कम्प्युटरको किबोर्ड वा माउसमा लामो समयसम्म औंला चलाएर बस्दा पक्कै दिक्क लाग्छ। यद्यपि अब त्यो दिक्दारी हट्ने दिन आउँदैछ। विशेष गरी गेम खेल्दा बढी प्रयोग गरिने कम्प्युटर किबोर्डको प्रयोग अब बिस्तारै कम हुँदै जानेछ। त्यसको सट्टामा एउटा हेडसेट प्रयोग गर्न सकिनेछ, जसले प्रयोगकर्ताको ब्रेनवेभलाई मापन गरेर कम्प्युटरमा इन्स्टल भएको एप्ससँग अन्तरक्रिया गर्नेछ। यसका आधारमा कम्प्युटरले आफैं प्रयोगकर्ताको इच्छाअनुरूप गेम खेल्न सघाउनेछ।

ताइवानमा गत साता सम्पन्न
'ताइपेई कम्प्युटेक्स ट्रेड फेयर-२०१३' मा यस्ता विभिन्न माइन्ड-कन्ट्रोल्ड गेमका नमुनाहरू देखाइए। त्यहाँ बेरेबल कम्प्युटिङको एक भागका रूपमा रहेका यस्ता गेमका साथै अन्य विभिन्न प्रविधिको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनीलाई एसियाकै सर्वाधिक ठूलो कम्प्युटर प्रविधि सम्बद्ध प्रदर्शनी मानिन्छ।
यही प्रदर्शनीमा अमेरिकाको चिप कम्पनी न्युरोस्काईले 'माइन्डवेभ मोबाइल' नामक नयाँ उत्पादनको प्रवर्द्धन गर्यो। यसमा भएको माइन्डवेभ हेडसेट प्रयोग गरी विभिन्न गेम खेल्न तथा अन्य कार्य गर्न सकिन्छ। उक्त अवसरमा आफ्नो इच्छाकै आधारमा एउटा सानो हेलिकप्टर उडाएर समेत देखाइयो। हेडसेटले ब्रेनवेभ सिग्नललाई मापन गरेर त्यसलाई ब्लुटुथको माध्यमबाट प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा पठाउने र त्यसैका आधारमा आवश्यक कार्य गर्न सकिने न्युरोस्काईका ताइबान शाखाका प्रतिनिधिले बताए।
प्रदर्शनीमा सिलिकन भ्यालीका विभिन्न कम्पनीले गेम एवं अन्य विभिन्न एजुकेसनल एप्सलाई प्राथमिकता दिएका थिए। माइन्डवेभ टेक्नोलोजीले मलेसिया र सिंगापुरका धेरै विद्यालयमा विद्यार्थीको ध्यान एकत्रित गर्न सहयोग पुर्याउने प्रविधि प्रयोगमा ल्याएको बताइएको छ।
प्रदर्शनीमा असुसले विशेष खालको माउस उतारेको थियो जसको माथिल्लो भागमा ट्रयाक प्याड छ भने तल्लो भागमा अप्टिकल सेन्सर छ। हेर्दा ऐनाजस्तो देखिने उक्त माउसलाई स्वाइप र पिन्चजस्ता जेस्चरका आधारमा समेत चलाउन सकिन्छ। प्रदर्शनीमा एमएसआई कम्पनीले गेमकै लागि भनेर ४ किलोग्रामभन्दा कम तौलको ल्यापटप उतार्यो। १७ इन्च स्त्रिmनको उक्त ल्यापटपमा डबल डिस्प्ले छ। त्यसैगरी सोनोस्टार नामक कम्पनीले ब्ल्याक एन्ड ह्वाइट कलरमा इ-इंक स्त्रिmनसहितका स्मार्ट वाच प्रदर्शन गर्यो। ती स्मार्ट वाचमा इमेल हेर्न, टेक्स्ट म्यासेज लेख्न तथा आफूलाई कल गर्ने व्यक्तिको फोन नम्बर हेर्न सकिन्छ।
उक्त प्रदर्शनीमा १ हजार ७ सयभन्दा बढी प्रदर्शनकर्ताको उपस्थिति थियो। ५ हजारभन्दा बढी स्टल रहेको प्रदर्शनीका अवलोकनकर्ता १ लाख ३० हजार थिए, जसमध्ये ३६ हजार अवलोकनकर्ता विदेशी हुन्।

0 comments:
Post a Comment