Showing posts with label चलचित्र. Show all posts
Showing posts with label चलचित्र. Show all posts

Thursday, July 25, 2013

ट्राफिक नियम सिकाउदै कलाकार, गोगंबु बसपार्कमा आर्यन, केकी र बेनिशाले टाँसे स्टिकर

सिनेमा खेलेपछि त्यसको प्रचारका लागि के के सम्म गर्नु पर्दोरहेछ भन्ने कुरा बल्ल वुझ्दैछन् नेपाली कलाकारहरुले । वुधबार नायक आर्यन सिग्देल र नायिकाद्धय केकी अधिकारी र वेनिशा हमालले नयाँ अनुभुती गरे । चलचित्र ‘महशुश’का तिन कलाकारले गोगंबु बसपार्कमा पुगेर विभिन्न सवारी साधनमा सिनेमाको स्टिकर टाँसेका थिए ।सवारी साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टिकर टाँस्दै गर्दा कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि उपस्थित थिए । ‘तिब्र गती जीवनको क्षती’, ‘सवारी साधन विस्तारै हाँकौ’ लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए ।नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ । गोगबु बसपार्कमा कलाकारहरु पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Tuesday, July 23, 2013

लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

नेपाली सिनेमामा अश्लिलता हाबी हुँदै गएपछि लिम्बुवान चलचित्रकर्मी संघले कडा कदम चाल्ने छनक देखाएको छ । लिम्बुवान चलचित्रकर्मी संघले आइतबार सम्म पूर्वका सम्पुर्ण हलमा पत्र काटी यस्ता सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ । सम्पुर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने गरी निर्माण भएका अश्लिल सिनेमालाई निरुत्साहीत गर्न यस्तो कदम चालिएको अध्यक्ष उदय सुब्बाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

उनले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लिल भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने बताए । अध्यक्ष सुब्बाले सिनेमा भित्रका अश्लिल दृश्यहरु काट्नका लागि निर्मातालाई पनि पत्र काट्ने तयारी भएको जानकारी दिएका छन् ।
चलचित्र सेन्सर बोर्डले चलाउन भनी पास गरेको सिनेमालाई रोक्ने अधिकार तपाइहरुलाई कसरी हुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा उदयले भने, ‘राज्यले सबै काम राम्रो गर्छ भन्ने छैन, कतिपय कामहरु राज्यले पनि गलत गर्छ जुन हामीले सच्चाउनु पर्छ ।’ उनले चलचित्र सेन्सर बोर्डका अध्यक्षलाई आफूहरुले भेटेर लूट, चपली हाइट जस्ता सिनेमा पास गरेर बोर्डले नेपाली सिनेमामा अश्लितता भित्राउन सहयोग गरेको बताएको जानकारी दिए ।
‘देशैभरी यस्ता खालका सिनेमाहरुमा रोक लगाउनु पर्ने हो तर अहिले तत्काल हामीले लिम्बुवान क्षेत्रमा मात्र यस्तो कदम चाल्न लागेका छौ, उदयले भने ।
khalbalinepal.com bata shavar

Monday, July 8, 2013

पहिला रिचार्ज गर्देउ अनि हनिमुन जाने भन्दै डान्स गरिन रेखा थापा (भिडियो सहित )

भारतमा मात्र होइन विश्व बजारमै भोजपुरी चलचित्रको माग दिनानुदिन बढिरहेको छ । भोजपुरी सिनेमाको बजार नेपाली चलचित्रको भन्दा निक्कै ठूलो छ । यसैले पनि नेपालका चर्चित कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् ।

नेपाली सिनेमाका याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।
यस्तै आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी छिन् । असार २५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । बी.एन.बी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा रेखाका अलवा निरजराज पौडेल, शिव आचार्य लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन विरगञ्ज, सितामणी, वुटवल लगायतका क्षेत्रमा गरिनेछ । रेखासँगै अभिनय गर्न लागेका निरजराज भोजपुरी सिनेमाका चर्चित संगीतकार तथा कलाकार हुन् । उनले केही भोजपुरी सिनेममा काम गरिसकेका छन् ।
यसैबिच रेखाले आफै निर्माण गरेको चलचित्र काली पनि भोजपुरी भाषामा डबिङ गर्ने सोच उनको थियो । तर भोजपुरी भाषामा डब गर्दा गीत पुन रेकडिङ गर्नुपर्ने भएपछि रेखा पछि हटेको वुझिएको छ । गीतकै लागि ५ लाख बढिको बजेट खर्च गर्नु पर्ने भएपछि रेखा झस्किएको वुझिएको छ । निरजले अभिनय गरेको चलचित्र बबालको गीत यस्तो छ :

आर्मीको हेलिकप्टर चलाउदै निशा

काठमाडौं, असार २४ भिमदत्त सुटिङमा व्यस्त अभिनेत्री निशा अधिकारी सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिया छिन् ।मिसन पैसा डेव्यु यि बाला हिरोईनले आफ्नो फेसबुक वालमा आर्मीको हेलिकप्टर चलाएको तस्बिर अपलोड गरेकी छिन् । हेलिप्याडमा खिचाइएको तस्बिर अपलोड गर्दै निशाले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, ‘डडेलधुराको आर्मी क्याम्पदेखी कोहलपुर सम्मका पाँच तस्बिर ।’निशाले फेसबुकमा अपलोड गरेको तस्बिर फिल्म भिमदत्तको लागी हो ? भन्ने प्रश्नमा निर्माता नवल खड्का बोल्न चाहेनन् । फिल्मीखबरसँग उनले छोटो जवाफ दिए- ‘सुटिङ भैरहेको स्थलमा कर्णेल साथीहरु हेलिकप्टर लिएर भेट्न आउनु भएको थियो ।

Sunday, July 7, 2013

अश्लील भनिएको चलचित्र “एटिएम” पुन प्रदर्शन हुने / फेरी प्रोमो चर्चामा

अश्लील सिनेमाको दाग लागेर प्रदर्शनमा बन्देज गरिएको चलचित्र



‘एटिएम’ फेरी दर्शकमाझ आउने भएको छ। निर्माता दिनेश थापाले आफ्नो चलाह्चित्र रिलिज
गरी पाउँ भनेर पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए।अदालतले ‘एटिएम’लाई पूर्ववर्ति सेन्सरको नियम पालना गर्दै प्रदर्शनमा आउन ‘स्टे अर्डर’
जारी गरेको छ। यसरी पुनरावेदन अदालतबाट सिनेमा प्रदर्शनको आदेश पाए
पछि निर्माता एवं अभिनेता दिनेश थापाले आफ्नो फिल्म साउन ११ मा रिलिज गर्ने
जानकारी दिएका छन्। ‘एटिएम’ निर्देशन यादव सिलवालले
गरेका हुन्। चलचित्रले अदालतबाट न्याय पाएको उनले बताएका छन। यो चलचित्रलाई
अश्लील भएको भन्दै प्रदर्शन भएको पहिलो दिन नै सिनेमा हलबाट
हटाइएको थियो। त्यसपछि यो सिनेमाले प्रदर्शनी हुने अवसर पाएन।

आफ्नो फिल्ममाथि लागेको प्रतिबन्ध हटाउन यो फिल्मका निर्माता एवं अभिनेता दिनेशले
थुप्रै प्रयास गरेका थिए। अन्ततः उनको यो प्रयास अहिलेसम्म मुर्त रुप लिएको छ।
khabarserofero bata shavar

Wednesday, July 3, 2013

प्रमिलाको पावरफुल बैंशसँग खेल्दै आर्यन (भिडियो सहित)


यहि असार २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'दबाब'मा आर्यन सिग्देल आईटम गीतमा प्रमिला खनालसँग दिल खोलेर नाचेका छन् । 'मेरो पावरफुल बैंशको झट्काले' बोलको गीतमा आर्यन र प्रमिलालाई गम्भिर बिष्टले बिभिन्न स्टेपमा नचाएका छन् । दीपक शर्माको संगीत तथा राज सरगमको शब्द रहेको प्रस्तुत डान्सिङ नम्बरमा शिवानी मोक्तान र कृष्ण काफ्लेले स्वर दिएका छन् । दयाराम दाहाल निर्देशित 'दबाब'मा आर्यन सिग्देल र निता ढुङ्गाना मुख्य भुमिकामा छन् । लभ स्टोरीमा आधारित 'दबाब'मा अनिता महर्जन निर्माताको रुपमा छिन् भने प्रस्तुतकर्ता भानु महर्जन हुन् ।

Tuesday, July 2, 2013

बेनिशासँग बिहे गरेपछि आर्यनसँग रिसाइन् केकी अधिकारी

बेनिशासँग बिहे गरेपछि आर्यनसँग रिसाइन् केकी (फोटो फिचरसहित) वास्तविक जीवनमा त नायक आर्यन सिग्देल अविवाहित नै हुन् । तर उनले चलचित्रको पर्दामा भने नायिका बेनिशा हमालसाग बिहे गरेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बेनिशा र आर्यनको बिहे भएको देखाइन्छ । तर आर्यनले अर्की नायिका केकी अधिकारीसाग पनि चक्कर चलाएका छन् । यसैले पनि चलचित्र ‘महशुश’ यतिबेला चर्चा र कौतुहलतामा रहेको छ । असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् । चलचित्र ‘महशुश’ आर्यन सिग्देलका लागि निक्कै महत्वपुर्ण छ । गतबर्ष २ वटा सिनेमा असफल भएकाले पनि आर्यन एक सफल सिनेमाको खोजीमा छन् । अर्कोतिर नायिका हमाल र अधिकारीका लागि पनि ‘महशुश’ महत्वपुर्ण रहेको छ । केकी र वेनिशाले सिने नगरीमा आएपछि खासै सफल चलचित्र दिन सकेका छैनन् । तर पनि आर्यन, केकी र वेनिशा दर्शकको रोजाइको कलाकारमा पर्छन् । यसैले पनि ‘महशुश’लाई दर्शकले मन भित्रैबाट महशुश गर्ने निर्माणपक्षको विश्वास छ ।

फिल्मको प्रोमो हेर्नको लागि तलको भिडियो मा क्लिक गर्नुहोस

नेपालमा हिन्दी फिल्मको घोषणा, नेपाली निर्देशकले निर्देशन गर्ने

बलिउडको मुलधारको सिनेमाको घोषणा नेपालमा भयो भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर मंगलबार हिन्दी चलचित्र ‘तेरे इश्क मे’को औपचारिक घोषणासँगै यसको चर्चा चल्न थालेको छ । इन्ड्रेस खान र अजहर खानको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई नेपाली सिनेमाका चर्चित निर्देशक कमलकृष्णले निर्देशन गर्न लागेका हुन् ।


चलचित्रमा केही नेपाली र केही भारतिय कलाकारहरुको अभिनय रहने बताइएको छ । करिब ९ करोडको बजेटमा तयार हुन लागेको यो चलचित्रमा सुशान्त सिंह, शदसिभा अम्रापुरकर, रीना रोय, समिर खान, रेहिशा रेग्मी, बाशु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा भारतिय सिनेमाका चर्चित कलाकार शक्ती कपुरले पनि अभिनय गर्ने निर्देशक कमलकृष्णले जानकारी दिए ।
आफू नेपाली माटो बाटै हुर्केकाले चलचित्रको जानकारी सबैभन्दा पहिला नेपाली दर्शकलाई दिन जरुरी ठानेकाले पत्रकार सम्मेलन आयोजना गरेको भनाई निर्देशक कमलकृष्णको छ । चलचित्रमा अजहर खानको पटकथा, संवाद र कथा छ । यस्तै चलचित्रमा रेहान खानको संगीत, चन्द्र पन्तको द्वन्द्व रहने पक्का भएको छ ।चलचित्रको छायांकन भारतका रमणिय स्थानका साथमा नेपालको रारा तालमा पनि गरिने निर्माणपक्षले बताएको छ । पूर्णतया प्रेमकथामा आधारित यो चलचित्रको घोषणा कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता पप्पु, चलचित्र निर्माता संघका सचिव छविराज ओझा, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, पत्रकार सन्दिप सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
‘रावण’ चलचित्रबाट आफ्नो निर्देशकिय क्षमता पस्केका निर्देशक कमलकृष्णले बलिउड सिनेमाको निर्देशन आफ्नो लागि नयाँ फड्को भएको बताए । चलचित्रको छायांकन अक्टोबरबाट गरिनेछ ।

Monday, July 1, 2013

पहिलो छोरी दशैंमा जन्माउँदैछु: रेखा थापा

शोषित, पीडित र पछि पारिएका नारीको शक्ति स्वरुपा हो काली । अब नारी कुनै कुरामा पछि छैनन्, सधै दासी बनेर बस्ने दिन गए ।’
शनिवार दिउँसो बुढानिलकण्ठको मह स्टुडियोमा नायिका रेखा थापा बन्दुक तेर्साउदै यही भनिरहेकी थिइन् । अहिले चलचित्र कालीको सुटिङ चलिरहेको छ जसमा रेखा थापाको मात्र लगानी छ ।
छवि ओझासँग पारिवारिक र ब्यवसायिक सम्बन्ध तोडेकी रेखाले आउँदो दशैंमा छविको चलचित्र ‘लोफर’ सँगै प्रदर्शन हुनेगरी ‘काली’ शीर्षकमा चलचित्रको निर्माण गरिरहेकी छिन् । उनै रेखा थापासँग सुटिङ्ग स्पटमै उज्यालो अनलाईनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी:
चलचित्र ‘काली’ले के बोल्छ ?
कालीले आम नेपाली महिलाको पिडा बोल्छे । उ एउटा सशक्त महिला हो । हेपिएका, पछाडि पारिएका महिला, अवाजविहीन महिलाको कथा हो काली । परिआएको खण्डमा एउटी नारी काली बनेर समाज परिवर्तन गर्न पनि पछि पर्दिन, यही नै कालीले बोल्छे ।
सामाजिक तिरस्कारमा होइन कि सबै महिला सशक्त भएर बाँच्नुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।
काली त तपाईको पहिलो छोरी होइन त ?
पक्कै पनि । रेखा थापाले आठ बर्षको दौरानमा रेखा फिल्मस्को ब्यानरबाट धेरै छोराहरु जन्माई । यो कुरा त सबैलाई थाहा छँदै नै छ । अजम्बरी नाता, हिम्मत, किस्मत, रावण देखि हमेशासम्म आइपुग्दा छोराहरु जन्माएकी मैले पहिलोपटक एउटी छोरी जन्माउँदैछु, त्यो काली हो ।
काली यतिबेर गर्भमा छिन् अब दशैंमा स्वस्थ रुपमा जन्मिन्छिन्, सबैको प्यारो बन्नेछिन् । मानिसहरु ढिलो होस छोरो होस् भन्छन् तर म भन्छु ढिलो होस छोरी नै होस् । अझ काली नै होस तर सबैको प्रिय होस् ।
छवि बिनाको काली कस्तो होला ?
हेर्नुस, काली या गोरी सबैको आआफ्नै छवि हुन्छ । फेरि कालीलाई धर्मशास्त्रमा जुन किसिमले ब्याख्या गरिएको छ, त्यो आफैंमा सशक्त छ । मैले आफ्नो तर्फबाट चलचित्रको लागि रातोदिन मेहनत गरिरहेकी छु ।
र, तपाईले अर्को छवि (ड्याडी) को कुरा गर्न खोज्नुभएको हो भने एउटा महिला पुरुष बिना काली बन्न सक्छे तर एउटा पुरुष महिला बिना लोफर बन्न पनि सक्छ । अब तपाई आफै मुल्याँकन गर्नुस् कालीलाई छवि चाहिन्छ या चाहिदैन ?
‘काली’लाई ‘लोफर’सँग भिडाउने नै हो ?
चलचित्र रिलिजको डेट कसैको पेवा होइन । आफ्नो हिसावले म पनि चलचित्र चाँडै रिलिज गर्ने भनेर काम गरिरहेकी छु । लोफरसँग नै भिडाउनु भन्दा पनि हलको उपलब्धता र रिलिजको उपयुक्त डेटको हिसावले संयोग पर्न सक्छ ।
अब भिड्नु नै परेछ भने पनि के फरक पर्‍यो र ? काली लोफरसँग जुध्छे । हिजो कत्रा कत्रा राक्षसहरुको त विनाश गरि कालीले भने लोफरसँग किन डराउनु पर्‍यो र ?
ड्याडी (छवि) को माया लाग्दैन ?
अफकोर्स । छवि आफ्नो ठाउँमा हुनुहुन्छ, ब्यवसाय आफ्नो ठाउँमा हुन्छ । सम्बन्ध र ब्यवसाय अलग अलग पाटा हुन् । ब्यवसायमा आफ्नै आमाबुवासँग त प्रतिस्पर्धा हुन्छ भनें उहाँसँग मेरो प्रतिस्पर्धा हुनु कुनै नौलो कुरो होइन । फेरि प्रधिस्पर्धा देखि डराउने मानिस पनि होइन रेखा थापा ।
आर्यन सिग्देल इन्ट्री भएपछि छविसँग तपाईको ब्यबवायिक सम्बन्ध सकिएको हो ?
त्यस्तो होइन । म नारीप्रधान चलचित्रमा मात्र काम गर्छु । चलचित्रको लिड रोल मेरो नै हुनुपर्छ । हिरोको वरिपरि नाच्ने रोल गर्ने चाहना अव छैन ।
उहाँको चलचित्रमा मेरो लिड रोल नहुने भएरै काम नगरेको हो । फेरि, आर्यन, सार्यन को को इन्ट्री गर्‍यो भन्ने कुराले मेरो लागि त्यति महत्व राख्दैन । ड्याडी (छवि) लाई म रेस्पेक्ट गर्छु, तर पनि ब्यवसायिक सम्बन्धमा सधैं एकैनाश हुन्छ भन्ने छैन । उहाँले मलाई धेरै कुरा सिकाउनुभएको छ त्यसको लागि म सधैं आभारी हुनेछु ।
पछिल्लो समयमा तपाईका कुराको धेरै आलोचना हुने गरेको छ नि ?
त्यसलाई म आलोचना भन्दिन । सञ्चारमाध्यम र दर्शक स्रोतको मायाको रुपमा लिएकी छु । मलाई बदनाम गराउन त्यसो गरिएको हो भन्ने लाग्दैन । राम्रो नराम्रो जे जस्तो कुरा भएता पनि त्यसले मलाई सञ्चारमाध्यममा राम्रै स्थान दिइरहेको छ ।
मनमा मेरो पाप छैन । मनमा जे लाग्छ त्यही बोल्छु, क्षणिक रुपमा त्यसले कसैलाई चोट पुगे जस्तो होला तर कालान्तरमा रेखा सही हो भन्ने बुझ्नुहुनेछ । र अर्को कुरा, सञ्चारकर्मीहरुले मलाई साहै्र माया गर्नु हुन्छ, त्यसैले मेरो सानो सानो कुरा पनि वहाँहरुले निगरानीमा राखिदिनुभएको हो ।
करियरको पिक पोइन्टमा एकीकृत माओवादीमा प्रवेश गर्नुभयो, तपाई अब
एउटा पार्टीकी मात्र नायिका हो ?
कुनै पनि पेशामा आवद्व भएको मानिसको पेशा एक ठाउँमा हुन्छ विचार र आस्था भनेको आफ्नो ठाउँमा हुन्छ । मलाई भोली समाज र देशको सेवा गर्न कुनै पनि प्लेटफर्म त चाहिन्छ नै ।
कुनै विचारसँग आवद्व भएर अगाडि बढ्नुपर्ने नै हुन्छ । त्यसैले मेरो विचार पनि मिलेकोले म एमाओवादी पार्टीमा प्रवेश गरेकी हुँ । फेरि, रेखा स्वार्थी केटी पनि होइन कि आफ्नो स्वार्थ पुर्ति गर्नको लागि उसले पार्टी प्रवेश गरोस् । देश र जनताको सेवा गर्नकै लागि भनेर यो कदम उठाएकी हुँ ।
तर पर्दाभित्रकी रेखा सबैको हो भन्न चाहन्छु । मलाई सबै पार्टी र विचारधारा भएका दर्शकको साथ र मायाले गर्दा नै आज म यो स्थानसम्म आएकी हँु । पार्टी प्रवेश गरें भन्दैमा इन्डष्ट्री छोडीहाल्ने पनि होइन । चलचित्र क्षेत्रबाटै सबैको मन जित्नेछु । ढुक्क हुनुहोस् पर्दाकी रेखाले राजनीति गर्दिन ।
कालीमा पनि पार्टीकै पैसा लगानी भएको सुनिन्छ नि ?
रेखा थापाले चलचित्र खेल्न थालेको १२ बर्ष भईसक्यो । यो अवधिमा मैले सयौं चलचित्रमा काम गरिसके । सबैले आज नम्वर वान नायिका पनि भन्छन् । चलचित्रमा काम गरेको पनि अरुभन्दा राम्रै पारिश्रमिक लिन्छु ।
जाबो एउटा चलचित्र बनाउने तीस चालिस लाख रुपैयाँ रेखा थापासँग छैन होला त ? तपाई आफै अन्दाज लगाउनुस् । कुरा काट्नेहरुले जे पनि भन्छन् । रेखाले एमाओवादी पार्टी प्रवेश गर्‍यो भन्दैमा चलचित्रमा पार्टीको लगानी छ भन्नु सरासर झुट हो । ढुक्क हुनुहोस्, चलचित्र काली रेखा थापाको मेहनतको कमाईबाट बनेको हो ।
तपाई संविधान सभाको चुनावमा उठ्दै हुनुहुन्छ हो ?
रेखाको मनमा पनि अभिनेत्रीबाट नेतृ बन्ने चाहना त छ तर अहिलेनै के होला भन्न सक्ने स्थिति छैन । चलचित्र काली सुटिङको दौरान तराईका विभिन्न क्षेत्रहरुको भ्रमण गरेकी छु । सबैले हामै्र क्षेत्रबाट चुनाव लड्नुस् भन्नुहुन्छ । यो देख्दा निक्कै खुशी भने लाग्छ ।
आखिर यो त उहाँहरुको म प्रतिको माया हो नि । यदि पार्टीले योग्य सम्झेर जिम्मेवारी दिएको खण्डमा भने जिम्मेवारी लिन तयार छु
khalbali nepal .com bata shavar

Sunday, June 30, 2013

कसले गर्ला त ‘मिसकल’ ?

किशोर चौधरी र राजु केसीको संयुक्त लगानीमा चलचित्र ‘मिसकल’ बन्ने भएको छ । चलचित्रको गीत रेकडिङ कार्य सुरु भएको आयोजकले जनाएको छ । राकी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई किशोर चौधरीले निर्देशन गर्न लागेका हुन् । चलचित्रका लागि कलाकार तय भइनसकेको बताइएको छ ।गायिका मिलन अमात्य र गायक मनोज महत्तोले ‘तिम्रो हेराइले लठ्ठै बनायो, के जाँदु गर्यौ मलाई क्रेजी बनायौ’ बोलको गीतमा आवाज दिएका छन् । चलचित्रको छायांकन असारको अन्तिम साताबाट हुनेछ । चलचित्रमा इलाम, जोमसोम, चितवन लगायतका रमणिय स्थानहरु देख्न सकिनेछ ।

दीपिका आएपछि रणवीरले लत्याए कटि्रनाको डेटिङ अफर

यतिबेला नायक रणवीर कपुर र नायिका कटि्रना कैफबिच राम्रै खिचडी पाकेको बताइएको छ । यि दुई बिचको सम्बन्धले फेरी एकपटक मिडियामा चर्चा पाउन थालेको छ । तर हालै मात्र एक पार्टीमा नायिका कटि्रना कैफ र नायक रणवीर कपुर बिच लफडा भएको खबर बाहिरिएको छ ।नायक अर्जुन कपुरको जन्मदिनको पार्टीमा पुगेका कटि्रना र रणवीर रमाइरहेका थिए । तर कटि्रनाले नायिका दीपिका पादुकोण पार्टीमा प्रवेश गरेपछि केही असहज महशुश गरिन् र रणवीरलाई बाहिर घुम्न जान आग्रह गरिन् । तर रणवीरले कटि्रनाको आग्रहलाई सोझै लत्याउँदै एक्लै जान भनेका थिए । रणवीरसँग केही समय वादविवाद परेपछि कटि्रना एक्लै बाहिर निस्किएको बताइएको छ ।
कटि्रना र दीपिका रणवीरका पूर्व प्रेमिका हुन् । यसैले पनि दीपिका र कटि्रना बिच खासै राम्रो सम्बन्ध छैन । दीपिकासँग टाढिएपछि रणवीर फेरी कटि्रनासँग निकट रहेको बताइन्छ । तर पार्टीमा आफ्नो आग्रहलाई लत्याएपछि कटि्रना रणवीरसँग चिढिएकी हुन् ।

Friday, June 28, 2013

सेक्स मनपराउने हिरोइन र निखिलको जुहारी

शुक्रबार नेपाली चलचित्र प्रदर्शनमा आउने प्रथालाई पछ्याउँदै आजबाट २ सिनेमा प्रदर्शनमा आएका छन् । शंकर आचार्यको निर्देशनमा राज आचार्यको प्रस्तुती रहेको चलचित्र ‘लभ फरेबर’ले देशभरका हल पाएको हो । सेक्स र प्रेमको कथालाई रोमाञ्चक तबरले प्रस्तुत गरिएको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल र गजित बिष्टको मुख्य भूमिका छ । चलचित्रमा नायिका घिमिरे ‘आइ लभ सेक्स’ भन्दै दर्शकमाँझ आएकी छिन् ।
यस्तै शुक्रबारबाट नै स्वर्गीय निर्देशक दिपक रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ स्टोरी २०६६’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा निखिल उप्रेती, अर्जुन कार्की, संचिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा नायिका पुजा लामाले एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । नायक निखिल उप्रेतीले पुन नेपाली सिनेमा नखेलेको खण्डमा यो चलचित्र नै अन्तिम हुने देखिएको छ ।

Sunday, June 23, 2013

निखिलले गर्ने भए हिन्दी फिल्मको निर्देशन

नेपाली नायक निखिल उप्रेतीले हिन्दी फिल्मको निर्देशन गर्ने भएका छन् । निखिल स्वयम् मुख्य भुमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी फिल्मको नाम 'कमिटमेन्ट' जुराइएको छ ।

फिल्मको कथा/पटकथा स्वयम निखिलले लेखेका हुन् भने संवाद नैम र इजाजको छ । भारतीय फिल्म निर्माण कम्पनी ईन्सीपिरेश्नल इनोभेशनको लगानी रहने 'कमिटमेन्ट'मा अधिकांश भारतिय कलाकार रहनेछन् । एक्सन हिरो उप्रेतीले फिल्म निर्देशन बारे भने- 'फिल्म निर्देशनको अभ्यासमा विगत २ वर्ष देखी अभ्यस्त थिएँ । मेरो फिल्मले काठमाण्डौदेखी मुम्बईसम्मको कथा भन्नेछ ।'

हिरोइन फाइनलको क्रममा रहेको कमिटमेन्टमा भारतीय कलाकार राज जुत्सी, आर्यन वैध, यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ । जुलाई २ तारिखबाट विरगञ्जदेखी प्रारम्भ गरिने फिल्मको छायाँकन काठमाण्डौ, पोखरा, दुबई, बैङ्कक र मुम्बईमा हुनेछ । केही महिना अघि लोकेशन हन्टिङका लागी मुम्बईबाट नेपाल ब्याक भएका निखिलले फिल्मलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए ।



नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भएपनि अधिकांश प्राविधिक भने भारतीय नै रहने बताइएको छ । फिल्म कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ । फिल्मको बजेट आइसी ९ करोड छुट्याइएको छ ।



नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरे पश्चात निखिल बलिउड करिअरको लागी मुम्बई प्रस्थान गरेका थिए । मुम्बई प्रस्थानसँगै निखिलको नेपाली फिल्मी करिअरले लभगभ विश्राम लिएको छ । नेपाली दर्शकको माग हुँदाहुँदै मुम्बई प्रस्थान गरेका निखिललाई कमिटमेन्टले बलिउड फिल्म उद्योगको कुन दर्जा दिन्छ ? प्रतिक्षाको विषय हुनेछ । नेपालमा राम्रै सेल भएका निखिललाई बलिउड प्रवेशको लागी शुभकामना !

हेर्नुहोस सुष्माको उध्रेको चोली पछि फरिया छोटो

सुष्मा कार्कीलाई अभिनय भन्दा पनि आइटम नम्बरमा दर्शकले बढी नम्बर दिएका छन् । लुटमा उध्रेको चोली लगाएर चर्चित बनेकी उनको यतिबेला भने फरिया छोटो भएको छ । फरिया छोटो भएकै कारण जवानी नछोपिएको गुनासो गरिरहेकी पनि छिन ।


आफैले अभिनय गरेको सेक्सी चलचित्र बिन्दासको सिक्वेलमा उनको यस्तो गुनासो सुनिने छ । उक्त गीतमा उनले कामुक छबि कायम राख्ने कोसिस मात्रै गरेकी छैनन सिक्वेलमा झन् सेक्सी देखिने प्रयास गरेकी छिन । केहि दिन अगाडी मात्रै एक डान्स रेस्टुरेन्टमा छायांकन भएको आइटम नम्बरमा उनले नृत्यमा निखार ल्याउने सक्दो प्रयास गरेको देखिन्थ्यो । तर मोटाएको कम्मरले गर्दा फरियाले जवानी होइन भद्दा पेट चाँही छोप्न नसकेको देखिएको छ ।

Saturday, June 22, 2013

बेडसिन दिएपछि किन रोइन् पुजना ? (भिडियो)

‘म रोए धेरै’ भन्दै नायिक पुजना स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्‍यो, कौतुहलताको बिषय बनेको छ ।राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’ मा पुजना स्त्रिको यस्तै २ भिन्न रुप देख्न सकिनेछ । चैत्र ९ गतेबाट एकसाथ देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले राष्ट्रियता बोलेको निर्देशक गिरीको दाबी छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा चलचित्रका सम्पुर्ण कलाकारलाई देख्न सकिनेछ । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की, पुजना स्त्रि, सारिका घिमिरे र स्वयंम निर्माता बस्नेतको अभिनय हेर्न सकिन्छ ।

रातो ब्रा नलगाएपछि फोकस भइनन् नायिका

चलचित्र ‘राहादानी’को एक दृश्यमा नायिका बिनिता घिमिरेले ब्रा लगाउन नमानेपछि विवाद उत्पन्न भएको रहस्य खुलेको छ । चलचित्रमा समावेश एक दृश्यमा नायिकाले रातो ब्रा लगाउने सहमती गरेपनि छायांकनको समयमा भने असहमती जनाएपछि विवाद भएको हो ।यसबारेमा निर्देशक डब्बु क्षेत्रीसँग वुझ्दा उनले रिहर्सलमा नायिकाले ब्रा नै लगाएपनि दृश्य छायांकन गर्दा नमानेको बताए । सिनेमाका लागि संझौदा गर्दा नायिका घिमिरेले लगाउने सहमती गर्दै रातो रंगको ब्रा किनेकी थिइन् । तर छायांकनको समयमा उनले ब्रा लगाउन नमानेपछि निर्देशकले नायिकालाई फोकस गर्न नसकेको बताए । दृश्यको छायांकन पश्चात नायिकाले आफूलाई कसैले मिस गाइड गरेको भन्दै सरी भनेको निर्देशक क्षेत्रीले अनलाइनखबरलाई बताए ।
‘जुन सुन्दरता र मादकता उहाँमा देखिनुपर्ने थियो, त्यो देखिएन यसैले घिमिरे जीलाई फोकस गर्न सकिएन’, निर्देशकले भने । तर अहिले नायिकाले यस बिषयमा सहमत जनाइसकेकाले पुन दृश्यको छायांकन हुनसक्ने बताइएको छ ।
‘बाल्यकालदेखिको आफ्नो प्रेमी मलेसिया जानु अघि आयोजना गरिएको पार्टीमा नायिकाले हिरोलाई सेक्सका लागि अपिल गर्नु पर्ने दृश्य थियो । यसैले नायिका घिमिरे केही उत्तेजक हाउभाउँमा प्रस्तुत हुनुपर्ने भएपनि रातो ब्रा नलगाएपछि उनको शरीरमा कुनै सुन्दरता देखिएन र फोकस नायकलाई गर्नुपर्‍यो’, निर्देशकले भने । लक्ष्मी ढकालको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।

Friday, June 21, 2013

सेक्स र रोमान्स भर्सेज पैसा

शुक्रबार अर्थात असार ७ गतेबाट २ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमध्ये चलचित्र ‘अपि्रल फूल’ले केही राम्रो व्यापार गर्ने आशा गरिएको छ । बिनोद लामिछानेको निर्माणमा भद्र भुजेलले निर्देशन गरेको यो चलचित्रमा सुमिना घिमिरे, महिमा सिलवाल, बिनोद न्यौपाने, कुमार लामिछाने, मनोज लामिछाने लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले अपि्रल फूलमा रमाइलो गर्दा निम्तने एउटा घटनालाई प्रस्तुत गरेको छ । चलचित्रमा नायिका घिमिरे र सिलवालको केही उत्तेजक दृश्य पनि देख्न सकिन्छ । यस्तै शुक्रबारबाट नै चलचित्र ‘ढुकुटी’ पनि प्रदर्शनमा आएको छ । झरना थापा, धिरेन शाक्य, पि्रया रिजाल लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले पैसा कमाउने लोभमा मानिस कसरी ढुकुटीमा फसिरहेको छ भन्ने कथालाई उठान गर्न खोजेको छ ।

यसरी बेचिन्छन् ‘हाम्री चेली’ (भिडियो)

चेलिबेटी बेचबिखनको समस्याले नेपालमा जरो गाडेको लामै समय भैसकेको छ । तर यसको उचित समाधानको उपाँय अझै पनि निकाल्न सकिएको छैन । यसबिषयमा सरकारी स्तरबाट सचेतनाको कार्यक्रम पनि निक्कै कम हुने गरेका छन् । तर चलचित्रमा यस्ता बिषयलाई उठान गरेर चलचित्रकर्मीले सचेतना जगाउने प्रयास गरेका छन् ।
मनिष पन्थको निर्देशनमा तयार भएको चलचित्र ‘हाम्री चेली’ले पनि यस्तै बिषयलाई उठान गरेको छ । भदौ २१ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँन लागेको यो चलचित्रले नेपालमा हुने गरेको चेलिबेटी बेचबिखनको बिषयलाई उठान गरेको निर्देशक पन्थले जानकारी दिएका छन् ।
बाबुराम घिमिरेको समेत निर्देशन रहेको यो चलचित्रलाई बेनिप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अन्जु निरौला, शित्तल केसी, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी, प्रदिप ढकाल, किरण चित्रकार लगायतका कलाकारले अभिनय गरेका छन् । नौतुना, देहरादुन लगायतका क्षेत्रमा छायांकन गरिएको ‘हाम्री चेली’लाई नेपाली महिलाहरुले मनपराउने विश्वास निर्माणपक्षको छ । चलचित्रमा बाबुराम घिमिरेको लेखन, मनिष पन्थको छायांकन, कस्तुप पन्त र सुरेश सेन्चुरीको संगीत छ ।
यसैबिच निर्माणपक्षले चलचित्रको प्रोमो र गीत सार्वजनिक गरेको छ
               प्रोमो हेर्न तल क्लिक गर्नुहोस