Wednesday, June 26, 2013

राशिफल आज मिति (2013-06-27) २०७० साल असार 13 गते Thursday

राशिफल
आज मिति 2013-06-27-२०७० साल असार 13 गते Thursday , आषाढ कृष्ण पक्ष अनुसार तपाईंको राशी यस प्रकार छ
मेष (चू चे चो ला ली लु ले लो अ)
सकारात्मक कार्यमा लगानी हुने छ, खर्चमा मितव्ययिताको कारण शुद्ध आयमा बृद्धि हुने छ, भाग्यबलद्वारा कठिनकार्य सम्पन्न हुने छन्
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
काममा अपजस एवम् भागदौडको सामना गर्नु पर्ला, जग्गा जमिनको कारोवारकालागि समय अनुपयुक्त रहेको छ, भातृ सम्बन्धमा उत्तार चढावको सामना गर्नु पर्ला
मिथुन (का कि कु घ ङ छ के को हा)
अचानक नसोचेको क्षेत्रबाट धन प्राप्तिको योग छ, नयाँ व्यापारिक क्षेत्रमा लगानीको वातावरण बन्ने छ, मूल सम्पत्तिमा समेत बृद्धि हुने छ
कर्कट (ही हु हे हो डा डि डु डे डो)
बहुमुल्य बस्तु गुमाउनु पर्ला, मित्रहरु टाढीने योग छ, नयाँ कार्यको थालनी भएपनि प्रतिफल गुम्ने तर्फ सजग रहनु होला
सिंह (मा मि मू मे मो टा टी टु टे)
समय आफू अनुकूल रहेको छ, मानसम्मानमा बृद्धि हुने छ, अधुरा कार्यहरु पुरा हुने तथा अग्नीकारक बस्तुको व्यापार शुभ रहने छ
कन्या (टो प पी पु ष ण ठ पे मो)
फजुल खर्चमा बृद्धि होला, आफ्नो बोलीको गलत व्याख्या हुने छ, मालसामान हराउने समेत ग्रह योग रहेको छ
तुला (र री रु रे रो ता ती तू ते)
श्रम गलत ठाउँमा हुनाले प्रतिफल गुम्न सक्छ, भातृसम्बन्ध बिग्रने भएकाले व्यवहारमा पारदर्शीता अपनाउनु होला, यात्राको योग समेत रहेको छ
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आलस्यताले सताउने छ, आयको प्रतिफल उच्च रहनाले सौखिन बृत्ति बढ्ने छ, जल या वायु यात्राको लागि समय अनुकूल रहेको छ
धनु (य यो भा भी भू ध फा ढ भे)
सन्तानको मार्गबाट धनप्राप्तिको योग रहेको छ, आफन्तहरुको सहयोग जारी रहने छ, सरकारी तथा खेलकुदको क्षेत्र विशेष सफल रहने छ
मकर (जो जा जी खी खू खे खो गा गी)
भूमि उपहारमा मिल्ने ग्रहयोग छ, मेसिनरी चिजको प्रयोगबाट उच्च प्रतिफल मिल्ने छ, मानसिक संवृद्धि समेत मिल्ने छ
कुम्भ (गू गे गो सा सी सु से सो द)
पारिवारिक सम्बन्धले उत्साहित बनाउने छ, प्रेम सम्बन्ध निष्कर्षमा पुग्ने छ, एकाकारवृत्तिको कारण आलोचना खप्नु पर्ला
मीन (दि दू थ भ ञ दे दो चा ची)
सामान्यतया स्वास्थ्यमा बाधा देखिने छ, लामो दूरीको यात्रा सफल रहेको छ, अचानक गुमेको सम्पत्ति हात लाग्ने ग्रहयोग रहेको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment