24 असार- आफूले माया गरेको मान्छेको अँगालोमा पराई भईदिँदा कस्को मन पो खूशी हुन्छ र ? यस्तै भावनामा बहकिँदै वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेकी दिपिका भुसालले लेखेको ‘पिडा दिने निष्ठुरीले…’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ।
इजरायलमा रहेर थुप्रै म्यूजिक भिडियो बनाईसकेका बिपिन तामाङ्ले माण्डवी त्रिपाठीको स्वरमा रहेको सो गीतको भिडियो बनाएका हुन्। भिडियोमा इजरायलमै कार्यरत दिपा शर्मा, सूर्य बस्याल र गीतकार दिपिका भुसालले अभिनय गरेका छन्।
इजरायलमा रहेर नेपाली गीत संगीत, कला संस्कृतिलाई प्रवर्द्धन गरिरहेको जोशिलो टिमले उक्त म्यूजिक भिडियो बनाएको हो। भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन सबै तामाङ्ले नै गरेका छन्।
Monday, July 8, 2013
दिपिकालाई कसले दियो त पिडा ?? (हेर्नुहोस भिडियो)
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment