Thursday, August 1, 2013

१ दिन जेल बसेको १० लाख !

साउन, 17 – नेपालमा बिना कारण जेल परेका व्यक्तिले क्षतिपूर्ति पाएका उदाहरण कमै छन् ।
जेलमा खाना पानी नदिई यातना दिएर राखेमा पनि उनीहरुले आफू निर्दोष सावित हुँदा पनि कुनै राहत तथा क्षतिपूर्ति पाउँदैनन् । तर अमेरिकामा एक विद्यार्थीले विना निरिक्षण जेलमा बसेकोमा दिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।

चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति दिएको हो ।
सन् २०१२ मा लागूपदार्थ प्रयोगको आरोपमा पक्राउ परेका चोङलाई जेलमा राखिएको थियो । तर आफूमाथि कुनै अभियोग दर्ता नगरिएको तथा चार दिन सम्म आफूलाई राखिएको ठाउँमा कोही पनि नआएको उनको दावी छ ।
झ्याल समेत नभएको अँध्यारो कोठामा राखिएको, चार दिनसम्म खाना र पानी समेत नपाएको र बाँच्नका लागि आफ्नै पिसाब खाएको उनले बताएका छन् ।
जेलबाट उद्धार गरिएपछि अस्पताल भर्ना गरिएका चोङमा डिहाईड्रेसन, मृगौला फेल भएको, तर्सिने जस्ता समस्या देखिएको उनका वकिलले बताएका छन् । चोङले आफूलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् ।
न्याय विभागले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । चोङको घटनापछि लागूऔषध कानुन कार्यान्वयन प्रशासनले जेलको सेलमा हरेक दिन निरीक्षण तथा क्यामरा लगाउनुपर्ने लगायतका प्रावधान समेटी बन्दी गृह सम्बन्धि नयाँ नीति लागू गरेको छ ।
एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment