लण्डन, असार ६ । घरेलु टोली इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लन्डनमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३८ ओभर ४ बलमा सबै विकेटको नोक्सानीमा १ सय ७५ रन बनायो । दक्षिण अफ्रिकाका डेभिड मिलरले ५६ रन बनाए भने इंग्ल्याण्डका जेम्स ट्रेडवेल र स्टुवर्ट ब्रोडले ३–३ विकेट लिए ।
जवफमा १ सय ७६ रनको लक्ष्य इंग्ल्याण्डले ३७ ओभर ३ बलमा ३ विकेट गुमाएर हात पा-यो । इंग्ल्याण्डका जोनाथन ट्रटले अविजित ८२ रन बनाए ।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र श्रीलंका आमुने–सामुने हुँदैछन् । कार्डिफमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।







0 comments:
Post a Comment