'महिलाले 'इन्टरफेयर' गरेको समाजलाई सैह्य हुँदैन
'१० साउन, काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य आरजू देउवा (राणा) ले प्रधानमन्त्रीकी पत्नीले ‘अनभिजिवल’ (अदृश्य) भएर बस्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहनुभएकी पूर्वसभासद देउवाले आफूलाई नेपाली कांग्रेसभित्रैबाट नेताकी श्रीमतीका रुपमा मात्रै हेर्ने गरिएको र पार्टीले कुनै भूमिका नदिएको गुनासो गर्नुभयो ।
‘मलाई पार्टीका मान्छेले शेरबहादुर देउवाकी श्रीमतीका रुपमा मात्रै देख्छन् । नेताका रुपमा देख्न चाहँदैनन् कि खोज्दैनन्, मलाई थाहा छैन ।’ उहाँले भन्नुभयो- ‘सभासद हुँदाखेरि पनि यो फलानाकी श्रीमती भएर आएकी हो भन्ने धेरै सुनियो । यस्तो सुनेर मलाई वाक्क लाग्छ ।’
महिलाले अगाडि बढेर बोलेको वा ‘इन्टरफेयर’ गरेको देखेमा समाजले श्रीमानलाई जोइठिंग्रे आरोप लगाउने बताउँदै आरजूले आफू राजनीतिमा ‘ब्याक’ भएको बताउनुभयो । ‘मैले शेरबहादुर देउवासँग विवाह गर्दा नेता हुन्छु भनेर गरेकी हैन, उहाँकी श्रीमती हुन्छु भनेर विवाह गरेकी हुँ ।’ उहाँले भन्नुभयो- ‘त्यसैले उहाँलाई अप्ठयारो पार्न चाहन्न । मलाई स्वास्थ्यमन्त्री बन्नु छैन । बनाऊ कि बनाऊ भनेकी भए बन्थें पनि होला । तर, मन्त्री बन्नु भेरी रिस्की इन नेपाल ।’
lumbini khabarsite bata sabhar
0 comments:
Post a Comment