Tuesday, June 25, 2013

कुरुप कुकुरहरुको प्रतियोगिता : वाली बन्यो विश्वकै सबैभन्दा कुरुप कुकुर (फोटोफिचर सहित)

२९ वटा एक से एक कुरुप कुकुरहरुलाई पछि पार्दै ४ वर्षको ठिमाहा कुकुर वालीले यो वर्ष विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको २५ औँ विश्व कुरुप कुकुर प्रतियोगितामा क्यालिफोर्नियाको चिकोबाट ल्याइएको ठूलो टाउकोधारी वालीले उपाधि जितेको हो । ठूलो टाउको तथा हाँसका जस्ता खुट्टा भएको वाली बेगल, बक्सर तथा बासेट जातका कुकुरको ठिमाहा नश्ल हो ।



प्रतियोगिताका निणर्ायक मध्येका एक ब्रायन सोबेलका अनुसार त्यो कुकुर अरु विभिन्न कुकुर तथा जनावरका सरीरका विभिन्न भाग फोटोसपमा हालेर मिलाएर तयार पारिएको जस्तो आकृतिको रहेको टिप्पणी गरे ।

यो कुकुरका मालिक टामी बार्बी आफ्नो कुकुरले उपाधि उचालेकोमा खुसी छन् । उनले यो कुकुर तीन महिनाको हुँदादेखि पाल्दै आएका छन् । छिमेकीले कुकुर निकै नराम्रो भयो, यसलाई नपाल भन्दा पपनि आफुले नमानेको र कुकुरलाई निकै माया गर्ने गरेको दाबी उनको रहेको छ ।

विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि सँगै वालीले १५ सय अमेरिकी डलर समेत हात पारेको छ । साथै यो कुकुर सेलिब्रेटी समेत बनेको छ र आगामी दिनमा विभिन्न टेलिभिजन शो हरुमा पनि देखापर्नेछ ।

विश्व कुरुप कुकुर प्रतियोगितामा सहभागी केही कुकुरहरु यस्ता थिए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment