Saturday, June 29, 2013

केकीले भनिन्, ‘राजेश हमालले बिहेको प्रस्ताव गरे सोच्नै पर्छ’

नेपाली सिनेमाका चर्चित नायक राजेश हमाल यतिबेला बिहे गर्ने तयारीमा छन् । उनी आफ्नी प्रेमिका मधु भट्टराइसँग बिहे गर्ने तयारीमा जुटेका छन् । राजेश र मधुको बिहेको चर्चाले यतिबेला सिंगो सिने नगरी मै चर्चा कमाएको छ ।तर नेपाली सिनेमाकी चर्चित नायिका केकी अधिकारी भने नायक राजेश हमालले बिहेको प्रस्ताव राखे एकपटक सोच्ने बताउँछिन् । अनलाइनखबरसँगको एक विशेष कुराकानीमा केकीले भनिन्, ‘राजेश हमालले प्रस्ताव गरे एकपटक सोच्नै पर्छ ।’
आफ्नो प्रेमी नरहेको बताउने केकी कुनै पनि युवतीलाई जस्तै आफूलाई पनि आफ्नो हुनेवाला श्रीमान् असल होस् भन्ने चाहना रहेको बताउँछिन् । केकी भन्छिन्, ‘म अहिले सम्म प्रेममा परेको छैन तर राम्रो बोल्ने मानिससँग चाडै नै आकषिर्त हुन्छु ।’ मायामा नपरेकी केकीको प्रेमको बिषयमा आफ्नै वुझाई छ । उनी भन्छिन्, ‘जीवनमा कसैसँग प्रेममा परेपछि कोही छ भन्ने अनुभुती हुन्छ ।’ ‘आफ्नो सुख र दुखको कुरा साट्ने साथी छ भन्ने लाग्छ’, केकीले भनिन् ।
नायिका केकी अधिकारीसँग गरिएको विशेष कुराकानी केही दिनमा अनलाइनखबरमा प्रकाशन हुनेछ ।

नया प्रेमिकाको साथ एयरपोर्टमा सलमान खान, सुटुक्क होटलमा

यतिबेला बलिउडका अविवाहित नायक सलमान खान एक युवतीस“ग डेटमा रमाइरहेका छन् । रोमानियाकी नायिका लुलियास“ग सलमान डेटमा रमाइरहेको खबर आएतापनि उनीहरुलाई स“गै देखिएको भने थिएन । तर हालै मात्र ‘मेन्टल’को छायांकनको क्रममा सलमान र लूलियालाई हैदराबाद एयरपोर्टमा देखिएको छ । भारतिय संचारमाध्यका अनुसार फ्लाइटमास“गै रहेतापनि मिडियाबाट बच्नका लागि सलमान र लूलिया छुट्टाछुट्टै रुपमा बाहिर निस्किएका थिए ।
मिडियाको अघि सलमानले पोज दिएका थिए भने लूलियाले क्यामेरास“ग आफ्नो अनुहार लुकाएर अघि बढेकी थिइन् । सलमानले होटलसम्म पुग्नका लागि एक लक्जरी कार बुकिङ गरेको बताइएको छ । तर सलमान भने उक्त लक्जरी कारमा चढेका थिएनन् ।

ब्लू फिल्म खेलेर मलाई कुनै पछुतौ छैन : सन्नी लियोनी

पोर्न फिल्मको दुनिया“बाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । भारतिय संचारमाध्यमस“ग विशेष कुराकानी गर्दै सन्नीले भनिन्, ‘मैले पोर्न दुनिया“बाट आफ्नो करिअर सुरु गरे पनि मलाई कुनै गुनासो र पछुतो छैन ।’उनले आफ्नो करिअर बलिउडमा सफलताका साथ अगाडी बढेकोमा खुशी व्यक्त गर्दै भनिन्, ‘मलाई नया“ ठाउ“मा आएर पनि दर्शकले साथ दिनुभयो, यसमा आभार व्यक्त गर्न चाहन्छु ।’
सन्नीले आफूलाई मन नपराउने भन्दा मन पराउनेको संख्या धेरै भएको भन्दै बलिउड आफूलाई पहिले देखि नै मनपर्ने खुलाएकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न र एउटा उचाई हाशिल गर्न आफूलाई निक्कै अप्ठ्यारो भएको सन्नीको भनाई छ ।
online kahbar bata sabhar

खानेपानीमा समेत शुरु भो हडताल

असार, काठमाडौं । काकाकुल शहर भनेर चिनिने काठमाडौं उपत्यकामा अत्यावश्यक खानेपानीमा समेत हडताल शुरु भएको छ । खानेपानी व्यवसायीहरुले बिहीबारदेखि अनिश्चितकालनीनरुपमा खानेपानीको बिक्री बितरण ठप्प पारेपछि उपत्यकामा खानेपानीको अभाव हुन थालेको हो । उपत्यकामा पानी व्यवसायीहरुले कुल मागको झण्डै ७० प्रतिशत पानी आपूर्ति गर्दै आएका छन् ।
‘राजधानीबासीलाई पानी खुवाउँदै आएका व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको छ’ संयूक्त संघर्ष समितिका संयोजक विष्णु दाहालले भन्नुभयो- ‘हामीले जायज मागहरु राखेर सरकारलाई पटक-पटक ध्यानकर्षण गराउँदा पनि सरकारले अटेर गरेपछि बाध्य भएर पानीको बिक्री बितरण ठप्प पारेका हौं ।’काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) का अनुसार अहिले राजधानीमा दैनिक ३७ करोड लिटर पानीको आवश्यकता रहेको छ । केयुकेएलले दैनिक १४ लाख लिटर खानेपानीको आपूर्ति गर्दै आएको बताउँदै आएको छ । त्यसमा पनि ३० प्रतिशत पानी चुहावट हुने गरेको केयुकेएलको अनुमान रहेको छ ।
खानेपानी अतिआवश्यक वस्तु मानिन्छ । राजधानीमा पानीको अधिकांश माग थेग्दै आएका व्यवसायीहरुले विभिन्न मागहरु राखेर वैशाखदेखि आन्दोलनमा उत्रिएका थिए । माग पुरा नभए पानीको आपूर्ति ठप्प पार्ने चेतावनी दिँदै आएपनि सरकारले त्यसतर्फ ध्यान नदिएका कारण अहिले व्यवसायीहरुले अत्यावश्यक वस्तु पानीको आपूर्ति ठप्प पारेको उपभोक्तावादीहरु बताउँछन् । सहरी विकास मन्त्रालयका सचिवसँग ३ पटकसम्म वार्तामा बसे पनि माग सम्बोधन गर्ने लक्ष्यण नदेखाएको व्यवसायीहरुको आरोप छ ।
अहिले उपत्यकामा ७ सयभन्दा बढी ट्याङ्करहरुले खानेपानी आपूर्ति गर्दै आएका छन् । व्यवसायीहरुले खानेपानी उद्योगलाई व्यवस्थित गर्नुपर्ने, ट्याङ्करको गुणस्तर मापदण्ड स्पष्ट पार्नुपर्ने, लाइसेन्स दिएका उद्योग बन्द गर्दा अथवा अन्यत्र सार्दा यथोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलनमा उत्रिएका छन् । उपत्यकामा ७ सय ट्याङ्कर गुड्छन्’ संयोजक दाहालले अनलाइनखबरसँग भन्नुभयो- ‘७ सय ट्याङ्कर व्यवस्थित गर्न नीति चाहियो, कस्ता ट्याङ्करले खानेपानी बोक्न पाउने कस्ता ट्याङ्करले नपाउने भन्ने स्पष्ट हुनुपर्छ ।’ खानेपानीको नीति नहँुदा व्यवसायिक सुनिश्चितता समेत नभएको व्यवसायीको गुनासो रहेको छ ।
सरकारले माग पूरा नगरेसम्म पानीको बिक्री बितरण ठप्प पार्ने बताउँदै संयोजक दाहालले भन्नुभयो- ‘बन्द हड्तालमा नउत्रिँदासम्म सरकारले टेर्दै टेर्दैन ।’ तर, खानेपानीजस्तो अत्यावश्यक चिजमा हडताल गरेपछि उपभोक्ताहरु भने मारमा पर्न थालेका छन् ।
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ, नेपाल वोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा वोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ ट्याङ्क मुल समितिले संयूक्त रुपमा ढुवानी, बिक्री-बितरण ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

बुढीआमाले क्रिम सोँचेर मुखमा सुपर ग्लू दलेपछि………

रातको समयमा इमरजेन्सी नम्बरमा एक्कासी फोन आयो । न्युजिल्याण्डको डुनेडिनस्थित इमरजेन्सी कार्यालयका फोन उठाउने मान्छे अक्क न बक्क भए । फोन गर्नेवाला महिलाको आवाज थियो भन्ने त ठम्याउन सकियो तर फोन गर्ने ती महिला बोल्न सकिरहेकी थिइनन् । उनी मात्र अँ…..अँ……मात्र गरिरहेकी थिइन् । इमरजेन्सी कार्यालयका कर्मचारीलाई आपत् पर्यो । उनले सोँचे ती महिला निकै संकटमा छिन् र उनलाई चोरडाँकाहरुले आक्रमण गरी मुखमा केही कोचिदिएका कारण बोल्न सकिरहेकी छैनिन् । फोन आएको नम्बर हेरेर फोन उठाउनेले सोधे, के तपाइँ डुनेडिनबाट बोल्नुभएको हो ? ती महिलाले अँ भनिन् ।

सुरक्षा अधिकारीहरुले एउटा टोली नै खटाएर फोन ट्यापिङ गरी ती महिला बसेको घर पत्ता लगाएर उनलाई तत्काल उद्धार गरी अस्पताल पूराए । अस्पतालमा लगेपछि प्याराफिनको प्रयोग गरी ग्लु स्टिकले टालिएको उनको मुख खुलाइयो । मुख खुलेपछि उनले ढुक्कको स्वास फेर्दै मुख टालिएपछिको बेचैनी सुनाइन् ।
६४ वर्षकी ती महिलाले रात सुत्ने बेलामा दिनहुँ अनुहारमा क्रिम दल्ने रहिछन् । क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामान राख्ने भाँडोमा सुपर ग्लुको बट्टा पनि राखेकी रहेछिन् । बत्ती निभाइसकेपछि उनले भाँडोबाट क्रिम भनेर एउटा बट्टा निकालिन् । त्यो खोलिन् र त्यसभित्रको चिज निकालेर ओँठमा लगाइन् । उनलाई रुघा लागेकाले क्रिम हो होइन भनेर छुट्टाउन गन्ध समेत पत्तो पाउन सकिनन् त्यसैले उनले क्रिम भनेर सुपर ग्लु ओठमा लगाइन् । ओठमा सुपर ग्लु लगाएपछि ओँठ टालियो । उनी विलखबन्दमा परिन् । धन्न इमरजेन्सी नम्बरमा फोन गर्दा प्रहरी आएर उनलाई उद्धार गर्यो र बढि दुख भोग्नु परेन । नत्र ती बुढीआमैको रात कसरी बित्दो हो बरै !

नेपालीद्धारा भारतीय पुलिस चार घण्टा कब्जामा

असार, इटहरी । अन्तर्राष्ट्रिय नियमविपरीत नेपाल छिरेका तीन भारतीय प्रहरीलाई इनरुवामा बिहीबार गाउँलेले पक्राउ गरी नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएका छन् । उनीहरुलाई चारघन्टा नियन्त्रणमा लिएर अनुसन्धानपछि प्रहरीले विराटनगरस्थित भारतीय दूतावासको क्याम्प कार्यालयमा बुझाएको छ ।
एउटा देशको सुरक्षाकर्मी ‘बर्दी’ मा अर्को देश प्रवेश गर्दा अनुमति लिनुपर्ने हुन्छ । तर भारतको खगोरिया गंगौरको बिहार पुलिसका सवइन्सपेक्टर हरेन्द्र सिंह, चौकीदार धनेश्वर यादव र गृहरक्षक कविराज राय बिना अनुमति इनरुवा आएका थिए ।
गाउँलेले एक्कासि भारतीय सुरक्षाकर्मी देखेर सोधीखोजी गर्दा बिनाअनुमति आएका थाहा हुनासाथ पक्रेर नेपाली प्रहरीको जिम्मा लगाएको नागरिक दैनिकमा खबर छ । नेपालको शान्तिसुरक्षामा खलल पुर्‍यान खोजेको र दुई देशबीचको सम्बन्धलाई असर पुर्‍याउने काम गरेको ठहर गर्दै उनीहरुलाई पक्रेर नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको राष्ट्रिय सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय उपाध्यक्ष सीताराम पोदारले बताए ।

Friday, June 28, 2013

सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम..

झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ ।
प्रत्यक् अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।