पछिल्लो पुस्ताका विद्यार्थीलाई भविष्यको लक्ष्य सोध्ने हो भने उत्तर आउँछ-ँडाक्टर, इन्जिनियर, ...' म नेता बन्छु, राजनीतिज्ञ बन्छु भन्ने उत्तर सायदै आउला । यस्तो वेला डाक्टर बनिसकेका व्यक्ति राजनीतिमा आउनुलाई उल्टो संयोग भन्नु अत्युक्ति नहोला नै । राष्ट्रपति डा. रामवरण यादव यही उल्टो बाटो हिँडेर राजनीतिमा आए । र, राष्ट्रपतिसमेत भए । उनका छोरा डा. चन्द्रमोहन यादव पनि बाबुकै बाटो पछ्याइरहेका छन् । डाक्टरले भन्दा नेताले गर्न सक्ने समाजसेवाको दायरा फराकिलो हुन्छ भन्ने विश्वास छ उनको । यादवले नयाँ पत्रिकासँग आफ््नो राजनीतिक व्यक्तिगत जीवनबारे बताएका केही तथ्य उनकै शब्दमा :
म वीर अस्पतालमा रेडियोलोजीको प्रोफेसर थिएँ । त्यसैवेला वीर अस्पतालमा रेडियोलोजीको सुरुवात गरेको हुँ । त्यसपछि तीन वर्षका लागि असाधारण बिदा लिएर कुवेत गएँ । त्यसबीचमा मलाई लाग्यो कि दुनियाँ यस्तै हो, म जनताको सेवामा लाग्छु ।
अहिलेे वृक्षरोपण, रक्तदान, भवन निर्माणलगायत काम नै मेरो लागि एक्सरे, अल्ट्रासाउन्ड, सिटिस्क्यान, एमआरआई बनेको छ । चार वर्षबीचमा करिब आधा दर्जन स्कुल बनाउने कार्यको नेतृत्व गरेँ । केही बनिसके, केही निर्माणाधीन छन् । समाजमा एकता फैलाउने कार्य गरिरहेका छौँ । गाउँ
(धनुषा) को प्रत्येक वडामा वृक्षरोपण अभियान चलायौँ । रक्तदानलगायत कार्यक्रम भइरहेका छन् ।
डाक्टर भएका कारण मलाई रक्तदान, स्वास्थ्य शिविरजस्ता कार्यमा सजिलो भएको छ । मैले त्यस्ता कार्यक्रममा कुनै राजनीतिक रंग भरेको छैन । त्यसैले सहभागिता राम्रो छ । महिनामा चारवटासम्म मेडिकल क्याम्प राख्याँै । तर, कुनै पनि पार्टीको नाम राखेनौँ । समाजकै नाममा यी काम भइराखेका छन् ।
म कांग्रेससँग सम्बद्ध र सहमत छु । तर, कांग्रेस र कम्युनिूट छुट्याउँदिनँ । म समाजसेवाका लागि राजनीतिमा लागेको कारण सबैको सेवामा रमाउँछु । त्यसैले मैले समाजसेवाको कार्यक्रम सञ्चालन गर्दा कहीँ पनि पार्टीको नाम लिएको छैन । सामाजिक कार्यलाई मैले विभाजित समाजलाई एकताबद्ध गर्ने माध्यमका रूपमा लिएको छु ।
समाजसेवाका लागि -निर्माणका कामबाहेक) खासै ठूलो रकमको आवश्यकता पर्दैन । त्यसो त म डाक्टर भएको कारण डाक्टर साथीहरूको राम्रो सहयोग पाइरहेको छु । उहाँहरू (डाक्टर) ले नाइँ कहिल्यै भन्नुहुन्न । मसँग भोकै हिँड्ने साथीहरूको पनि कमी छैन । जुन ठाउँमा कार्यक्रम गर्यो, गाउँका साथीहरूले खुवाउने व्यवस्था मिलाउनुहुन्छ । खर्च धेरै हुँदैन, बस् योजना र मिहिनेत चाहिन्छ । भित्री आत्मादेखि काम गर्दा सहयोग गर्ने धेरै हुन्छन् ।
दैनिकी
सामान्यतः म बिहान साढे चार बजे उठ्छु । आवश्यकताअनुसार कहिले तीन बजे पनि उठिन्छ । नित्यकर्मपछि दुई-चार घन्टा गाउँमा हिँड्छु । पैदलयात्रामा पाँच/सातजना साथी पनि हुन्छन् । मर्निङवाक पनि हुन्छ, साथै साथीसँग भेटघाट पनि । उनीहरूसँग सुखदुःखका कुरा हुन्छन् । १०/११ बजेसम्म घरमा र्फकन्छु, त्यसपछि नुवाइधुवाइ गरेर एकछिन आराम गर्छु । दिउँसो कुनै कार्यक्रम भए जान्छु, नत्र मानिसहरू आउँछन्, कुराकानीमै दिन बित्छ ।
तर, आफ्ना लागि समय कम भएको महसुस हुन्छ । फुर्सद मिल्यो भने अध्ययन गर्छु । पहिले डाक्टरी पढाइ धेरै गरियो । अहिले भने सामाजिक विषय पढ्छु । म राजनीतिशास्त्रको विद्यार्थी होइन, त्यसकारण त्यस्ता विषयमा बढी ध्यान दिन्छु ।
म सामान्य जीवन बिताउन मन पराउँछु । मेरो अधिकांश समय आफ्नो गाउँ धनुषामा नै बित्छ । त्यहाँ म कहिले साइकलमा हुन्छु, कहिले पैदलै हिँड्छु । सानो क्षेत्रमा पनि किन मलाई गाडी चाहियो र ? तर, अवस्था हेरी गाडी पनि प्रयोग गर्छु । गलत चिज उपयोग गर्ने हाम्रो परिवारमा कसैको स्वभाव छैन । न बुबाको छ न अरूकै । म सर्वसाधारण नै हुँ, त्यस्तै बसाइ हुन्छ, त्यस्तै हिँडाइ पनि ।
मेरो काठमाडौंमा घर छैन, त्यसैले काठमाडौंमा भने बुबासँगै बस्छु । तर, कुनै पनि किसिमले उहाँको नाम दुरुपयोग गरेजस्तो लाग्दैन ।
दबाब धेरै छ
बुबा राष्ट्रपति हुनु मेरा लागि सौभाग्यको कुरा हो । त्यसमा खुसी हुनु स्वाभाविकै हो । तर, राष्ट्रपतिको छोरा भएकै कारण आफ्नो क्षमताभन्दा पनि राष्ट्रपतिसँग जोडेर हेर्दा भने नमजा लाग्छ । उहाँ राष्ट्रपति भएको कारणले मलाई फाइदा नै भएको छैन त भन्दिनँ । तर, मैले फाइदाभन्दा अप्ठ्याराको सामना बढी गरेको छु ।
त्यसो त मैले जति सम्मान पाउनुपर्ने हो, त्योभन्दा बढी नै पाएको छु । त्यसमा दुईमत छैन । तर, व्यावहारिकतामा हेर्दा राष्ट्रपतिको छोरा भएको कारण मलाई धेरै दबाब छ ।
राष्ट्रपतिको छोरा भएकै कारण मलाई हानि-नोक्सानी पनि भएको छ । गत उपनिर्वाचनमा म चुनाव लड्दा मेरा विरोधीहरू थिए, पार्टीभित्र पनि र बाहिर पनि । उनीहरूले अफवाह फैलाए- 'यो राजाको छोरो हो, यसलाई फेरि राजा बनाउने काम गर्नुहँुदैन ।' समय अभावका कारण त्यस्ता अफवाहलाई गलत साबित गर्न सकिएन । त्यसले मलाई धेरै नोक्सान भयो । त्यसवेला मलाई राजाको छोरा भनेर दुःख दिइयो, अहिले राष्ट्रपतिको छोरा भनेर अपेक्षा गरिन्छ । अपेक्षा पूरा गर्न नसक्दा सम्बन्धका हिसाबले नोक्सान पनि भइराखेको हुन्छ ।
राजनीतिको यात्रा
एउटा डाक्टर किन राजनीतिमा हामफाल्यो भन्ने जिज्ञासा मलाई धेरैले राखे । परिवारका सदस्यले चिन्ता जाहेर गर्नु त झनै स्वाभाविकै हो । आजभन्दा तीन वर्ष पहिला, जतिवेला मेरो बच्चा दश वर्षको थियो, उसले पनि मलाई सोधेको थियो, 'बुबा तपाइर्ं किन राजनीतिमा लाग्नुभयो ? तपाइर्ंले डाक्टर भएर नै मानिसको सेवा राम्ररी गरिरहनुभएको थियो नि ।'
मैले त्यसवेला भनेको थिएँ, 'मेरो आफ्नो जिन्दगी र परिवारका लागि डाक्टर हुनु यथेष्ट हो । तर, राजनीतिमा समाजसेवा गर्ने परिधि धेरै छ ।'
राजनीतिलाई यहाँका राजनीतिज्ञले या राजनीति गर्ने व्यक्तिहरूले बर्बाद गरिदिए । त्यसैले पनि यस्तो प्रश्न उठेको हो । राजनीति भनेको समाजसेवा हो, तर यहाँ आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम बनाइयो । त्यही कारण अहिले राजनीतिप्रति धेरै ठूलो वितृष्णा छ । यस्तो माहोलमा म र बुबा डाक्टरी पेसाबाट राजनीतिमा लाग्नु उल्टो संयोगजस्तो देखिन्छ ।
तर, मेरो विचारमा पढेलेखेका र असल मानिस राजनीतिमा आउनु आवश्यक छ । असल मानिस राजनीतिमा आएनन् भने देशलाई कसरी राम्रो बनाउन सकिन्छ र ? आखिर देश चलाउने त राजनीतिज्ञले नै हो ।
हाम्रो देशमा उल्टो भइरहेको छ । जो उत्कृष्ट वा प|mन्ट बेन्चर हुन्छ, ऊ डाक्टर/इन्जिनियर बन्न जान्छ । जो लास्ट बेन्चर हुन्छ, उसको केही ठेगान हँुदैन, उही नै राजनीतिमा लाग्छ । यस विषयमा भने हामीले जापानबाट सिक्नु जरुरी छ । त्यहाँ जो प|mन्ट बेन्चर हुन्छ, ऊ संसद्मा जान्छ । जो छैटाँै/साताँै 'र्यांक'मा हुन्छ, उनीहरू डाक्टर/इन्जिनियर बन्छन् ।






0 comments:
Post a Comment