Monday, July 1, 2013

पहिला बोल्ने रोबोट अन्तरिक्षमा जाने

टोकियो, असार , संसारको पहिलो यस्तो एक बोल्ने रोबोट बनाइएको छ, जसलाइ अन्तरिक्षमा पठाइनेछ । यस एस्ट्रोनोट रोबोटलाइ इन्टरनेशनल स्पेस स्टेशनमा पठाउने तयारी भैरहेको छ । त्यहाँ उसले मानिसहरूका साथमा कुनर गर्नेछ । जुन स्पेसमा अहिले सम्म भएको सबैभन्दा अनौठो घटना हुनेछ ।


किरोबो नामको यो रोबोटलाइ तेनगाशिमा स्पेस सेन्टरबाट आगमी ४ अगष्टका दिन स्पेस स्टेशनका लागी छोडिनेछ । किरोबो ३४ सेन्टीमीटर उँचाइको रहेको छ, यसको तौल एक किलोग्राम रहेको छ । अहिले सम्म स्पेसमा पठाइएको रोबोट्समा यो सबैभन्दा सानो पनि हो ।
पहिलो डेमो गर्दै रोबोटसंग सोधियो कि तिमी के सपना देख्छौं ? त्यसबेला यस रोबोटले जबाफ दियो कि ‘भविष्य यस्तो बनाउन चाहन्छु, जहाँ मानिस र रोबोट मिलेर साथ साथ बाँच्न सकियोस ’ ।

यस रोबोटको विकास टोकियो, टोयोटा र देन्त्सु यूनिभर्सिटीले एकसाथ मिलेर गरेका ह|

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment