काठमाडौं — अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर्मचारीको धम्कीका भरमा तलब नबढ्ने बताएका छन्। कर्मचारीका आठ वटा ट्रेड युनियनको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलनको धम्कीका भरमा सरकारले तलब नबढाउने बताएका हुन्।
कर्मचारीका मागप्रति सकारात्मक रहेको बताउँदै उनले तलब भत्ताको विषयमा पुनरावलोकन समिति र उपसमितिले आफ्नो काम गरिरहेको जानकारी दिए।
७ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियन प्रतिनिधिहरुले आफूले खाईपाई आएको तलबमा न्यूनतम १० हजार तलब बढाउन माग गरेका छन्। उनीहरुले सबै निजामती कर्मचारीको १० लाख बराबरको दुर्घटना बिमा, पोसाक भत्ता १५ हजार उपलब्ध गराउन र कर्मचारी अवकास हुँदा पेन्सनमा कर छुटको व्यवस्था गर्न आग्रह गरेका छन्।
निजामती सेवा ऐनमा प्रत्येक तीन वर्षमा कर्मचारीको तलब सुविधा बढाउने उल्लेख भएको बताउँदै कर्मचारीहरुले राजश्व वृद्धिदर १०६ प्रतिशत रहेको अवस्थामा तलब बढाउनै पर्ने जिकिर गरेका हुन्।
ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी संघका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्।
Monday, July 1, 2013
धम्कीको भरमा कर्मचारीको तलब बढ्दैन : अर्थमन्त्री
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment