Wednesday, June 26, 2013

बाढीपीडितलाई उद्धार गर्न गएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठको मृत्यु

नयाँ दिल्ली,
भारतको उत्तरी भागमा अवस्थित उत्तराखण्ड राज्यका बाढी पीडितलाई उद्धार गर्न गएको हेलिकप्टर मङ्गलबार गौरीकुण्डनजिकै दुर्घटनाग्रस्त हुँदा आठ व्यक्तिको मृत्यु भएको जानकारी वायुसेनाले दिएको छ ।
हेलिकप्टरका चालकसहित पाँच यात्रुले घातक चोटपटक व्यहोरेको एएफपीले प्राप्त गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रसियामा बनेको एमआई–१७ नामक उक्त हेलिकप्टर उद्धार कार्यमा रहेको थियो । उक्त क्षेत्रमा बाढी तथा पहिरोका कारण एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यहाँबाट सेनाले करिब छ हजार तीर्थयात्री तथा पर्यटकलाई अन्यत्र लैजान प्रयास गरिरहेका छन् । यहाँका घर, भवन तथा गाउँनै पनि बाढीले बगाएको देखिएको छ ।
बाढी तथा पहिरोका कारण करिब एक हजार पुलका साथै निकै सडक क्षतिग्रस्त भएका छन् र यसका कारण गाउँ तथा नगरसम्मको पहुँचमा पनि समस्या पुगेको छ ।
उत्तराखण्डमा वायुसेवाका प्रवक्ता गेरार्ड गालवेले दुर्घटनाको कारणका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उद्धार प्रयासमा सेनाका करिब ६० हेलिकप्टर प्रयोग भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment