२३ असार, काठमाडौं । प्रसिद्ध बैज्ञानिक डार्बिनको सिद्धान्त अनुसार हरेक प्राणीले बाँच्नको लागि कुनै न कुनै रुपमा संघर्ष गरिरहेका हुन्छन् । मांसाहारी जनावर आफ्नो गर्जो टार्न अर्को जनावरमाथि भर पर्छन् । शाकाहारीले चाहिँ वनस्पतिलाई आहारको रुपमा प्रयोग गर्छन् ।
प्रायः धेरै मांसाहारीले आफूभन्दा साना जनावरलाई शिकार गरेर आहारा जुटाउँछन् । तर कतिपय साना प्राणीले आफूभन्दा ठूलालाई आहाराको रुपमा उपभोग गर्नुपर्ने बाध्यता आइलाग्छ । यस्तै मध्येमा पर्ने एउटा जीव हो, कमिला ।
समूहमा बस्ने र शिकारको लागि समूहमै निस्कने कमिलाले गड्यौंला, साङला, फट्याङ्ग्रा लगायतका जीवहरु खाने गर्छन् । कतिपय बेला मरेकै जीवलाई तान्दै आफ्नो दुलोमा लैजान्छन् । कतिपय बेला भने जिउँदै जीवलाई कमिलाले समाउने गर्छन् ।
साङ्लाले जतिसुकै बल गरेर घिसारे पनि कमिलाले खुट्टा छाडेका थिएनन् । साङ्ला नमारी नछाड्ने उनीहरुको योजना रहेको बुझिन्थ्यो । हामीले एकछिन यो दृश्यको फोटो र भिडियो खिच्यौं । त्यसपछि लाग्यो यी कमिलाले मरेकै अरु जीव पनि पाउन सक्छन् । अर्थात यो जिउँदो साङ्ला खान नपाएपनि कमिला मरिहाल्दैनन् । साङ्लो भने दिनभरसम्ममा मरिसक्ने अवस्थामा पुगेको थियो । जिउँदो साङ्लाको दुर्दशा देख्न नसकेर उसलाई हामीले कमिलाबाट मुक्त गर्यौं । साङ्लाको खुट्टा समातेका कमिलालाई मुक्त गर्न निकै गाह्रो भयो ।
भिडियो हेर्नुहोस्
0 comments:
Post a Comment