Sunday, June 16, 2013

धेरै छैन प्रचण्डको हेलिकोप्टर चढ्ने दिन

२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड आइतबार विहान साढे ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलबाट ४ हजाको सहमूहमा यति एयरको विमान चढेर नेपालगञ्ज पुग्नुभयो । त्यसपछि उहाँ नेपालगञ्ज विमानस्थलबाट करिब ३६ किलोमिटरको दूरीमा पर्ने पूर्वी बाँकेको नरैनापुरमा हेलीकोप्टर चढेर पुग्नुभयो । त्यहाँ पार्टीको आमसभामा भाग लिएर उहाँ हेलिकोप्टरबाटै नेपालगञ्ज र्फकनुभयो ।
एमाओवादी अध्यक्षले छोटो दुरीको यात्रामा प्रयोग गर्नुभएको हेलिकोप्टरको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न आलोचनाहरु आएका छन् । नेपाल बन्दको दिन परेको र वषर्ाका कारण बाटो खराब भएकाले आइतबार नरैनापुर पुग्न प्रचण्डका सामु अर्को विकल्प थिएन । तर, प्रचण्ड आफैं यति धेरै खर्च गरेर सो कार्यक्रममा नगई अन्य नेताबाटै आमसभा र पार्टी प्रवेश कार्यक्रम गराइएको भए के हुन्थ्यो ? त्यसो गरिएको भए सो कार्यक्रम यति धेरै महंगो हुने थिएन ।
त्यसो त हेलीकोप्टर चार्टर गरेर पार्टीका कार्यक्रममा सबैभन्दा धेरै डुल्नेमा पर्छन् एमाओवादी नेताहरु । हालै एमाओवादी नेता कृष्णबहादुर महराले पेसिरडाँडामा पेश गरेको संगठनात्मक प्रतिवेदनमा पार्टी ऋणमा डुब्दै गएको र सबै स्थानीय कमिटीहरु आर्थिक संकटमा परिरहेको उल्लेख छ । तर, जतिसुकै ऋणमा परे पनि ऋण गरेर भए पनि घिऊ नै खानुपर्छ भन्ने उपभोक्तावादी संस्कृतिको उदाहरण बनेको छ प्रचण्डको नेपालगञ्ज- नरैनापुर हेलिकोप्टर यात्रा ।
ऋण केले तिर्ने, केले चुनाव टार्ने ?
एमाओवादीका एक मधेसी नेताले दिएको जानकारी अनुसार मधेस ब्यूरो अन्तर्गतमात्रै पार्टीलाई २० लाख भन्दा बढी ऋण लागिसकेको छ । बुनै पनि राज्यसमिति र जिल्ला समितिहरु ऋणबाट मुक्त छैनन् । उत्पादन बढाउने नीति लिएको पार्टीले व्यक्तिको मात्रै नभएर विभिन्न सहकारी र वित्तीय संस्थाबाट पनि ऋण खाएको ती नेता बताउँछन् । यो स्थितिमा आगामी चुनावमा कहाँबाट खर्च जुटाउने भन्ने समस्या पार्टीमा गम्भीररुपमा देखा परेको छ । तर, नेताहरु चाहिँ के गर्दा फजुल खर्च हुन्छ, त्यही नीति अख्तियार गरिरहेका छन् । पार्टीभित्र देखिएको यस्तो फजुल खर्ची नीतिले एमाओवादी पार्टी थप ऋणमा भासिँदै जाने एमाओवादी नेताहरु बताउँछन् ।
धेरै छैन प्रचण्डको हेलिकोप्टर चढ्ने दिन
एमाओवादी अध्यक्ष प्रचण्डले यसरी छोटो दुरीमा हेलिकोप्टर चढेर भाषण गर्न हिँड्ने दिन चाँहि अब धेरै छैन । किनभने चुनावको मिति घोषणा भैसकेको छ , अब चाँडै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छ र त्यसपछि आचार संहिता जारी हुने छ । आचारसंहिता जारी भैसकेपछि कुनै पनि दललले आफ्नो पाटीृको कार्यक्रममा हिँड्दा हेलिकोप्टरको प्रयोग गर्न पाउँदैन ।
गत संविधानसभाको चुनावमा दलका नेताहरुले हेलिकोप्टर प्रयोग गर्न नपाउने, चुनाव प्रचारका लागि एउटा क्षेत्रमा एउटा हलुका सवारी साधन वा गाडी नचल्ने ठाउँमा दुईवटा घोडा मात्रै प्रयोग गर्न पाउने गरी आचार संहिता बनाएको थियो । त्यसैगरी प्रत्यक्षतर्फको एउटा उमेद्वारका लागि साढे ४ लाख रुपैयाँ र समानुपातिको उमेद्वारले ५० हजामात्रै खर्च गर्न पाउने अघिल्लो चुनावमा सिलबन्दी तोकिएको थियो ।
आफैंले मितव्ययी बन्न नजानेको एमाओवादीलाई आयोगले आचारसंहिता जारी गरिसकेपछि पो कम ऋण पर्ला कि ?
यस्तो थियो २०६४ को निर्वाचन आचारसंहित|

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment