Wednesday, June 26, 2013

एमाओवादीको नयाँ चन्दा अभियान, एउटा गीति एल्बमको मूल्य २५ हजार

१३ असार, वीरगञ्ज । एकीकृत नेकपा माओवादीको चन्दा संकलन अभियानका कारण निजामती कर्मचारी र व्यापारी आतंकित बनेका छन् । एमाओवादी भोजपुरा राज्य समितिले पर्सा, बारा र रौतहटका सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा चुनावका लागि भन्दै २५ हजारदेखि एकलाख रुपैयाँसम्म रकमै तोकेर पत्र पठाएपछि आतंक मच्चिएको हो ।

एमाओवादी भोजपुरा राज्य समितिका इन्चार्ज प्रभु साहको हस्ताक्षरमा वीरगञ्जका सरकारी कार्यालय प्रमुखलाई पठाएको पत्रमा ‘परिवर्तनका एजेन्डालाई मुखरित गर्न गीति एलबम प्रकाशित गर्ने महत्वपूर्ण कार्यमा’ सहयोग स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइदिन आग्रह गरिएको छ । पत्रसँगै एउटा गीति एल्बम पठाइएको बिहीबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रभु साह निर्माता रहेको मोहर मारिह (छाप लगाऔं -भोट दिऔं) शीर्षकको गीति एल्बममा गायक उदितनारायण झाको स्वरमा तीनसहित सातवटा भोजपुरी गीत छन् । गीत सुनाउँदै चन्दा असुल्ने अभियानलाई कर्मचारी तथा कार्यालय प्रमुखहरुले एमाओवादीको नयाँ प्रयोग भन्दै व्यंग्य गर्ने गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment