इलाम – मेची राजमार्ग अन्तर्गत चमैताको रक्सेमा गाडीबाट लडेर आज गाडी मालिकको मृत्यु भएको छ। चमैताबाट इलाम सदरमुकामतर्फ आउँदै गरेको मे १ ज ९३१ गाडीबाट लडेर चमैता—४ का युवराज दियालीको उपचारको क्रममा भारतको सिलिगुढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
सदरमुकाम आउँदै गरेको आफ्नै गाडीबाट झरेका दियालीको टाउकोमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते दियालीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिलिगुढीतर्फ लगिएकोमा भारतको बागडुक्रामा पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको छ।
Wednesday, June 26, 2013
गाडीबाट झर्दा मालिकको मृत्यु
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment