ब्राजिल, असार 24 । ब्राजिलको एउटा दुर्गमा गाँउमा फुटबल म्याचको दौरान रेफ्री, खेलाडी र समर्थकविच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गम पियो जी गाँउमा एउटा गैर व्यवसायीक खेलको दौरान रेफ्री ओटाभियो डा सिल्भाले खेलाडी जोसेनीर डस सान्तोषलाई रातो कार्ड देखाए ।
यसपछि आक्रोशीत समर्थकहरुको एउटा समुहले रेफ्रीमाथी ढुंगा मुढा सहित आक्रमण गर्दा रेफ्री डा सिल्भाको मृत्यु भयो । रेफ्रीको चक्कु प्रहारबाट घाईते खेलाडी जोसेनीरको पनि अस्पताल लैजाँदै गर्दा बाटोमा नैं मृत्यु भयो । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको बताईएको छ । घटना गत जुन ३० तारीखको भएपनि भर्खरै चर्चामा आएको छ ।
0 comments:
Post a Comment