमित रूपमा सम्भोगको सपना देख्छन्। धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफूलाई कसैले पछ्याएको देख्छन्। यस्तै मरेको, अपांग भएको तथा सर्पले डसेको सपना पनि महिलाहरूले नै बढी देख्छन्। महिला र पुरुष दुवैले समान रूपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेको सपना हो।

Tuesday, June 18, 2013

मिर्गौलामा पत्थरी : जान्नै पर्ने कुरा

मिर्गौलामा हुने पत्थरी रोगबारे जनमानसमा विभिन्नखाले भ्रम छन्। हाम्रो दैनिक खानपानका कारण मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ। मिर्गौलाको पत्थरी बिनाअपरेसन औषधीको निको पारिन्छ भन्ने विज्ञापन पत्रपत्रिकामा पढ्न पाइन्छ। मिर्गौलाको पत्थरी भएका व्यक्तिहरूले क्याल्सियम भएको खाना खानु हुँदैन भन्ने भ्रम सर्वसाधारणमा भएको पाइन्छ। त्यसो भए हाम्रो शरीरमा भएका २ सय ६ वटा हड्डी अनि ३२ ओटा दाँत सबै क्याल्सियमले बनेका हुन्छन्, तिनलाई के गर्ने नि?
मिर्गौलाको पत्थरी भएका व्यक्तिहरूले क्याल्सियम भएको खाना खानु हुँदैन भन्ने भ्रम रहेको पाइन्छ।
साधारणतया मिर्गौलामा हुने ८५ ५ पत्थर क्याल्सियम अक्जालेटले बनेको हुन्छ। यसको मुख्य श्रेय क्याल्सियमभन्दा पनि अक्जालेटलाई जान्छ। जब अक्जालेट भन्ने तत्व आन्द्राबाट रगतमा हुँदै मृगौलामा पुग्छ, यसले क्याल्सियमसँग मिलेर क्याल्सियम अक्जालेट भन्ने मिश्रण बनाउँछ र त्यही नै अन्त्यमा मिर्गाैलाको पत्थर बन्न पुग्छ। यसमा बु‰नुपर्ने कुरा के छ भने यदि हामीले खानामा क्याल्सियम मिसाएर खायौं भने यसले आन्द्रामा नै अक्जालेटस"ग मिलेर रगतमा जान नसक्ने मिश्रण क्याल्सियम अक्जालेट बनाउँछ र मिर्गौलाको पत्थरी रोग हुनबाट जोगाउँछ। तसर्थ, खानामा क्याल्सियम कम होइन कि अक्जालेट कम भएका खाना खान उचित हुन्छ।

जनमानसमा रहेको अर्को भ्रम हो– मिर्गौलामा भएका पत्थर पग्लिन्छ भन्ने। मिर्गौलामा भएका युरिक एसिडले बनेको ५–१०५ बाहेक कुनै पनि पत्थर औÈधीले पग्लिँदैन। यदि यसको साइज ५ मिमिभन्दा सानो छ र पिसाब निस्कने नली खुला छन् भने पिसाबको चापले ९५५ यस्ता पत्थर आफैं बाहिर निस्कन सक्छन्। यदि पत्थरको साइज पिसाब नलीकोभन्दा ठूलो छ भने त्यो पत्थर कहिल्यै आफैं निस्कँदैन, त्यसलाई निकाल्नुपर्छ। त्यसैगरी गहतको दाल वा आयुर्वेदिक दबाइले मिर्गौलाको पत्थर पग्लिन्छ भन्ने अहिलेसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानले प्रमाणित गर्न सकेको छैन। यस्ता पदार्थले बढी मात्रामा पिसाब बनाउने र त्यसैको चापले स–साना पत्थर निस्कने गर्छन्, पग्लिने होइन । पिसाबको मात्रा बढी बनाउन स्वस्थ मिर्गौला भएका व्यक्तिले प्रशस्त मात्रामा सफा पानी पिउँदा पुग्छ।

कुन अवस्थामा मिगौलाको पत्थरी रोग लाग्छ? अहिलेसम्मका वैज्ञानिक अन्वेÈणले पत्ता लगाएअनुसार गर्मी ठाउ"मा काम गर्ने मानिस, कम पानी पिउने व्यक्ति, युरिक एसिडका रोगी, प्याराथाइरोइडको समस्या, पिसाबको संक्रमण तथा मृगौला र यसबाट निस्कने नली अवरुद्ध भएमा यो रोग लाग्छ। अर्को कुरा के भने जसले पनि मिर्गौलाको पत्थरी रोग भएका बिरामीले प्रशस्त पानी पिउनुपर्छ भन्छन्। त्यो प्रशस्त पानीको मात्रा कति हो? बिरामीले २४ घन्टामा २ लिटर पिसाब फेर्नको लागि जति पानी चाहिन्छ, त्यति पानी पिउ"दा उसलाई पुग्दछ र त्यसभन्दा बढी पानी पिउनु पर्दैन।

मिर्गौलाको पत्थर ननिकाल्दा के हुन्छ? यदि मिर्गौला को पत्थर ५ मिमिभन्दा सानो छ भने प्रशस्त पानी पिउ"दा ९५५ यस्ता पत्थर आफैं बगेर निस्कन सक्छन्। यस्तो बेलामा केही दुखाइ हुने भएकाले नदुख्नेखाले औÈधी सेवन गरे पुग्छ। यदि पत्थरको साइज योभन्दा ठूलो छ भने यसले विभिन्न समस्या ल्याउन सक्छ। यस्तो अवस्थामा पत्थर आफैं संक्रमणको कारण हुन सक्छ भने अर्कोतिर मिर्गौलाबाट निस्कने पिसाबको बहावलाई अवरुद्ध गरी मिर्गौला सुन्निने, दुखाइ बढ्ने र अन्त्यमा त्यो मिर्गौलाले काम नगर्ने बनाउन पनि सक्छ। तसर्थ यस्ता पत्थरलाई निकाल्नु नै उचित ठानिन्छ।
मिर्गौलाको पत्थर कसरी निकाल्ने?
आजकलको जमानामा सुविधासम्पन्न अस्पतालमा ९५ – ९८५ मिर्गौलाको पत्थरी चिरेर निकाल्नुपर्दैन। जस्तोसुकै खाले पत्थरी भए पनि घाउ नै नबनाइकन मिर्गौलाभित्र टेलिस्कोप पठाएर वा १ सेमिभन्दा सानो प्वाल बनाएर निकाल्न सकिन्छ। नेपालमा भने उपचार विधि विकसित देशमा भन्दा अलि फरक हुनसक्छ, किनभने सम्पूर्ण खर्च बिरामीले तिर्नुपर्ने, आधुनिक उपकरणबाट गरिने उपचार मह"गो हुने, टाढा–टाढाबाट उपचार गराउनुपर्ने हु"दा एकै पटकमा सबै काम सकेर फर्कनुपर्नेजस्ता समस्या भएकाले यस्तो फरक देखिनसक्छ । तर, अमेरिकन तथा युरोपियन युरोलोजिकल एशोसिएसनको निर्देशिका अनुसार अपरेसनको बेलामा बिरामीको शरीरमा न्युनतम असर पार्ने र अधिकतम मात्रामा पत्थरी हटाउन सकिने तरिकालाई नै बढी प्राथमिकता दिइएको छ। चिकित्साशास्त्रमा दिनहु" व्यापक फेरबदल भइरहेको हुन्छ। विभिन्न शोधपत्र तथा अनुसन्धानले पत्ता लगाएका नयाँ कुरा आइरहेका हुन्छन। विज्ञानको यस Ôेत्रमा कुनै पनि कुराको १०० ५ ग्यारेन्टी र १००५ सफलता मिल्नसक्छ भन्ने हँुदैन। शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामी र बिरामीका नातेदार अनि शल्यचिकित्सकसँगै बसेर अपरेसन कसरी गरिन्छ? अपरेसन गर्दा के–कस्ता समस्या देखिन सक्छ? ती समस्या आएमा कसरी समाधान गरिन्छ? उक्त अपरेसनले शरीरमा के–कस्ता नकारात्मक असर पार्न सक्छ भन्ने कुरा राम्रोसँग छलफल गर्नुपर्छ। अनुसन्धानले पत्ता लगाएका तथ्यको आधारमा बिरामीलाई सबैभन्दा उपयुक्त उपचार प्रदान गरिनुपर्छ।

अस्पतालमा कुनै पनि शल्यक्रिया गर्दा असफल भएमा त्यसको लागि अर्को वैकल्पिक उपचार विधि पनि त्यसै अस्पतालमा उपलब्ध हुनु अतिआवश्यक हुन्छ। अन्यथा बिरामीले अतिरिक्त खर्च गर्नुपर्ने तथा बिरामी र स्वास्थ्यकर्ताको बीचमा मनमुटाव हुन सक्छ । त्यसकारण सम्पूर्ण बिरामीलाई विशिष्ट उपचार सेवा दिन र दिएको उपचारको मूल्यांकन गर्न स्वास्थ्य बिमाबाहेक अरु कुनै विकल्प नै छैन। यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य विधि बनाउने र कार्य सम्पादन गर्ने जिम्मा सरकारी निकायका साथै बिमा कम्पनीको हुन आउँछ। यो भन्दा पनि अगाडि हुनसक्छ भने तुरुन्तै अहिलेको सरकारले (जसमा राजनीति दलका नेता सम्मिलित छैनन्) सरकारी खर्चमा विदेशमा गई उपचार गराउने चलन सधैंका लागि बन्द गराउनुपर्छ।

लेखक सहप्राध्यापक, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक हुन्।

Monday, June 17, 2013

ठुलो स्तनले सेक्समा बाधा, प्रेमी मर्ने डर


धेरै ठुलो वक्ष भएकी क्लेयर स्मेडलीलाई डर छ कि आफ्नो ४० एमएमको वक्ष प्राणघातक हतियारमा बदलिन सक्छ । एक पटक जब सेक्सका क्रममा उनले आफ्नो प्रेमी मार्कलाई खिचिइन् तब मार्क स्वास रोकिएर झण्डै बितेका थिए। उनलाई डर छ यस्तो घटना फेरि पनि हुन सक्छ ।
उनको वक्षस्थल बेलायतकै सबैभन्दा ठुलो मानिएको छ । र, उनको एक वक्षको वजन मात्र १५ किलोग्रामभन्दा बढीको छ । तीन बच्चाकी आमा ३० वर्षीया क्लेयरका अनुसार जब उनको अन्तिम प्रेमी मार्क मर्दामर्दै बाँचे त उनले प्रेम सम्बन्ध नै अन्त्य गरिदिए ।
मार्क त उनीसँग यौन सम्बन्ध कायम गर्न यति धेरै डराए कि क्लेयरसँग भेटघाटसमेत नगर्ने कसम खाए । यद्यपि क्लेयर अहिले पूर्व पति क्रिस विलग्रुजसँग छिन् । क्लेयरलाई अझै डर छ कि यौन क्रियाका क्रममा क्रिस पनि कतै मर्ने त होइनन् ?
तैपनि क्लेयरले यस्तो घटना हुन नदिन एउटा उपाय सुझाएकी छन् । जति बेला पनि क्रिसलाई असहज लाग्छ तब क्लेयरको खुट्टामा थपथपाउछन् र क्लेयरले आफ्नो बन्धन खुकुलो पारिदिन्छिन् ।
डर्बीमा बसोबास गर्ने क्लेयरको यो स्थितिका लागि उनको शरीरमा उच्च एस्ट्रोजनको स्तर हुनु आवश्यक छ । यसका कारण उनले प्रतिदिन कम्तीमा पनि पाँच पटक सेक्स गर्नु पर्दछ । र, यसका साथै उनको वक्ष अझै बढ्ने क्रम जारी छ । लगातार बढिरहेको आफ्नो वक्षकाबारेमा उनले डाक्टरसँग पनि सल्लाह लिइन् । तर, डाक्टरहरुले न त यसको कारण बताए न उपचार नै गर्न सके ।
जब क्लेयर ११ वर्षकी थिइन् त उनलाई थाहा भयो कि उनको वक्ष अन्य युवतीको तुलनामा धेरै ठुलो हुँदैछ । त्यहिबेला उनको वक्षको साइज ठुलो थियो । स्कुलमा पनि उनका साथीहरुले वक्ष ठुलो भएकै कारण ब्राको हुक खोलेर दिक्क लगाउथे । केटाहरु उनलाई हेर्न लाइन लाग्थे ।
जब उनी १२ वर्षकी भइन् त उनको वक्षस्थलको साइज डीडी कप भयो । सबै सोच्थे कि उनको उमेर निकै भइसकेको छ । जबकि उनी मात्र १२ वर्षकी थिइन् । बस चालकले पनि उनीसँग ठुला यात्रुसरह नै भाडा लिन्थे । जब उनी १८ वर्षकी भइन् तब उनको ब्राको साइज जे कप भयो जुन सुरुवाती आकारभन्दा ६ गुना बढी थियो ।
उनलाई चिन्ता छ कि यदि यो यसरी नै बढिरह्यो भने के होला ? जब उनको प्रेमी मार्क मर्दामर्दै बाँचेका थिए उनको स्तनको भार एलएल ४० थियो । त्यतिबेला उनको एक स्तनको वजन ६ किलो चार सय ग्रामको थियो । तर, उनको असाधारण ढंगले बढेको स्तन कमाइको माध्यम बनेको छ।
उनले एक वेभसाइटबाट प्रत्येक टपलेस तस्वीरका लागि १५० पाउण्ड पाउछिन् । उनले वेभसाइटलाई दश टपलेस तस्वीर दिएकी थिइन् । उनका अनुसार उनको यो वक्षको जर्मनी मात्र होइन सिंगो युरोपमा भारी माग भइरहेको छ । त्यसैले उनी युरोप र जर्मनी गएर केही पैसा कमाउन चाहन्छिन् ।
तर, उनको आफ्नै समस्या पनि छन् । उनका अनुसार यति ठुलो स्तन, जसमा एउटै १५ किलोको छ, वक्षको देखभाल गर्न सजिलो छैन । उनका अनुसार सारा समय पिठमा दुख्ने गर्दछ ।
यति मात्र होइन, उनी ससाना वस्तु जस्तो कि जुत्ताको तुना बाँध्न वा बच्चालाई समाउन पनि सक्दिनन् । उनको अर्को समस्या उनलाई मिल्ने नापको ब्रासमेत बजारमा पाइँदैन । एउटै ब्रा बनाउन उनले २०० पाउण्ड खर्च गर्नुपर्छ ।

Sunday, June 16, 2013

शुक्रकिट स्वस्थ यसरि बनाउनुहोस (भिडियो सहित)

सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तर-


मा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ । अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्त मैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।

यौनांग लुज’ र ‘टाइट’का भ्रम

मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ? यसबारे केही चर्चा गरौँ। कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ। प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन। योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ। केगेल विधि गर्दा पिसाब फेपुग्दछ। यो नै योनीको विशेषता हो। केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। र्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन्। यसबारे सचेत हुनु जरुरी छ। डा. आदर्श प्रधान

पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर

मेरो प्रेम परेको एक वर्ष भयो। पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर इकोन पाँच प्याकेट र नीलोकन एक प्याकेट ख्वाएको छु। हामीले अहिले विवाह गरेको एक महिना हुन लाग्यो। अहिले पनि हामी कुनै साधन प्रयोग नगरी सम्पर्क गछौर्ं यसले कुनै असर त गर्दैन ?

६३४१

इकोन आकस्मिक गर्भनिरोधको साधन हो। असुरक्षित यौनसम्पर्क भएको १ सय २० घण्टाभित्र यसको प्रयोग गरे गर्भ रहन पाउँदैन। यसमा भएका दुई चक्कीमध्ये पहिलो चक्की खाएको १२ घण्टापछि दोस्रो चक्की खानुपर्छ। नीलोकन गर्भनिरोधका लागि खाने चक्की हो।

असर के पर्ला ?

तपाईंले के-कस्तो असर पर्ला भनेर सोध्न खोज्नुभएको कुरा स्पष्ट भएन। यी चक्की सेवन गर्न छोडिएको स्थितिमा गर्भ रहनबाट बच्न सकिने स्थिति हुँदैन भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ। गर्भ निरोधको आवश्यकता विवाहभन्दा पहिले मात्र हुने होइन, विवाहित जीवनमा पनि त्यति कै हुन्छ। विवाहपछि यौनसम्पर्क बढी नियमित रूपमा हुने भएकाले गर्भ निरोधको उपाय पनि नियमित रूपमै गर्नुपर्छ। इकोनजस्ता चक्की आकस्मिक गर्भ निरोधका लागि प्रयोग गर्नु उचित हुन्छ। गर्भ निरोधको कुनै साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भरहने सम्भावना त हुन्छ नै। अनिच्छित गर्भ निरोधको के-कस्ता असर पर्छ त्यसका बारेमा पनि सोच्नुभएकै होला।

इकोनको सामान्य असरको कुरा गर्दा प्रमुख अल्पकालीन कुप्रभाव वाक्वाकी लाग्ने वा वान्ता आउने नै हो। केही खाएर मात्र औषधी खाए ती असर कम गर्न सकिन्छ। टाउको दुख्नु, रिँगटा लाग्नु, मांसपेशी बाउँडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य कुप्रभाव हुन्, तर यस्ता प्रभाव प्रायःजसो २४ घण्टाभन्दा बढी रहँदैनन्।

त्यसैगरी नीलोकनजस्तो खाने चक्कीको असरको कुरा गर्दा हल्का टाउको दुख्ने, वाक्वाकी लाग्ने, योनिबाट थोपाथोपी रगत आउने वा महिनावारीको बीचमा रगत आउने, हल्का रूपमा स्तन दुख्ने, केही तौल बढ्न सक्ने प्रमुख हुन्। नियमित प्रयोग गरिरहे यस्ता सामान्य असर कम भएर जान्छन्। मेरो लि·बाट प्रत्येक रातमा वीर्य आउँछ, किन होला ?

३९७८

यौनसम्बन्धी कुरा हामी निदाएका बेला पनि निरन्तर चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनु वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिनु सामान्य हो। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपयले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना देख्नु र यसरी निदाएको बेला वीर्य स्खलन हुनु समस्या वा खराबी होइन। वीर्यमै शुक्रकीट हुन्छन् भन्ने कुरा त तपाईंलाई थाहै होला।
मेरो प्रेम परेको एक वर्ष भयो। पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर इकोन पाँच प्याकेट र नीलोकन एक प्याकेट ख्वाएको छु। हामीले अहिले विवाह गरेको एक महिना हुन लाग्यो। अहिले पनि हामी कुनै साधन प्रयोग नगरी सम्पर्क गछौर्ं यसले कुनै असर त गर्दैन ?

६३४१

इकोन आकस्मिक गर्भनिरोधको साधन हो। असुरक्षित यौनसम्पर्क भएको १ सय २० घण्टाभित्र यसको प्रयोग गरे गर्भ रहन पाउँदैन। यसमा भएका दुई चक्कीमध्ये पहिलो चक्की खाएको १२ घण्टापछि दोस्रो चक्की खानुपर्छ। नीलोकन गर्भनिरोधका लागि खाने चक्की हो।

असर के पर्ला ?

तपाईंले के-कस्तो असर पर्ला भनेर सोध्न खोज्नुभएको कुरा स्पष्ट भएन। यी चक्की सेवन गर्न छोडिएको स्थितिमा गर्भ रहनबाट बच्न सकिने स्थिति हुँदैन भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ। गर्भ निरोधको आवश्यकता विवाहभन्दा पहिले मात्र हुने होइन, विवाहित जीवनमा पनि त्यति कै हुन्छ। विवाहपछि यौनसम्पर्क बढी नियमित रूपमा हुने भएकाले गर्भ निरोधको उपाय पनि नियमित रूपमै गर्नुपर्छ। इकोनजस्ता चक्की आकस्मिक गर्भ निरोधका लागि प्रयोग गर्नु उचित हुन्छ। गर्भ निरोधको कुनै साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भरहने सम्भावना त हुन्छ नै। अनिच्छित गर्भ निरोधको के-कस्ता असर पर्छ त्यसका बारेमा पनि सोच्नुभएकै होला।

इकोनको सामान्य असरको कुरा गर्दा प्रमुख अल्पकालीन कुप्रभाव वाक्वाकी लाग्ने वा वान्ता आउने नै हो। केही खाएर मात्र औषधी खाए ती असर कम गर्न सकिन्छ। टाउको दुख्नु, रिँगटा लाग्नु, मांसपेशी बाउँडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य कुप्रभाव हुन्, तर यस्ता प्रभाव प्रायःजसो २४ घण्टाभन्दा बढी रहँदैनन्।

त्यसैगरी नीलोकनजस्तो खाने चक्कीको असरको कुरा गर्दा हल्का टाउको दुख्ने, वाक्वाकी लाग्ने, योनिबाट थोपाथोपी रगत आउने वा महिनावारीको बीचमा रगत आउने, हल्का रूपमा स्तन दुख्ने, केही तौल बढ्न सक्ने प्रमुख हुन्। नियमित प्रयोग गरिरहे यस्ता सामान्य असर कम भएर जान्छन्। मेरो लि·बाट प्रत्येक रातमा वीर्य आउँछ, किन होला ?

३९७८

यौनसम्बन्धी कुरा हामी निदाएका बेला पनि निरन्तर चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनु वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिनु सामान्य हो। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपयले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना देख्नु र यसरी निदाएको बेला वीर्य स्खलन हुनु समस्या वा खराबी होइन। वीर्यमै शुक्रकीट हुन्छन् भन्ने कुरा त तपाईंलाई थाहै होला।

Saturday, June 15, 2013

कुर्सीमा धेरै बस्ने काम छ, कोलेस्टोरेल र युरिक एसिड बढ्यो, के गर्ने ?

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकाले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन्। यो समस्या कसरी घटाउन सकिएला? -अमितकुमार

डा.ध्रुवप्रसाद सिंह,
फेमेली फिजिसियन एवं विभागीय प्रमुख, आकस्मिक विभाग, वीर अस्पतालको जवाफ

युरिक एसिड बढेको छ मात्रै भन्नु भएको छ। कति बढेको हो? युरिक एसिडको कारण प्रोटीनयुक्त खाना बढी हुँदा बढ्छ। गेडागुडी रातो मासुको मात्रा कम गर्नु युरिक एसिड घटाउने उपयुक्त विधि हो। अरु लक्षण कस्तो छ भन्ने खुलेको छैन। अतिदुखाइ छ भने औषधी खानुपर्छ। उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीसेवन, पिसाब बढी लगाउने औषधी प्रयोगजस्ता कारणले असर पर्न सक्छ। युरिक एसिडको मात्रा रगतमा उच्च हुनेले माछा-मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाइ मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्त्याउने समस्याबाट जोगिनु हो।
यूरिक एसिडजस्तै कालेस्टेरोल पनि शरीरका लागि निकै हानिकारक हुन्छ। खानाको सन्तुलन मिलाएर खाने र कोलेस्टोरेल धेरै बढेको छ भने औषधी नै खानुपर्छ। सामान्यतः हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौलका साथै कोलेस्टेरोल पनि घट्छ।
पोलिस्यचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक ) राम्रो मानिन्छ। यद्यपि काँचै खान मिल्ने तरकारी खानेतेल, घिउ, मखन, मासुको बोसो कम गर्ने, घिउमा बनाइएका खाना कम खाने, लसुन सेवन गर्ने, कलेजो, गिदी, मिर्गौला, चकलेट तथा आइसक्रीम नखाने, बढी नुन­चिनी भएका खाना नखाने, रातो मासु नखाने, मकै, भटमास एवं जैतुनको तेल सेवन गर्नाले कोलेस्टेरोल घट्छ।