Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

Thursday, July 25, 2013

रोनाल्डोको फ्री-किकले हातै भाँचियो( भिडियो हेर्नुहोस)

श्रावण १० - क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बलले लागेर ११ बर्षीय बालकको हाँत भाँचिएको छ । बेलायतको गोल्डस्यान्ड स्टेडियममा बोर्नमाउथसाग मैत्रीपूर्ण खेल खेल्न आएको रियल म्याडि्रडका खेलाडी रोनाल्डोले शनिबार खेल सुरु भएको छैटौं मिनेटमा प्रहार गरेको फ्रीकीक पोष्टको छेवैबाट बाहिरिएको थियो । मैदान नजिकैको कुर्सीमा बसेर खेल हेरिरहेका ११ बर्षीय फुटबलप्रेमी बालक चार्ली सिल्भरउडले आफूतिर आएको बल रोक्न खोजेका थिए । तर, रोनाल्डोको कडा प्रहार उनको कलिलो हातले थाम्न सकेन । उनले आफ्नो शहरको क्लबले विश्वमै नाम चलेको क्लबसँग पहिलो पटक खेलेको खेल छुटाउँन चाहेनन र खेल अवधीभर दुखाई सहेरै पनि बसिरहे । तर, खेल सकिएपछि गरिएको एक्स रेबाट उनको हात भाँचिएको थाहा भयो । उनको हातमा बल लागेपछि रंगशालाका कर्मचारीलाई उनलाई अस्पताल लैजान खोजे पनि उनले खेल छुटाउन नचाहेका कारण दुखाई खपेरै पनि पूरा खेल हेरे । 'मैले हातले बल नरोकेको भए मेरो दात बाँकी हुने थिएनन्', उनले भनेका छन्,'बल तीब्र गतिमा आएको थियो ।' बलले उनको नाडीको हड्डीमा असर गरेको छ । घटना थाहा पाएका क्रिस्टियानो रोनाल्डोले चार्लीलाई आफूसहित आफ्नो टोलीले हस्ताक्षर गरेको टिशर्ट उपचारको रुपमा पठाएर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनलाई रियल म्याडि्रड क्लबका अध्यक्षले पनि फोन गरेर घटनाबारे सोधका छन् ।

Friday, June 28, 2013

खेल खबर : स्पेन कनफिडेरेसन कपको फाइनलमा

१४ असार, काठमाण्डौं । विश्व विजेता स्पेन ब्राजिलमा जारी कनफिडेरेसन कप फुटबलको फाईनलमा प्रवेश गरेकेा छ ।
गएराती भएको खेलमा इटलिलाई टाईब्रेकरमा ७-६ ले पराजित गर्दै स्पेनले ब्राजिलसँगको फाइनल भिडन्त पक्का गरेको हो । फोर्टलेजामा भएको खेलमा इटलीले स्पेनलाई दबावमा राखेपनि गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुबै टोलीले ५-५ गोल गरेपछि सडन डेथमा इटलीका डिफेन्डर लियोनार्दो बोनुचीले प्रहार बाहिरिँदा भने स्पेनका नाभासले गोल गरेपछि ७-६ को जित हात पार्‍यो ।

Thursday, June 20, 2013

हुरुक्कै हुने समर्थकलाई नतिजा दिने तयारी

काठमाडौं - घरेलु मैदानमा हुने साफ फुटबल च्याम्पियनसिपको आठौं संस्करणलाई राष्ट्रिय टोलीको प्रारम्भिक तयारी सुरु भएको छ। सिनियर र यु–२३ लक्षित गरेर प्रारम्भिक तयारीमा ७० भन्दा बढी खेलाडी बोलाइएको छ। तिनैबाट राष्ट्रिय टोलीको अन्तिम छनोट गरिने योजना छ। पछिल्लोपल्ट राष्ट्रिय टोलीमा रहेका २० तथा विभिन्न घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका अन्य ५० भन्दा बढी खेलाडी प्रारम्भिक तयारीमा बोलाइएको एन्फाका टोली व्यवस्थापक ललितकृष्ण श्रेष्ठले जानकारी गराए।

केही दिनको प्रशिक्षणपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले पहिलो चरणको छनोटमा ३५ देखि ४० खेलाडी राख्ने योजना बनाएका छन्। 'खेलाडी छनोटकै प्रक्रियामा छौं। केही दिनमा पहिलो चरण छनोट हुनेछ,' उनले नागरिकलाई योजना सुनाए।
दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा कडा चुनौती पेश गर्ने लक्ष्य लिएका स्टेफानोस्कीलाई अर्का प्रशिक्षक रिचार्ड ओर्लोस्की र प्राविधिक प्रमुख कृष्ण थापाले सघाइरहेका छन्।
१६ वर्षपछि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रको प्रतिष्ठित प्रतियोगितामा नेपाली समर्थकले राष्ट्रिय टोलीबाट सफल नतिजा अपेक्षा राख्नु स्वाभाविक हुने स्टेफानोस्की बताउँछन्। 'नेपाली दर्शक फुटबलप्रति हुरुक्कै हुन्छन्। उनीहरूले राष्ट्रिय टोलीबाट सफल नतिजा अपेक्षा गर्नु जायज छ,' उनले भने, 'घरेलु मैदानमा हुने प्रतियोगितामा दर्शकको आशा झनै बढी हुन्छ।'
सात महिना यता राष्ट्रिय टोली सम्हालिरहेका स्टेफानोस्कीले समर्थकको अपेक्षा अनुरुप प्रदर्शन दिनु जरुरी ठानेका छन्। 'हामी च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गर्दैछौं,' उनले भने, 'यो सहज काम पक्कै होइन। तर, अहिले आत्तिनु पर्ने केहि छैन। हामीसँग पर्याप्त समय छ, कमजोरी पत्ता लगाएर तीनलाई सुधार्ने काम गर्छौ।'
साफ च्याम्पियनसिप भदौ १६ देखि २६ गते सम्म दशरथ रंगशालामा हुँदैछ। सन् १९९७ मा नेपालमै साफ च्याम्पियनसिपको पहिलो संस्करण भएको थियो।
नेपाली टोलीसँगै स्टेफानोस्की पनि दबाबमा छन्। गत बर्षको अन्तिममा नेपाली टोली एएफसी च्यालेन्ज कपको समूह चरणबाटै बाहिरीएपछि उनीमाथि प्रश्न खडा भएको छ। 'फुटबलमा नजिता आवश्यक छ। हामी त्यसलाई लक्ष्य गरेर तयारी गर्नेछौं,' उनले योजना सुनाए, 'फिटनेस नियमित प्रक्रिया हो। त्योसँगै टेक्निकल र ट्याकटिलक पाटोलाई पनि सँगसँगै अघि बढाइनेछ। '
स्टेफानोस्कीको नजरमा साफ च्याम्प्यिनसिपमा भारत, माल्दिभ्स र अफगानिस्तान कठिन प्रतिद्वन्द्वी हुन्। 'फुटबलमा यो क्षेत्रका बलिया राष्ट्र तीनै हुन्। साफ च्याम्पियसिपका लागि उनीहरुले पनि राम्रो तयारी गर्नेछन्,' उनले थपे, 'च्याम्पियनसिप निकै प्रतिस्पर्धात्मक हुनेछ। यद्दपी क्षमता अनुरुप प्रदर्शन गर्यौंग भने डराउनु आवश्यक छैन।'
कमजोर टोलीविरुद्ध बाहेक लामो समयदेखि राष्ट्रिय टोलीका स्ट्राइकर नचल्दा स्टेफानोस्की चिन्तित छन्। 'स्ट्राइकर हाम्रो लागि समस्या बनेको छ। त्यसमा पर्याप्त ध्यान दिएका छौं। मुख्य स्ट्राइकर को हुन सक्छ प्रशिक्षणमा त्यो हेरिनेछ। त्यसबाहेक मिडफिल्ड र रक्षापक्तिमा पनि उत्तिकै ध्यान दिनेछौं,' उनले भने, 'समग्रतामा उत्कृष्ट टोलीका साथ हामी उत्रने छौं।'
एन्फाका उपाध्यक्ष एवंम् प्रवक्ता श्रेष्ठ साफ च्याम्पियनसिपलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन्। 'यो दक्षिण एसियाकै प्रतिष्ठित प्रतियोगिता हो। अघिल्लो संस्करणमा सेमिफाइनल पुगेका थियौं,' श्रेष्ठ भन्छन्, 'यो पटक उपाधि जित्ने लक्ष्यका साथ तयारी गरिरहेका छौं।' साफ च्याम्पियपनसिप जिते टोलीका सबै खेलाडीलाई राजधानीमा अपार्टमेन्ट दिने एन्फाले चार महिनाअघि घोषणा गरिसकेको छ।
'प्रशिक्षकको योजनाअनुरुप तयारी अघि बढिरहेको छ,' श्रेष्ठले भने, 'म्याच एक्सपोजरका लागि विदेशमा केही मैत्रीपूर्ण खेलका लागि पहल भैरहेको छ।' तीन चार वटा मैत्रीपूर्ण खेलका लागि पहल भएपनि सबै टुंगो लागिनसकेको श्रेष्ठले बताए।

साफ च्याम्पिनसिपमा नेपालको यात्रा
साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन। नेपालको सबैभन्दा सफल नतिजा सेमिफाइनल सम्म पुग्नु हो। सन् १९९९ र २०११ मा दुईपटक बाहेक नेपाल सेमिफाइनल सम्म पुग्न सकेको छैन। साफ च्याम्पियसिपमा नेपालले अहिले सम्म २२ मध्ये ६ जित, ३ बराबर र १३ खेलमा हार बेहोरेको छ।
साफ च्याम्पियनसिपमा सर्वाधिक सफल राष्ट्र भारत हो। भारतले पाँच तथा माल्दिस र बंगलादेशले एक एक पटक यो उपाधि जितेका छन्।


बर्ष विजेता उपविजेता नतिजा आयोजक
१९९७ भारत माल्दिभ्स ५–१ नेपाल
१९९९ भारत बंगलादेश २–० भारत
२००३ बंगलादेश माल्दिभ्स १–१ (टाइब्रेकर ५–३) बंगलादेश
२००५ भारत बंगलादेश २–० पाकिस्तान
२००८ माल्दिभ्स भारत १–० श्रीलंकारमाल्दिभ्स
२००९ भारत माल्दिभ्स ०–० (टाइब्रेकर ३–१) बंगलादेश
२०११ भारत अफगानिस्तान ४–० भारत

Wednesday, June 19, 2013

च्याम्पियन्स ट्रफीः इंग्ल्याण्ड फाइनलमा, भारत र श्रीलंका भिड्दै

लण्डन, असार ६ । घरेलु टोली इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लन्डनमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३८ ओभर ४ बलमा सबै विकेटको नोक्सानीमा १ सय ७५ रन बनायो । दक्षिण अफ्रिकाका डेभिड मिलरले ५६ रन बनाए भने इंग्ल्याण्डका जेम्स ट्रेडवेल र स्टुवर्ट ब्रोडले ३–३ विकेट लिए ।

जवफमा १ सय ७६ रनको लक्ष्य इंग्ल्याण्डले ३७ ओभर ३ बलमा ३ विकेट गुमाएर हात पा-यो । इंग्ल्याण्डका जोनाथन ट्रटले अविजित ८२ रन बनाए ।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र श्रीलंका आमुने–सामुने हुँदैछन् । कार्डिफमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

Monday, June 17, 2013

wrestling: kurt angle vs john cena

कोरिया र इरानले तान्नेछ एसियाको ध्यान



सिंगापुर – विश्वकप छनोटअन्तर्गत एसियाली समूह चरणको अन्तिम दिन मंगलबार दक्षिण कोरिया र इरानले एकअर्कासँग खेल्दा मैदानमा चर्को मानसिक तनाव हुनेछ भने अर्को खेलमा इराकलाई हराएर अस्ट्रेलिया ब्राजिलको टिकट काट्ने लक्ष्यमा मैदान उत्रने छ।


दक्षिण कोरियाले इरानीका लागि 'जीवन पीडादायक' बनाउने तथा विपक्षी कप्तानलाई 'रगतको आँसु रुवाउने' वाचा गरेबाट एसियाका दुई महारथी सोलको विश्वकप रंगशालामा आमने–सामने हुँदा तनाव निम्त्याउने अनुमान गरिएको छ।
एक अंकको अग्रतासहित समूह 'ए' को शीर्षमा रहेको दक्षिण कोरियालाई ब्राजिल २०१४ मा स्थान पक्का गर्न मंगलबार बराबरी पर्याप्त हुनेछ भने इरानले भने चौथोपल्ट विश्वकप खेल्ने लक्ष्य पूरा गर्न जित्नैपर्नेछ। इरानभन्दा २ अंकले पछि रहँदै तेस्रो स्थानमा सीमित उज्वेकिस्तान समूहको दोस्रो टोली बन्दै स्वतः छनोट हुने सम्भावना जीवित राख्न कतारलाई हराउनै पर्ने अवस्थामा छ।
समूह 'बी' बाट जापानले यसअघि नै ब्राजिलको टिकट काटिसकेको छ भने अस्ट्रेलियालाई दोस्रो टोली भएर विश्वकपमा छानिन सिड्नीमा इराकमाथि जित आवश्यक छ। यसैगरी अस्ट्रेलियाभन्दा एक अंक कमीका साथ तेस्रो स्थानमा रहेको ओमान दोस्रो स्थान हासिल गर्ने उद्देश्यमा जोर्डनमाथि जितको ठूलो लक्ष्य बोकेर उत्रने छ।
गणितीय हिसाबमा एसियाका सबै खेलको महŒव समान रहे पनि भावनात्मक रूपमा दक्षिण कोरिया र इरानले पूरा महादेशको ध्यान तान्ने छन्। दुई टोलीका खेलाडी र प्रशिक्षकबीच लगातार चलेको वाकयुद्धले खेलपूर्व नै वातावरण तनावग्रस्त पारेको छ।
कोरियाली प्रशिक्षक चोइ काङ–हीले इरानका लागि 'जीवन पीडादायक' बनाउने बताएका थिए। उनले इरानी प्रशिक्षक कार्लोस क्विरेज र कप्तान जाभाद नेकौनामले आफूविरुद्ध दिएको अभिव्यक्तिको जवाफमा यस्तो भनेका थिए। यसैगरी जर्मनीबाट व्यावसायिक फुटबल खेलिरहेका कोरियाली फरवार्ड सन हिउङ मिनले भनेका थिए, 'म उनलाई (नेकौनाम) लाई रगतको आँसु रुवाउने छु।' यसैगरी चोइले क्विरेज आफ्नै देश पोर्चुगलमा बसेर विश्वकप हेर्न बाध्य हुने दाबी गरेका थिए।
अक्टोबरमा तेहरानको भ्रमण गर्दा भिसा समस्याका साथै अभ्यासका लागि इरानले उचित व्यवस्था नगरेको दक्षिण कोरियाको आरोप थियो। उक्त खेलमा दक्षिण कोरिया १–० ले पराजित भएको थियो। 'हाम्रा खेलाडीले त्यहाँ भएको दुर्व्यवहार बिर्सेका छैनन्। त्यसैले हामीले उनीहरूको जीवन पीडादायक बनाउनैपर्छ,' चोइले गत साता भनेका थिए।
एसियाली फुटबलका दुई महारथीबीच भएका २६ खेलमा इरानले १० पटक जितेको छ भने दक्षिण कोरिया ९ पटक विजयी भएको छ।
गत साता जोर्डनमाथि ४–० को रवाफ जमाएको अस्ट्रेलियाले इराकविरुद्धको खेल सहज हुने अनुमान लगाएको छ। लगातार तेस्रोपल्ट विश्वकप खेल्ने अभियानमा अस्ट्रेलियाका लागि विपक्षी २००७ को एसियन कप विजेतासँग कप्तान योनिस महमुद र प्रेरणादायी मिडफिल्डर नाशात अक्रम मंगलबार नहुने खबर सुखद हुनसक्छ।
'हामी अहिलेसम्म ब्राजिलका लागि लायक भइसकेका छैनौं। त्यसैले अहिले साम्बा नाच्ने बेला आइसकेको छैन,' अस्ट्रेलियाली कप्तान लुकास नेइलले भने, 'हामीसँग एउटा खेल छ र हामीलाई एउटै जित आवश्यक छ। त्यसपछि मात्र हामी भावी योजनाबारे कुरा गर्न स्वतन्त्र हुनेछौं।'
अस्ट्रेलियाली टोलीमा गोलकिपर मार्क स्चवार्जर अर्को वर्ष विश्वकपमा ४१ वर्षका हुनेछन् भने नेइल, स्ट्राइकर टिम काहिल र मिडफिल्डर मार्क ब्रेसियानो ३४ का हुनेछन्। २००६ मा अन्तिम १६ तथा २०१० मा मुस्किलले समूह चरण पार गर्न नसकेका यी खेलाडीमा सँगै तेस्रोपल्ट विश्वकप खेल्ने उत्साहले मनोबल उँचो पारेको छ।
'हामी साँच्चै यो विश्वकप फेरि एकपल्ट सँगै खेल्न चाहन्छौं। किनकि यसले अस्ट्रेलियाका लागि लामो समयदेखि गर्दै आएको सेवाको राम्रो क्लाइमेक्स दिनेछ,' ब्रेसियानोले भने, 'म र अरु केही केटाहरूका लागि यो तेस्रो विश्वकप हुनेछ। मंगलबार नतिजा ल्याउन सके त्यो हाम्रा लागि अत्यन्तै ठूलो सफलता हुनेछ।'
एसियाली छनोटका दुवै समूहबाट शीर्ष दुई टोली स्वतः विश्वकपका लागि छानिने छन् भने दुवै समूहमा तेस्रो स्थान पाउने टोलीबीच सेप्टेम्बरमा दुई लेगको प्लेअफ हुनेछ। प्लेअफ विजेताले नोभेम्बरमा दक्षिण अमेरिकी क्षेत्रको पाँचौं हुने टोलीसँग दुई लेगको अर्को प्लेअफ खेल्नेछ, जसको विजेता ब्राजिल पुग्नेछ।

कमजोर प्रतिद्वन्द्वीसँग नाइजेरिया दबावमा

बेलो होरिजेन्टे – कमजोर टहिटीलाई हराउँदै अन्तरमहादेशीय कपको सुरुआत गर्ने नाइजेरियाको अभियान ढिलोमात्र ब्राजिल आइपुग्दा धरापमा परेको छ। सोमबार टहिटीसँग खेल्ने तयारीमा रहेको अफ्रिकी च्याम्पियन नाइजेरिया खेल सुरु हुनुभन्दा ३६ घन्टाअघि मात्र ब्राजिल पुगेको थियो।


अन्तरमहादेशीय कपका लागि ब्राजिल पुग्ने पहिलो टोली टहिटी थियो। समूह 'बी' मा नाइजेरियाको सामना गर्नुभन्दा १० दिनअघि जुन ७ मा ब्राजिल आइपुगेको थियो। नाइजेरिया भने आइतबार बिहान ४ बजे मात्र यहाँ आइपुगेको हो। जसले स्टेफन केशीको टोलीलाई जेट ल्यागबाट मुक्त हुदै खेलका लागि तयार हुन पर्याप्त समय दिएको छैन।
खेलाडीलाई बोनस दिन विषयमा बिवाद हुँदा नाइजेरियाको तयारी राम्रो हुन सकेको थिएन। खेलमन्त्री मालाम बोलाजी अब्दुल्लाहीले टोली र नाइजेरिया फुटबल महासंघ (एनएफएफ) बीच सहमति गराएपछि मात्र तयारी सुचारु भएको थियो। १७ खेलसम्म अपराजित नाइजेरियाले तयारीका तमाम कमजोरीका बावजुद फिफा वरियताको १ सय ३८ औं स्थानमा रहेको विपक्षीविरुद्ध जितबाट अन्तरमहादेशीय कप सुरु गर्ने अपेक्षा गरेको छ।
२ लाख ७० हजार मात्र जनशंख्या भएको टहिटीसँग यसअघि कुनै ठूलो प्रतियोगिता खेलेको अनुभव छैन। तयारी क्रममा खेलेका अभ्यास क्रममा टोली चिलीको यु–२० टोलीसँग ७–० ले पराजित भएको थियो भने ब्राजिली दोस्रो श्रेणीको टोली मिनेइरोसँग १–० ले हारेको थियो। टहिटीका स्ट्राइकर स्टेभी चोङ हुले अन्तरमहादेशीय कप आफ्नो टोलीका लागि उच्च स्तरमा अनुभव बटुल्न महत्वपूर्ण हुने बताए। 'एउटा एमेच्योर खेलाडीका लागि विश्वका उत्कृष्ट खेलाडीहरुसँग खेल्ने यो राम्रो अवसर हुनेछ,' उनले भने, 'तथापि हामी कुनै खेलमा आत्मसमर्पण गर्ने छैनौं। हरेक खेलमा पूरा मेहनत लगाउनेछौं।'
नाइजेरियाका रक्षक इफे एम्ब्रोस भने दुई टोलीबीच ठूलो अन्तर भएपनि त्यतिकै ठूलो अन्तर्राष्ट्रिय निराशा भोग्नु पर्न सक्ने जोखिम रहेकोमा आफूहरु सचेत हुनुपर्ने बताए। 'हामीले खेललाई हल्का रुपमा लिनु हुदैन,' सेल्टिकका रक्षकले भने, 'यस्ता प्रतियोगितामा विगतमा पनि ठूला स्तव्धतापूर्ण नतिजा निस्केका छन्। हामी त्यस्तै नतिजाको सिकार बन्नु हुदैन।'
ओसियाना नेशन्स कप विजेता बन्दै अन्तरमहादेशीय कपलाई छानिएको टहिटी १९५० को विश्वकपमा अमेरिकाले इङ्ल्यान्डलाई १–० ले स्तव्ध पारेकै स्टेडियो मिनेइराओ मैदानमा सोमबार नाइजेरियासँग खेल्न पाउने भएकाले ६३ वर्षअघिकै नतिजालाई निरन्तरता दिने आशामा छ।

Saturday, June 15, 2013

विश्वका धेरै धन आर्जन गर्ने खेलाडीको सूचिमा धोनी १६ औं


नयाँ दिल्ली — भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी विश्वका धनी खेलाडीको सूचिमा १६ औं स्थानमा परेका छन्। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सबैभन्दा बढी पैसा कमाउने खेलाडीको सूचिमा उनले सचिन तेन्दुलकर, फुटबलका काकालाई पनि पछि परेका हुन्। विज्ञापनको आर्जन जोड्दा धोनीले मेसी र रोनाल्डोलाई पनि पछि पारेको पत्रिकाले जनाएको छ।

धोनीको कमाइ सचिन तेन्दुलकर, राफाएल नाडल तथा काकाको भन्दा बढी रहेको फोर्ब्सले जनाएको छ। फुटबलमा जादुमयी गोल गर्ने मेसी र रोनाल्डोले गत वर्ष विज्ञापनबाट २१ मिलियन डलर आर्जन गरेका थिए। धोनीले भने २८ मिलियन डलर आर्जन गरे। पत्रिकाका अनुसार धोनीले विज्ञापन तथा पुरस्कारबाट गत वर्ष तीन करोड १५ लाख अमेरिकी डलर आर्जन गरे। यो सँगै धोनीले ३१ दशमलव ५ मिलियन अमेरिकी डलर कमाए।
बढी पैसा कमाउने १०० खेलाडीको सूचिमा २ जना मात्र क्रिकेटर परेका छन्। बढी धन कमाउने क्रिकेटरहरु दुवै भारतीय हुन्- महेन्द्रसिंह धोनी र सचिन तेन्दुलरकर। २२ मिलियन अमेरिकी डलर कमाइ गरेका मास्टर ब्लाष्टर सचिन तेन्दुलकर ५१ औं स्थानमा परेका छन्।

सूचिमा गल्फ खेलाडी टाइगर उड्स पहिलो स्थानमा छन्। उनले ७८ दशमलव १ मिलियन डलर कमाएको फोर्ब्सले लेखेको छ। ३७ वर्षे उडले गत वर्ष ७ करोड ८१ लाख अमेरिकी डलर कमाएका थिए।

फोर्ब्सका अनुसार ३१ वर्षे धोनी धनी खेलाडीको सूचिमा १५ खुड्किलो माथि उक्लेका हुन्। २०१२ मा उनी ३१ औं स्थानमा थिए। पत्रिकाका अनुसार गत वर्ष धोनीले पुरस्कार र विज्ञापनबाट ३ करोड १५ लाख डलर कमाइ गरे जसले उनलाई १६ औं स्थानमा उक्लन सहयोग गर्‍यो।