डडेल्धुरा - दार्चुलामा बाढीपीडित भोकभोकै छन् तर डडेल्धुरामा पाँच दिनदेखि हजारौं क्विन्टल राहत सामग्री अलपत्र छ। कतिपय सामान हिलाम्मे भएको छ।
बाढीपीडितलाई बाँड्ने भनेर पाँच दिनअघि ल्याएको चामल अहिले खेलकुद विकास समितिको गोदाम भिजिरहेको छ। 'आधा जति राहत सामग्री कर्भडहलमा राखिएको छ,' डडेल्धुराका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, 'केही सेनाको ब्यारेकमा छ।'
मौसम खराब भएकाले राहत सामग्री दार्चुला पुगाउन नसकिएको प्रशासन बताउँछ। खाद्य संस्थानका कर्मचारीले राहतका लागि आएको सामग्री राखेर गएका थिए। कबर्ड हलमा पानी चुहिरहेकाले आधाभन्दा बढी भिजिसकेका छन्।
पाँच सय ८३ बोरा चामल, १० बोरा दाल, १६ बोरा चिनी र ५० पेटी तेल राखिएको थियो। यसमध्ये चामल, दाल र चिनी भिजेको छ। चामल राखिएको गोदाममा आधा फिट पानी जमेको छ। 'चालम राखिएको गोदाममा पानी परिरहेकाले झन समस्या भइरहेको छ,' क्षेत्रीय खाद्य संस्थान धनगढीका दानबहादुर निदालले भने, 'पाँच दिनदेखि जेनतेन राहत सामग्री बचाइएको छ।'
राहात सामग्री कम भएको भन्दै ५–१० किलो चामल मात्रै बाँडिएको छ। सेनाले हेलिकप्टर ल्याएपछि मात्रै राहात सामग्री दार्चुला पठाइने तयारी छ। 'डडेल्धुरामा मात्रै पचास टन जति सामान छ,' श्रीनाथ गण डडेल्धुराका कर्णेल प्रकाश थापाले भने, 'हेलिकप्टर आउनेबित्तिकै सामग्री दार्चुला पठाइने छ। पाँच दिन लगाएर पाँच वटा ट्रकमा राहत सामग्री डडेल्धुरा ल्याइएको हो।
सेनाको हेलिकप्टरले धनगढीबाट आवश्यक सामग्री दार्चुला पुर्याइरहेकाले खाद्य सामग्री पठाउन नसकिएको थापाले बताए। उनका अनुसार तीन दिनदेखि मौसममा थप खराब भएकाले हेलिकप्टर आउन सकेको छैन।
नदी नियन्त्रणका लागि आवश्यक तारजाली र २५ टन खाद्यान्न डडेल्धुरामा रहेको अधिकारीहरूले बताए पनि राहत सामग्री दार्चुला कहिले पठाउने भन्नेबारेमा कसैले स्पष्ट जवाफ दिन सकेनन्।
धनगढीदेखि दार्चुलाको शंकरपुर गाविससम्म अहिले पनि ट्रक पुगिरहेका छन्। ट्रक पुग्ने ठाउँबाट राहत सामग्री बोकेरै पनि पीडितहरूसम्म पुर्याउन सकिने अवस्था छ। क्षेत्रीय खाद्य संस्थानले भने मौसममा सुधार नहँुदासम्म ती सामग्री दार्चुला पठाउन नसकिने जनाएको छ।
Tuesday, June 25, 2013
राहतका सामान हिलाम्मे
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment