धुन्चे— रसुवाको चिलिमे खोलामा हामफालेर आज मध्याह्न दुई युवती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गोल्जुङ–७ की १७ वर्षीया सोनाम डोल्मा तामाङ र १८ वर्षीया सुजिता तामाङ रहेको प्रहरी नायब उपरीक्षक सुदीप गिरीले जानकारी दिए।नदीमा पानीको बहाव बढेकाले उनीहरूको खोजी कार्यमा समस्या भएको छ। उनीहरूमध्ये एक विवाहित र एक अविवाहित रहेको बताइएको छ।
0 comments:
Post a Comment