नयाँ दिल्ली — भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी विश्वका धनी खेलाडीको सूचिमा १६ औं स्थानमा परेका छन्। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सबैभन्दा बढी पैसा कमाउने खेलाडीको सूचिमा उनले सचिन तेन्दुलकर, फुटबलका काकालाई पनि पछि परेका हुन्। विज्ञापनको आर्जन जोड्दा धोनीले मेसी र रोनाल्डोलाई पनि पछि पारेको पत्रिकाले जनाएको छ।
धोनीको कमाइ सचिन तेन्दुलकर, राफाएल नाडल तथा काकाको भन्दा बढी रहेको फोर्ब्सले जनाएको छ। फुटबलमा जादुमयी गोल गर्ने मेसी र रोनाल्डोले गत वर्ष विज्ञापनबाट २१ मिलियन डलर आर्जन गरेका थिए। धोनीले भने २८ मिलियन डलर आर्जन गरे। पत्रिकाका अनुसार धोनीले विज्ञापन तथा पुरस्कारबाट गत वर्ष तीन करोड १५ लाख अमेरिकी डलर आर्जन गरे। यो सँगै धोनीले ३१ दशमलव ५ मिलियन अमेरिकी डलर कमाए।
बढी पैसा कमाउने १०० खेलाडीको सूचिमा २ जना मात्र क्रिकेटर परेका छन्। बढी धन कमाउने क्रिकेटरहरु दुवै भारतीय हुन्- महेन्द्रसिंह धोनी र सचिन तेन्दुलरकर। २२ मिलियन अमेरिकी डलर कमाइ गरेका मास्टर ब्लाष्टर सचिन तेन्दुलकर ५१ औं स्थानमा परेका छन्।
सूचिमा गल्फ खेलाडी टाइगर उड्स पहिलो स्थानमा छन्। उनले ७८ दशमलव १ मिलियन डलर कमाएको फोर्ब्सले लेखेको छ। ३७ वर्षे उडले गत वर्ष ७ करोड ८१ लाख अमेरिकी डलर कमाएका थिए।
फोर्ब्सका अनुसार ३१ वर्षे धोनी धनी खेलाडीको सूचिमा १५ खुड्किलो माथि उक्लेका हुन्। २०१२ मा उनी ३१ औं स्थानमा थिए। पत्रिकाका अनुसार गत वर्ष धोनीले पुरस्कार र विज्ञापनबाट ३ करोड १५ लाख डलर कमाइ गरे जसले उनलाई १६ औं स्थानमा उक्लन सहयोग गर्यो।
Saturday, June 15, 2013
विश्वका धेरै धन आर्जन गर्ने खेलाडीको सूचिमा धोनी १६ औं
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment