मुम्बई, असार २५, भारतीय फिल्म निर्माता सुधाकर बोकाडेको मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा निधन भएको छ । उहाँ ५७ बर्षका हुनुहुन्थ्यो ।
बोकाडेलाइ `इज्जतदार` र `साजन` जस्ता हिन्दी फिल्महरूका निर्माताका रूपमा सम्झना गरिन्छ । करिब दुइ दशक भन्दा धेरै समय सम्म फिल्म जगतमा रहेका बोकाडेले आइतबार राती अस्पतालमा आखिरी स्वास फेरेका थिए ।
उनकी छोरी दिव्या बोकाडेले यस निधनको पुष्टि गर्दै बताए अनुसार, शनिवार (६ जुलाई) मा हृदयघात भएपछि उहाँलाइ अस्पतालमा भर्ना गरिएको थियो ।
सोमवार दिउसो बोकाडेको अन्तिम संस्कार गरिएको थियो । फिल्म निर्माताका रूपमा बाकाडेले `सपने साजन के` `धनवान` `कलिंगा` `प्रहार` `सौदा` र `ये प्यार ही तो हे` जस्ता फिल्महरू बनाएका थिए ।
बोकाडेका दुइ छोरीहरू दिव्या र किरण तथा एक छोरा कृष्णा रहेका छन ।
(एजेन्सी)src:mideanp.com
0 comments:
Post a Comment